Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

भ्रष्टाचार गरेको आरोपमा दक्षिण कोरियाकी अपदस्त राष्ट्रपति पार्क पक्राउ

\"\"सोल, १८ चैत । दक्षिण कोरियाकी अपदस्त राष्ट्रपति पार्क गेउन हेलाई शुक्रबार बिहानै प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको छ । भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको महाअभियोग लागेकी पार्कलाई अदालतले दोषी ठहर गरेपछि प्रहरीले पक्राउ गरेको हो । सोल केन्द्रीय जिल्ला अदालतका एक जना न्यायाधीशले भने , “उहाँलाई लगाइएको महाअभियोग पुष्टि भएको छ, उहाँलाई अब क्षमा दिन सक्ने अवस्था रहेन ।” अपदस्त राष्ट्रपति पार्कको विरुद्धमा लगाइएको मुद्दामा बिहीबार सुनुवाइ भएको थियो । उनको मुद्दाका विषयमा नौ घन्टासम्म भएको सुनुवाइ दक्षिण कोरियाको न्यायिक क्षेत्रमा अहिलेसम्मकै लामो सुनुवाइ भएको बताइएको छ । पार्क राति अबेरसम्म न्यायाधीवक्ताको कार्यालयमा अदालतको फैसलाको प्रतिक्षामा रहेकी थिइन । सुनुवाइ पछि अदालतले पार्क दोषी भएको फैसला सुनाउँदै उनलाई पक्राउ गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि पार्कलाई प्रहरीले नियन्त्रणमा लिई सोलको दक्षिणी भागमा रहेको एउटा कारागारमा राखिएको जनाइएको छ । सो कारागार न्यायाधीवक्ताको कार्यालयदेखि १५ किलोमिटर टाढा रहेको छ । ६५ वर्षीया पार्कलाई कडा सुरक्षाका साथ कारागारमा राखिएको छ । दक्षिण कोरियाको राष्ट्रपतिबाट नाटकीय तरिकाले बहिरिने उन िएक मात्र व्यक्ति हुन । उनले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको भन्दै दक्षिण कोरियामा लामो समय उनका विरुद्धमा प्रदर्शनसहितको आन्दोलन भएको थियो । उनलाई प्ता अगाडि मात्रै अदालतले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको ठहरसहित पदमुक्त गराएको थियो । यसरी महाअभियोग लागेर पदमुक्त हुने उनी दक्षिण कोरियाके पहिलो व्यक्ति हुन । संवैधानिक अदालतले पदमुक्त भएको फैसला गरेको दुई दिनमा राष्ट्रपति कार्यालय खाली गरेकी थिइन । रासस/एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies