Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

सरकारको लोकप्रिय काम

\"\"काठमाडौं, १८ चैत । गैरकानूनी रुपमा साउदी अरबमा बसिरहेका नेपालीलाई घर फर्काउन सरकारले साउदीस्थित नेपाली बाहुल्य क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । साउदी सरकारले ९० दिनभित्र आफ्नो मुलुकमा गैरकानूनी रहेका बिदेशीलाई बिना कारबाही आफ्नो देश फर्कन अवसर दिएपछि नेपाल सरकारले शिविर चलाउने भएको हो । दुई साताभित्र साउदीस्थित नेपाली बाहुल्य अधिकांश क्षेत्रमा घुम्ती शिविर सञ्चालन गरिने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार ऋषिराम अधिकारीले जानकारी दिए । अधिकारीले घुम्ती शिविरका लागि नेपाल र नेपालीको क्षेत्रमा काम गर्ने साउदीका ३० भन्दा बढी संघ संस्थाहरुले स्वयम्सेवकको रुपमा सहयोग गर्ने बताए । गैरकानूनी रुपमा साउदीमा काम गरिरहेका र नेपाल फर्कन चाहनेले हेल्लो सरकारमा सिधै टेलिफोन गरेर गुनासो टिपाउन सक्ने व्यवस्था सरकारले गरेको छ ।

‘कामदार ठगीमा श्रम मन्त्रालय आफैं संलग्न’

वैदेशिक रोजगारमा गएका नेपाली कामदार सरकारबाटै ठगिएको संसदीय समितिले आरोप लगाएको छ । खाडी मुलुकका कामदारको अवस्था बुझ्न गएको संसदीय टोलीले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा खाडी मुलुकमा गएका नेपाली कामदारहरुको ठगीमा श्रम मन्त्रालय आफैं संलग्न रहेको भन्दै सरकारको आलोचना गरेको हो । समितिका सभापति प्रभु साह नेतृत्वको टोलीले साउदी अरब, कतार, कुवेत र यूएईमा कार्यरत नेपालीहरुको अवस्था स्थलगत रूपमा अध्यन गरेको थियो । सरकार आफैं ठगीमा संलग्न रहेको पाइएको भन्दै सभापति साहले ‘फ्रि’ भिसा र टिकट दिएर नेपाली कामदारलाई खाडी मुलुक पठाउने श्रम मन्त्रालयले नै श्रमिकमाथि ठगी गरीरहेको आरोप लगाएका छन् । कामदारहरुले ‘फ्रि’ भिसा र फ्रि टिकटको नाममा कामदारहरुबाट श्रम मन्त्रालयकै संरक्षणमा २ लाख रुपैयाँसम्म रकम असुली गरेको जानकारी दिएको भन्दै साहले दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरे । संसदीय टोलीले बैदेशिक रोजगारीमा रहेका कामदारहरुको अवस्थाको विवरणसहितको प्रतिवेदन तयार पारी सरकारलाई आवश्यक निर्देशन दिने तयारी गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE