Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

कुकुरपालन : सुरक्षा कि सोख ?

\"\"काठमाडौँ, १९ चैत । ललितपुर कुपण्डोलका सञ्जय तण्डुकारले तीन वर्षदेखि ‘पग’ नामक कुकुर पाल्दै आएका छन् । घरको सुरक्षा र कोही नभएको समयमा आमालाई पनि साथी हुने भएकाले उनले कुकुर पालेका हुन् । साथीले ल्याएको देखेर तण्डुकारलाई पनि कुकुर पाल्न रहर लाग्यो । उनले २० हजार रुपैयाँमा कुकुर किनेर ल्याई पाल्न थालेका हुन् । कैलाली धनगढीका लोकबहादुर खड्काले स्थानीय माइतीघरस्थित रोयल केनलबाट १० हजार ५०० रुपैयाँमा जर्मन सेफर्ड जातको कुकुर किनेर पाल्न थाले । घरमा त्यही जातको कुकुर हुँदाहुँदै उनले त्यही जातको पोथी किनेर ल्याएका हुन् । डोटी घर हुँदा खड्का भोटे कुकुर पाल्थे । अहिले भोटे कुकुर पाइन छाडेपछि उनले उन्नत जातका कुकुर पाल्न थालेका हुन् । “दुईटा हुने भएपछि आपसमा खेल्न सजिलो हुने भएकाले त्यही जातको अर्को कुकुर किनेको हुँ, घरको सुरक्षा मात्र नभई सोखको रुपमा पालेको हुँ,” खड्का भन्छन् । गाउँघरतिर अहिले पनि सुरक्षाका लागि कुकुर पाल्ने गरिन्छ । सहरमा भने सुरक्षा र बढी सोखले कुकुर पाल्ने चलन बढ्दो छ । दुई दशकदेखि कुकुरको व्यापार गरिरहेका रोयल केनलका सञ्चालक केशरसिंह केसी सहरमा मानिसले घरको सुरक्षासँगै सोखका लागि कुकुर पाल्ने गरेको बताउछन् । उनी भन्छन्, “कुकुर २४ सै घन्टा घरमा हुने हुँदा मान्छे घरमा आएपछि उसको भुक्ने शैलीले आफन्त वा चोर आएको हो भन्ने सजिलै थाहा पाउन सकिन्छ, त्यसैले धेरैले सुरक्षागार्डको सट्टा कुकुर पाल्ने गरेका छन् ।” अन्य घरपालुवा जनावरभन्दा मानिससँग खेल्ने भएकाले पनि मानिस कुकुर पाल्न बढी रुचाउँछन् । चाँडै बच्चा उत्पादन हुने र एउटा बच्चाको तीनदेखि १० हजार रुपैयाँसम्म बिक्री हुनाले मानिसहरु बच्चा बेचेर आम्दानी गर्नका लागि पनि कुकुर पाल्ने गर्छन् । काठमाडौँ उपत्यकामा करिब सय घरपरिवारले बच्चा उत्पादन गरेर बिक्री गर्छन् । पग, जर्मन सेफर्ड, बक्सर, ल्याब्रा डोर, ककर स्पाइनल र जापानी स्पिज जातका कुकुर बढी बिक्री हुने गर्छ । सुरक्षाका लागि जर्मन सेफर्ड अधिक रुचाइन्छ । नेपालमा विसं २०४८ देखि व्यावसायिक रुपमा कुकुर पाल्न थालिएको हो । एक दशकअघिदेखि भने उपत्यकामा कुकुरपालन ह्वात्तै बढको बताइन्छ । उपत्यकामा कुकुरको व्यवसाय गर्ने ३५ केनल (कुकुरघर) सञ्चालनमा छन् । महिनामा सय कुकुर बेच्ने रोयल केनल माइतीघरमा १२ प्रजातिका कुकुर छन् । माउन्ट एभरेस्ट केनल क्लब मध्यबानेश्वरका सञ्चालक सुरेश शाह सुरक्षाभन्दा पनि सोखका रुपमा कुकुर पाल्नेहरु रहेको बताउछन् । “सुरक्षाका लागि कुकुर पाल्दा कुकुरलाई आक्रामक बनाउनु पर्छ, त्यसो गर्दा कुकुरले अन्य मानिसलाई टोक्ने हुँदा जोखिम मोलेर मानिस सुरक्षाका लागि पाल्न हच्किन्छन्, बरु खेलेर आनन्द लिन रुचाउँछन्,” एभरेस्ट केनल क्लबका शाहले भने । कतै बाहिरबाट काम सकेर घरमा आएपछि कुकुरसँग दुई चार मिनेट खेल्दा मानिस आफ्नो दिनभरिको थकाइ मरेको अनुभव गर्छन् । “त्यसैले कुकुरलाई अहिले आफ्नो साथीका रुपमा बढी लिने गरिन्छ” शाहले थपे । एभरेस्ट केनलमा बिक्रीका लागि सेन्ट वर्नाट, गोल्डन रिटिभर, ककर ल्यापे, पग, जापानिज स्पिज, जर्मन सेफर्ड गरी २० जातका कुकुर छन् । अरु जनावरलाई भोक लागेपछि खानेकुरा दिँदा आनन्द मान्छन् तर कुकुर खानेकुरा सँगसँगै मानिससँग खेल्न रुचाउँछन् । अन्यजस्तो नभई मानिससँग पनि आफ्नो प्रतिक्रिया बुझ्ने जनावरका रुपमा कुकुरलाई लिइन्छ । बाहिरबाट मानिस आएपछि पुच्छर हल्लाएर स्वागत गरेपछि आफूले पनि कुकुरलाई त्यस्तै प्रत्युउत्तर दिनुपर्छ । विदेशी कुकुरका बच्चा नेपालमै एक दशकअघिसम्म भारत, चीन र थाइल्यान्डबाट ५० प्रतिशत हाराहारीमा कुकुर आयात गरिन्थ्यो । अहिले नश्ल सुधारमार्फत नेपालमै उन्नत जातका कुकुर उत्पादन गरिन्छ । अझै २० प्रतिशत कुकुर भारत र थाइल्यान्डबाट आयात गरिने केसी बताउछन् । यहाँ सञ्चालित बच्चा उत्पादन गर्ने ठाउँ (ब्रिड हाउस) मा नै विदेशी कुकुर ल्याएर बच्चा उत्पादन गर्न थालिएको छ । विदेशबाट सधैँ ल्याउन सम्भव नभएकाले नेपालमा ती जातका भाले र पोथी ल्याएर बच्चा उत्पादन थालिएको व्यवसायी बताउँछन् । “विदेशबाट ल्याइएका कुकुर यहाँको वातावरणमा मिल्न गाह्रो हुन्छ” केसी भले भने, “नेपालमा उत्पादन गरेका विदेशी कुकुर यहाँको हावापानीअनुसार घुलमिल हुन्छन् ।” सर्वसाधारणले १५ देखि ५० हजार रुपैयाँसम्मका कुकुर बढी पाल्ने गर्छन् । व्यवसायीका अनुसार नेपालमा सामान्यतया कुकुरको मूल्य पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म पर्छ । एक दुई घरमा भने भोटे जातको १० लाख रुपैयाँ पर्ने कुकुर पालेको पाइन्छ । बुलडगलाई दुई लाख, साइबेरिया हस्की, नेपोलियन म्यास्ट्रिफ र अमेरिकन बुलीलाई एक लाख तथा सेन्ट बर्नाट, कट् वारडा, ग्रेड डेन र पोमोरियन जातका कुकुरको ५० हजार रुपैयाँ पर्छ । सबभन्दा बढी बिक्री हुने जर्मन सेफर्ड १५ देखि २० हजार र जापानिज स्पिजको मूल्य पाँच हजार रुपैयाँ पर्छ । कुकुरलाई बिहान बिस्कुट त्यसपछि खानामा अनिवार्य मासु र डगफुड खुवाइन्छ । कुकरहरु बिहान र साँझका खानामा भैंसीको मासु बढी रुचाउँछन् । आहारामा दैनिक १५० देखि ५०० रुपैयाँ खर्च हुने गर्छ । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending