Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

हिरासतमा बाबुरामलाई डीएसपीको सलाम !

\"\"काठमाडौं, २० चैत । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफै आइतबार विहान निर्वाचन कार्यालय अगाडि निषेधित क्षेत्र तोड्न पुगे । स्थानीय तह निर्वाचन ऐन खारेजीको माग गर्दै नयाँ शक्ति पार्टी निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न निर्वाचन आयोगको केन्द्रीय कार्यालयतर्फ जाँदै थियो । आन्दोलनको नेतृत्व बाबुराम आफैले गरेका थिए । बाबुरामसँगै क्रान्तिकारी नेकपा माओवादीका वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका सीपी गजुरेल पनि आन्दोलनमा सँगसँगै थिए । स्थानीय निर्वाचनमा दलीय चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै नयाँ शक्तिसहितका साना दलहरु निर्वाचन आयोग घेराउ गर्न पुगेका भट्टराईसहितका नेता कार्यकर्तालाई प्रहरीले जमलमा नै रोक्न खोज्यो । कार्यकर्ता भन्दा नेता उग्र कार्यकर्ता भन्दा नेताहरु नै उग्र बन्दै प्रहरीको घेरा तोड्ने भन्दै अघि बढे । भट्टराईको सुक्षार्थ रहेका पीएसओलाई समेत पाखा लगाउने प्रहरीले भट्टराईसहितका नेता कार्यकर्तालाई ट्रकमा कोचेर महेन्द्र पुलिस क्लवभित्र लगेर राख्यो । सडकबाट ट्रकमा कोचेर पुलिस क्लवमा पुर्याएपछि भने बाबुरामसहितका नेता कार्यकर्तालाई सम्मानपूर्वक राखिएका थिए । हिरासतमा भेट्न जब वैद्य पुगे .. बाबुरामसँगै आन्दोलनमा रहेका क्रान्तिकारी माओवादीका नेता गजुरेललाई पनि गिरफ्तार गरिएका क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य नेता कार्यकर्तासहित आइतबार दिउँसो १ बजेतिर पुलिस क्लव पुगे । वैद्य पुग्दा हिरासतमा राखिएका बाबुराम, सीपी लगायतका नेताहरु गोलमेच छलफलमा थिए । चारैतिर पक्राउ परेका कार्यकर्ताले घेरिएका उनीहरु मेचमा बसेर गफ हाँकिरहेका थिए । त्यही मेसोमा वैद्य पनि थपिए । बैद्य र बाबुराम सामुहिक पनि केहीबेर कुराकानी भयो । उनीहरुबीचका कुराकानी तथा सँगै बसेका कार्यकर्ताहले भने कैद गरिरहेका देखिन्थे । तर वैद्यसँगै गएका पत्रकारलाई भने फोटो खिच्न प्रहरीले रोक लगायो । यहाँभित्र पत्रकारले फोटो खिच्न पाइँदैन, एक प्रहरीले भने । मोबाइलमा कैद भइसकेको फोटो र रेकर्ड गरिएका आवाजसमेत हटाउन प्रहरीले दबाब दिँदै थिए । डीएसपीले बाबुरामलाई सलाम ठोके भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि सम्भवतः पहिलो पटक वैद्य र बाबुरामबीच औपचारिक कुराकानी हिरासतभित्रै भयो । आन्दोलनमा सँगसँगै जानेकुरा नेताहरुले गरे । क्रान्तिकारी माओवादीले निर्वाचनमा भाग लिन मोर्चालाई अघि सारेपछि बाबुराम र वैद्य आन्दोलनमा एक ठाउँमा उभिएका हुन् । सामुहिक रुपमा नेताहरुबीच कुराकानी भएपछि भट्टराईले पत्रकारहरुलाई प्रतिक्रिया पनि दिए । त्यति नै बेला हिरासतमा राखिएका नेता कार्यकर्तालाई खाजा खुवाउने ब्यवस्था प्रहरीले मिलाउँदै थियो । नेताहरुको सुरक्षार्थ खटिएका पीएसओ हिरासतमा पनि अघिपछि देखिन्थे । त्यही समय गिरफ्तार गरिएका नेता कार्यकर्तालाई राखिएको कक्षमा प्रवेश गरेका डीएपीले सलाम ठोके । भट्टराईसँगै क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल तथा सांसद गंगा चौधरी, नयाँ शक्तिका परशुराम तामाङ, हिसिला यमी, रामकुमार शर्मा, लगायत झण्डै तीन दर्जन नेता कार्यकर्तालाई पक्राउ परेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE