Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

स्नातक गरेका युवा कृषि क्रान्तिमा होमिए

\"\"रोल्पा १८, चैत । हजारौँ युवा बर्सेनि बेरोजगार भएको बहानामा विदेश पलायन भइरहेकै अवस्थामा पाछाबाङ–८, रोल्पाका २६ वर्षीय देवकुमार वलीले भने बरु स्वदेशमै कृषि कर्ममा लाग्ने तर जागिर पाएपनि नखाने बताए । “पढ्नु भनेको चरित्र निर्माण गर्नु हो त्यसैले समयले साथ दियो भने स्नात्तकोत्तर पूरा गर्ने रहर छ, तर अब योग्यता सुहाउँदो जागिर पाएपनि खाँदिन, बरु कृषि क्रान्ति गर्छु”, उनले भने । वलीले चार वर्षदेखि जिल्लामै सबैभन्दा बढी करिब चारसय ५० बोट कागती खेती र दुई सय ६० बोट अनार खेती गर्दै आउनुभएको छ भने मौरीपालन ब्यवसायमा पनि उनी जिल्लामै अग्रस्थानमा छन् । “पहिलो वर्ष भएको हुँदा गत वर्ष कागतीबाट करिब रु २० हजार मात्र आम्दानी भयो । यस वर्ष फूल खेल्दैछ फल लाग्ने क्रम जारी छ । “प्रत्येक वर्ष यसरी नै बिरुवा थप्दै गएर कागती खेतीबाट वार्षिक रु १० लाख कमाउने सोच छ”, उनले भने । बाउबाजेको पालादेखि २० देखि ३५ घार मुढे मौरीपालन व्यवसाय सञ्चालन गर्दै आएको भएपनि मौरीपालन व्यवसाय निर्वाहमुखी मात्र बनेको थियो तर यस वर्षदेखि सञ्चालन गरेको आधुनिक मौरीपालन व्यवसायबाट मात्र मासिक रु २० हजार देखि ३० हजार आम्दानी भयो । त्यसैले अब नयाँ प्रविधिको विकाससँगै नयाँ ज्ञान, नयाँ सोच र नयाँ चिन्तनबाट व्यवसाय सञ्चालन गरे उपलब्धिमूलक बन्ने उनको आशा छ । त्यसैले आफ्नो ब्यवसायलाई आधुनिकीकरण गर्दैै जाने उनले बताए । नेपालमा नपढेका मान्छेले मात्र कृषि व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने मान्यता छ । यसलाई चिर्दै जिल्लामा कृषि क्रान्ति गर्ने रहर बढेपछि उहाँले जागिर नखाने निधो गरेका छन् । जागिर खानकै लागि पढ्नुपर्छ भन्ने मान्यतालाई उहाँ हिजोआज स्वीकार्नुहुन्न । “आजको युगमा हरेक काम सफलतापूर्वक सम्पन्न गर्नका लागि शिक्षा अपरिहार्य भएको हुँदा छोराछोरीलाई पनि सके जति पढाउँछु र जागिरकै कारण बीचमा रोकिएको आफ्नो पढाइलाई पनि निरन्तरता दिन्छु”,उनले भने । वलीले २१ वर्षको उमेरदेखि नै जागिरको अनुभव गरेका थिए । २०६७ सालमा हरियाली प्रावि रोल्पामा अध्यापन गरेसँगै जागिरमा प्रवेश गरेका वलीले २०६९ सालदेखि ग्रामीण विकास तथा चेतना समाज ९रुडास०, रोल्पामार्फत सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजिसिडिपीमा करिब आठ महिना सामाजिक परिचालकका रुपमा काम गरे । त्यसपछि पनि जागिरकै सिलसिलामा जिविस रोल्पाद्वारा सञ्चालित पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजनामा करिब चार वर्ष सामाजिक परिचालकका रुपमा काम गरिसकेका छन् । कार्यक्रमको अवधि सकिएपछि केही महिनाअघि उनी जागिरबाट बाहिरिन बाध्य हुनुभएको हो । जागिर खाँदा सीमित आम्दानी हुने र परनिर्भर बन्नुपर्ने बाध्यता भएपछि जागिर खाने सोचमा परिवर्तन आएको उनले बताए । संयुक्त परिवारमा रहेका वलीका भाइ भने वैदेशिक रोजगारीका लागि कोरिया पुग्नुभएको छ । उहाँ कोरियाबाट फर्किएपछि दुई दाजुभाइ नै कृषि क्षेत्रमा रमाउने उनको सोच छ । “छोराछोरी विद्यालय जान्छन् । घरको काम सकेर फुर्सदको समयमा श्रीमती र आमाले पालैपालो सघाउनु हुन्छ”, उनले भने । बोटबिरुवामा मल हाल्ने, गोड्ने, फल टिप्ने, मौरीको रेखदेख तथा संरक्षणमा परिवारको साथ भएपछि उनलाई यस क्षेत्रमा अझ उत्साह बढेको छ, तर मह काढ्न भने सबैले नजान्ने भएको हुँदा आफैले मह काढ्दै आएको बताउनुभयो । यसरी कृषि क्षेत्रमा आबद्ध भएपछि जिल्ला कृषि विकास कार्यालय रोल्पाले मागमा आधारित कार्यक्रमअन्तर्गत ३६ हजार अनुदान र प्लास्टिक सिँचाइ पोखरी निर्माणका लागि ३० हजार सहयोग गरेको भएपनि अन्य सम्पूर्ण लगानी आफैले लगाउँदै आएको वलीले जानकारी दिए । जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यावसायिक रुपमा कृषि क्षेत्रमा आबद्ध किसानलाई सहयोग गर्ने परियोजना भएको हुँदा तन, मन, वचन र कर्मले कृषि क्षेत्रमा लाग्ने जो सुकै किसानको समस्या पहिचान गरी आवश्यक सहयोग गर्न सकिन्छ । तर त्यसका लागि सम्बन्धित किसान कार्यालयको सम्पर्कमा आउनुपर्ने हुन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE