Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

कांग्रेसले प्रदेशस्तरीय भेला गर्ने

\"\"काठमाडौँ, १८ चैत । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठकले सातै प्रदेशमा निर्वाचन केन्द्रित आमसभा गर्ने तयारी गरेको समिति सदस्य एवम् वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले जानकारी दिए । बैठकले भेलाको मिति भने सभापति शेरबहादुर देउवासँग समन्वय गरी तय गरिने जनाएको छ । बैठकले निर्वाचनमा पार्टीको प्रदेशदेखि टोलस्तरसम्म निर्वाचन परिचालन समिति बनाउन परिपत्र गर्ने र मुलुकभरबाट सूचना सङ्कलन तथा सम्पे्रषणका लागि पार्टी केन्द्रीय कार्यालयमा सशक्त सञ्चार केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ । बैठकले निर्वाचनका विषयमा पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाका साथै व्यवसायीसँग छलफल गर्ने निर्णय गरेको छ । समितिको शुक्रबार बसेको पहिलो बैठकले समितिको कार्यविधि तय गर्नाका साथै निर्वाचनमा पार्टीको भूमिका सशक्त बनाउन सबै संरचना कसरी परिचालन गर्ने सम्बन्धमा छलफल भएको समिति सदस्य पुष्पा भुसालले जानकारी दिइन् । पार्टीको मङ्गलबार सम्पन्न केन्द्रीय समिति बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको थियो । समितिमा केन्द्रीय सदस्य प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत र सुजाता कोइराला सदस्य छन् । त्यस्तै समिति सदस्यमा भुसाल, भण्डारी, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, नवीन्द्रराज जोशी, कमला पन्त, अम्बिका बस्नेत, महेन्द्र यादव, गगनकुमार थापा, जीवन परियार, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, गुरुराज घिमिरे, रामकृष्ण यादव, हृदयराम थानी, विश्वप्रकाश शर्मा, रमेश लेखक, सरिता प्रसाईं, सूर्यमान गुरुङ र रोमी गौचन थकाली छन् । (रासस)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending