Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

यस्तो छ माओवादी केन्द्रको चुनावी तयारी

\"\"काठमाडौँ, २२ चैत । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले देशव्यापी रुपमा नै सङ्गठन सुदृढीकरण र उम्मेदवार चयनको क्रमलाई तीव्र पारेको छ । माओवादीले ७४४ वटै स्थानीय तहमा केन्द्रीय नेतालाई परिचालन गरेर निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएको र ‘जनताको घर आँगनमा जाऊँ माओवादी केन्द्रलाई विजयी गराऊँ’ भन्ने नाराका साथ मतदातालाई निर्वाचनमा सहभागी हुन आग्रह गरिरहेको छ । पार्टी प्रवक्ता पम्फा भुसालकाअनुसार निर्वाचनलाई केन्द्रित गरेर जिल्ला तहमा निर्वाचनका कार्यक्रम अगाडि बढाइएका छन् । स्थानीय आवश्यकताका आधारमा कार्यक्रम अगाडि बढाइएको र आगामी वैशाखको पहिलो साताभित्र उम्मेदवारको टुङ्गो लगाइने छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य देव गुरुङको संयोजत्वमा रहेको समितिले निर्वाचन घोषणापत्र तयार पारेर स्थानीय तहमा पठाएको र प्राप्त सुझावका आधारमा परिमार्जन गरेर केही दिनभित्रै सार्वजनिक गर्ने तयारी माओवादी केन्द्रले गरेको छ । संविधानसभाबाट संविधान जारी गरेको र सिंहदरबारको अधिकारलाई गाउँसम्म पु¥याउनका लागि आफ्नो पार्टीले नै विशेष पहल गरेको भन्दै माओवादी केन्द्रले सोही एजेन्डालाई नै जनताको माझमा लैजाने तयारी गरेको सो पार्टीका नेता मणि थापाको भनाइ छ । नेता थापाले मुलुक माओवादीको एजेन्डामा अगाडि बढेका कारण आफूहरुले आफ्नै एजेन्डालाई नै जनताको माझमा लैजाने र मत माग्ने उल्लेख गरे । विभिन्न जिल्लामा पार्टीको गाउँ सम्मेलन, जनवर्गीय सङ्गठनको सम्मेलन तथा उम्मेदवार चयनको काम जारी छ । प्रदेशस्तरमा प्रदेश इन्चार्जले नै आमसभा, जनसभा गर्ने गरी कार्यक्रम तोकिएका छन् भने केन्द्रीयस्तरबाट ठूला आमसभा आयोजना गर्ने वा नगर्ने भन्ने बारेमा कुनै निर्णय गरिएको छैन । ‘‘स्थानीय माग र आवश्यकतालाई केन्द्रमा राखेर कार्यक्रम तय गरिएको छ । ठूला कार्यक्रमभन्दा पनि स्थानीय विषय र प्राथमिकता नै हाम्रो पार्टीको प्रमुख एजेन्डा हो । यद्यपि स्थानीय तहबाट आउने मागका आधारमा ठूला कार्यक्रम पनि हुन सक्छन्’’ – प्रवक्ता भुसालको भनाइ छ । आगामी वैशाख १६ गते मनोनयनपत्र दर्ता गराउनुपर्ने निर्वाचन आयोगको कार्यतालिकाअनुसार माओवादी केन्द्रले उम्मेदवार छनोटको तयारी तीव्र पारेको जनाएको छ । माओवादीले अहिलेसम्म चारवटा नगरपालिकाको मेयर र उपमेयरको टुङ्गो लगाएको छ । केही ठाउँमा उम्मेदवार छान्ने क्रमलाई समेत अन्तिम रुप दिएको छ । उम्मेदवार छनोटका लागि माओवादीले बनाएको कार्य्विधिअनुसार उम्मेदवारका लागि सम्बन्धित समितिले मतदाता नामावलीमा नाम समावेश भएका प्रमाणसहित माथिल्लो कमिटीमा पठाउनुपर्नेछ । त्यस्तै नगरपालिका, गाउँपालिका र उपमहानगरपालिकाको लागि सम्बन्धित प्रदेशको स्वीकृति अनिवार्य हुनुपर्नेछ भने महानगरपालिकाका लागि पार्टी केन्द्रले नै उम्मेदवारको टुङ्गो लगाउने कार्यविधिमा उल्लेख छ । माओवादीले हेटौँडा उपमहानगरपालिकाको मेयरमा केन्द्रीय सदस्य बलराम बल र उपमेयरमा कमला पौडेललाई चयन गरेको छ । यस्तै विराटनगर उपमहानगरपालिको मेयरमा केन्द्रीय सदस्य भोगेन्द्र यादव र उपमेयरमा नगर अध्यक्ष नमिता न्यौपाने, वीरेन्द्रनगर नगरपालिका, सुर्खेतको मेयरमा रत्न गाहा र उपमेयरमा हरिमाया शर्मालाई उम्मेदवार बनाइसकेको छ । अन्य जिल्लाको समेत केही दिनभित्रै उम्मेदवारको नाम सार्वजनिक गरिने जानकारी दिँदै माओवादी केन्द्रले आफूहरु निर्वाचनमा पूर्णरुपमा होमिएको जनाएको छ । स्थायी समिति सदस्य पुष्पविक्रम मल्लका अनुसार गाउँ गाउँमा चुनावी माहोल बन्दै गएको र मतदाता पनि लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिन उत्सुक छन् । आफूहरुले जनतालाई नै केन्द्रमा राखेर निर्वाचन अभियान अगाडि बढाएको र उत्साह बढ्दै गएको नेता मल्लले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE