Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

रक्त सञ्चारका हाकिमको यो कस्तो नियम ? बच्चा पाएपछि जागिर चट !

\"\"चितवन, २३ चैत । भनिन्छ नेपाल रेडक्रस सोसाइटि एउटा सेवा मुलक संस्था हो । जसले सबैलाई सेवा दिनु उसको धर्म पनि हो । उक्त संस्थाका सबै शाखाहरुमा एउटै नियम हुन्छ, चाहे स्वदेश होस् वा विदेश नै किन नहोस् । तर रेडक्रस अन्तर्गत क्षेत्रिय रक्त सञ्चार केन्द्र भरतपुरमा एउटा अनौठो नियम छ, त्यो नियम बनाउने व्यक्ति हुन रमेशकान्त पौडेल । जहाँ महिलाले बच्चा पाउनासाथ जागिरबाट हात धुनु परेको छ । अनि हालै विवाह गरेका दुई जना महिलाको पनि प्रमुख पौडेलले जागिर चट् बनाइदिएका छन् । उनको शोषणको श्रृंखलाहरु विस्तार–विस्तारै खुल्दैछन् । पौडेलले कर्मचारीको शोषण गरेको खुलेको छ । पौडेलले अनेक नियम लगाउँदै कर्मचारीहरुलाई अप्ठयारोमा पार्ने गरेको पीडित कर्मचारीले खबरडबलीलाई बताए । उनले रक्त संचारमा कार्यरत कर्मचारीहरु विहे गरेपछि हट्नुपर्ने नियम बनाएका छन् भने बच्चा भएका कर्मचारीहरुलाई कामबाट निश्काशित गरेका छन् । केटीहरुले बिवाह गरेपछि जागिरबाट हात धुनुपर्ने, पहिलेदेखि काम गर्दै आएकाहरुको बच्चा भए जागिरबाट निकाल्ने गर्दै आएका छन् । हालै विवाह गरेका दुई जना ल्याब टेक्निसियनहरुलाई जागिरबाट निकालेपछि उनको हर्कत बाहिर आएको हो । रक्त संचारमा ल्याब टेक्नोलोजिष्ट विषय पढेको व्यक्तिलाई प्रमुख बनाउनुपर्ने नियम छ । तर, व्यवस्थापन विषय पढेका उनलाई ल्याबको हाकिम बनाइएको छ । व्यवस्थापन विषय पढेका पौडेललाई ल्याब आधा ल पनि थाहा छैन । रेडक्रस सेवा गर्ने संस्था भएको र तलव धेरै नहुने भन्दै उनले कर्मचारीहरुको तलबसमेत कटौती गरेर झ्वाम पारेको पीडित कर्मचारीहरु बताउँछन् । उनले टेक्नोलोजिस्टहरुको ३५ हजार तलबमा हस्ताक्षरण गराएर मासिक सात हजार पाँच सय मात्रै दिने गरेका छन् । रक्त केन्द्रमा अनुसार सुरुमा स्वसेवकको रुपमा ३ महिनासम्म कर्मचारीले निशुल्क सेवा गर्नु पर्ने र त्यसपछि तलवको ब्यवस्था गर्ने त्यहाँको नियम रहेको छ । तर उक्त केन्द्रमा कार्यरत १४ जनाले विगत एक बर्ष देखि तलव नै पाएका छैनन् । तलब माग्ने कर्मचारीहरुसँग उनले तिमीहरु आफै हाकीम बन अनि लैजाउ, पैसा छैन भन्दै धम्काउने समेत गदै आएका छन् । आफू मातहतका महिला कर्मचारीलाई उनले पहिला माया पिरति र पछि आफूले सोचे अनुरुप नभए धम्कीपुर्ण खालका सन्देश पठाउने गरेका छन् । यस विषयमा प्रतिक्रिया लिन उनको मोबाइल नम्बर ९८५५०८१०८८ मा फोन गर्दा उनले फोन उठाएनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE