Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

निर्वाचन ऐनविरुद्ध वैद्य माओवादीको मोर्चा आन्दोलनमा

[caption id=\"attachment_107895\" align=\"alignnone\" width=\"750\"]\"\" माेहन वैद्य किरण[/caption] काठमाडौं, १९ चैत । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले विभेदकारी स्थानीय तह निर्वाचन ऐनका विरुद्ध सशक्त संघर्षमा उत्रन आग्रह गरेको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेल ‘गौरव’ ले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा ६ को उपदफा ६ र ७ मा संसदमा रहेका दललाई मात्रै एउटै निर्वाचन चिन्ह दिने भनेर राखेको प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसप्रति कडा आपत्ति प्रकट गरेका छन् । सो कानुनमा भएको व्याख्या र प्रावधान स्वयम् उत्कृष्ट भनिएको नेपालको संविधान २०७२ को प्रस्तावनामा उल्लेख भएको ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक प्रणाली’ भन्ने संविधानकै भाग–१ को धारा–४ मा व्यवस्था गरिएको ‘नेपाल राज्य लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो,’ भन्ने विषयको स्प्रिटसँग बाँझिएकाले त्यसलाई तत्काल सच्याउन मोर्चाले माग गरेको छ । ‘संविधानका सो व्यवस्था र प्रावधानअनुसार नेपाली नागरिकहरुले आफ्नो दर्शन, सिद्धान्त र विचारधारामा आधारित भएर राजनीतिक पार्टी र संगठन खोल्न र संचालन गर्न पाउने पूर्ण स्वतन्त्रा प्रदान गर्ने भनेको छ भने उक्त कानुनले संविधानको स्प्रिट र प्रावधानलाई उलंघन र निषेध निषेध गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । मोर्चाले यो अलोकतान्त्रिक कानुन तत्काल खारेज गर्न समेत माग गर्दै यस्तो विभेदकारी कानुनका विरुद्ध सशक्त संघर्षमा उत्रन अन्य राजनीतिक पार्टीहरुलाई आग्रह समेत गरेका छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE