Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

प्रहरी र नयाँ शक्तिबीच झडप, ४ घाइते, ७७ पक्राउ

\"\"भैरहवा, २१ चैत । नयाँ शक्ति पार्टीले दलीय चुनाव चिन्ह पाउनका लागि दबाब दिने उद्देश्यका साथ सोमबार पनि जारी राखेका जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने क्रममा भैरहवामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । धर्नामा बसिरहेका नेता कार्यकर्ताहरुमाथि प्रहरीले लाठी चार्ज गर्दै गिरफ्तारी गरेको नयाँ शक्तिले जनाएको छ । देशैभर पार्टीको चुनाव चिन्ह र निर्वाचनमा दल दर्ताको व्यवस्थाको माग गर्दै ६५ दलले आन्दोलन जारी राखेका छन् । त्यसैगरि रुपन्देहीमा सोमबार नयाँ शक्ति पार्टी र नेकपा क्रान्तिकारी माओवादीबीच संयुक्त रुपमा विहान ९ बजेदेखि जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको गेट अगाडी धर्ना दिइएको छ । सोही क्रममा बिहान कार्यालय समयमा निर्वाचन आयोगका कर्मचारीलाई आन्दोलनकारीले कार्यालयमा प्रवेश गर्न नदिने र प्रहरीले प्रवेश गराउन खोज्ने गर्दा एक आपसमा झडप भएको थियो । झडपका क्रममा नयाँ शक्ति पार्टीका नेता तथा संघीय परिषद् सदस्य गोविन्द केसीको हात भाँचिएको छ भने युवा नेता पंकज राईको पनि हातमा चोट लागेको छ । ४ जना घाइते भएका पार्टीका संघीय संघीय परिषद सदस्य बाबुराम पोखरेलले बताए । झडप भए लगत्तै धर्नामा बसेका पार्टीका नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । ७७ जनालाई प्रहरीले गिरफ्तार गरेको पार्टीका जिल्ला संयोजक देवेन्द्र पाण्डे सागरले बताएका छन् । जसमा ८ जना महिला नेतृहरु रहेको पार्टीले जनाएको छ । आफुहरुले शान्तिपूर्ण आन्दोलन गर्दापनि प्रहरीले दादागिरी देखाएको नेकपा क्रान्तिकारी माओवादीका सिद्धार्थनगर इन्चार्ज मोजिब अलीले बताए । प्रहरीको कुटाइबाट हात भाँच्चिएका केसी तथा अन्य घाइतेलाई भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले बिमल गिरी, किस्मत बिक, धनिश्वर चौधरी, कमल भुसाल, बाबुराम पोख्रेल, पुरन यादव, पुनम लिगल, ऋषि पाठक, दिलिप बिक बिष्णु पौडेल, नासरिन खान लागायत ३७ जनालाई जिल्ला प्रहरी कार्यालय भैरहवाको हिरासतमा राखेको छ । त्यसैगरी जिल्ला संयोजक देवेन्द्र पाण्डे, निर्दोष अली, पंकज राई, भुवन पौडेललगायतका नेताकार्यकर्ताहरुलाई विभिन्न वार्ड प्रहरी कार्यालयमा राखिएको परिषद् सदस्य पोखरेलले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE