Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

सगरमाथाको उचाई नेपाल आफैले नाप्ने

\"\"काठमाडौं, १८ चैत । नेपाले पहिलो पटक आफ्नै खर्चमा सगरमाथाको उचाई नाप्ने तयारी गरेको छ । नापी विभागका अधिकारीहरुले सगरमाथाको उचाइ नाप्न लाग्न सक्ने १० करोड रुपैयाँसम्मको खर्च उपलब्ध गराउन सरकारलाई अनुरोध गर्न लागिएको जनाएका छन्। माग गरिए बमोजिम रकम निकासा भएमा आगामी वर्ष उचाइ मापनको विधी, आवश्यक उपकरण लगायतका भौतिक पूर्वाधारको तयारी, आमन्त्रण गरिनुपर्ने विज्ञ र अन्य जनशक्ति समेतका विषयको टुङ्गो लगाईने बताइएको छ। त्यसपछि लगत्तै कार्यक्षेत्रमा खटिने गरि सर्वेक्षणको प्रारम्भिक योजना बनाइएको नापी विभागका महानिर्देशकले बताएका छन्। तत्कालिन ब्रिटिश इण्डियामा सर्वेक्षकका रुपमा कार्यरत रहेका भारतीय सर्वेक्षण विभागका राधानाथ सिकधरले गणितीय विवरण तयार पारी सन् १८४९ मा सगरमाथाको उचाइ पहिलो पटक पत्ता लगाएको थियो । भारतीय सर्वेक्षकहरुले सुरुमा सन् १८४७ मा दार्जिलिंग नजिकैबाट पहिलो पटक सगरमाथा देखेपछि यो विश्वको अग्लो हिमाल हुनसक्ने आँकलन गरेका थिए । तर गणितका विद्वान कलकत्ताका सिकधरले पत्ता लगाएको उक्त जानकारी थप पुष्टी गरी सन् १८५६ मा उसबेला ुपिक फिफटिनु भनिने सगरमाथाको उचाइ ८,८४० मिटर घोषणा गरियो। त्यसै बेला सिकधरका हाकिम रहेका तत्कालीन सर्वेयर जेनरल अफ इण्डिया कर्णेल एण्ड्रयु वाले आफ्ना पूर्ववर्ती एवं प्रख्यात सर्वेक्षक जर्ज एभरेष्टको नाममा सगरमाथालाई माउन्ट एभरेष्टु नामाकरण गरेका थिए। त्यस यता सगरमाथाको उचाइ मापन गर्न विभिन्न अध्ययन गरिएपनि अहिले मान्यता दिइएको ८८४८ मिटरको उचाइ भने सन् १९५५ मा नापिएको थियो। त्यस यता सगरमाथाको उचाइ थप बढेको भन्दै दाबी गरिएका थिए र दुई वर्षअघि नेपालमा गएको शक्तिशाली भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने आँकलन गरिंदै आएको छ। नेपाल आफैंले सर्वेक्षण गरि विस्तृत विवरण सहितको नाप नक्सा तयार गर्नुपर्ने विभिन्न क्षेत्रबाट माग आएपछि पछिल्लो तयारी अघि बढाइएको नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले बताए। उनले भूकम्पपछि हुनसक्ने चासो समेतलाई सम्बोधन गर्नका लागि सगरमाथाको उचाइबारे नयाँ सर्वेक्षण गरिनुपर्ने जनाए। नापी विभागका अनुसार सन् १८५५ यता भारत, चीन, अमेरिका, इटली, डेनमार्क लगायत देशका सम्बन्धित विज्ञहरुले पटकपटक सगरमाथाको उचाइ मापन गरेका छन्। नेपालले पनि पछिल्ला वर्षहरुमा उचाइ मापनका लागि प्रयत्न गरेको भएपनि बजेट अभाव र सरकारको प्राथमिकतामा नपरेका कारण उचाई मापन हुन सकेको थिएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE