Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

स्थानीय निर्वाचन गराउन नयाँ शक्ति नेपालको ६ बुँदे शर्त

\"\"काठमाडौं, १७ चैत । सरकारले बैशाख ३१ का लागि घोषणा गरेको स्थानीय तहको निर्वाचको वातावरण बनाउन डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले ६ बुँदे शर्त अघि सारेको छ । नयाँ शक्ति पार्टी, नेपालको संघीय परिषदको राजधानीमा बसेको दुई दिने बैठकले राजधानीमा मंजगलबार र बुधबार बसेको केन्द्रीय परिषद्को बैठकपछि जारी गरिएको निर्णयमा पार्टीले स्थानीय तह, प्रदेश र संघीय संसदको गरी तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्नेसहित छ वटा सर्त अघि सारेको छ । यस्ता छन् शर्त १.संविधान संशोधन मार्फत थारु, मधेशी, आदिवासी जनजातिका मागको सम्बोधन, २. विशेष, संरक्षित र स्वायत्त क्षेत्र सहितको राज्यको अग्रगामी पुनस्संरचना, ३. प्रभावकारी र निष्पक्ष निर्वाचका लागि सबै राजनीतिक दल र शक्तिहरुको प्रतिनिधित्व रहेको सर्वपक्षीय सरकार, ४. स्वच्छ र प्रभावकारी निर्वाचनकालागि निर्वाचन खर्च राज्यले नै व्यहोर्ने विधिको विकास, ५. केन्द्र–प्रदेश–स्थानीय तहको अन्तरसम्बन्ध, निर्वाचन खर्च र समय सीमालाई विचार गरेर एकैपटक तीनवटै निर्वाचन, ६. स्थायीत्व, विकास र समृद्धिकालागि संसदीय व्यवस्थाको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक समावेशी व्यवस्थापिका० सहित निर्वाचनको भरपर्दो वातावरण बनाउन माग गरेको छ । त्यसैगरी पार्टीले व्यवस्थापिका संसद वाहिर रहेका दललाई दलगत पहिचान सहित निर्वाचन चिन्ह दिन पनि माग गरिएको छ । स‌सदबाहिरका दलहरुले दलगत पहिचान नपाउने बर्तमान कानुनी बहुदलीय लोकतन्त्रको मर्म र नेपालको संविधान विपरीत भएकोसमेत पार्टीले जनाएको छ । आफ्ना यि शर्तहरु पुरा गराउनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाई अल्टिमेटम दिने र माग पुरा नभएमा चैत २० गतेबाट निर्वाचन आयोग र सम्पूर्ण निर्वाचन कार्यालयहरुमा धर्ना पनि जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending