Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

दिक्तेलमा चुनावी रौनकः मेयरको बाजी मार्ने यस्ता छन् सम्भावित उम्मेदवार

\"\"खोटाङ, १७ चैत । स्थानीय रुपाकोट मझुवागढी नगरपालिकामा चुनावी रौनक बढेर गएको छ । सरकारले आगामी ३१ वैशाखका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै दिक्तेलमा पनि चुनावी माहौल तात्न थालेको हो । हाटबजारदेखि चिया पसलसम्म अहिले उम्मेदवार को होला र कुन पार्टीले जित्छ भनेर चर्चा हुन थालेको छ । यसैबीच, राजनीतिक दलले भने सम्भावित उम्मेदवार छनोट कार्यलाई पनि अगाडि बढाउन थालेका छन् । अन्य जिल्लाका कतिपय ठाउँमा उम्मेदवार छनोट भइसके पनि दिक्तेलमा छनोट भइनसकेकाले अहिले उम्मेदवारको चर्चा चुलिएर गएको हो । कुनै पनि पार्टीले उम्मेदवार छनोट गरिनसकेकाले सबै पार्टीभित्र आकांक्षीको चर्चा ह्वात्तै बढेको छ । सरकारको नेतृत्व समेत गरिरहेको नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार छनोटको कार्यविधि र मापदण्ड बनाइसके पनि दिक्तेलका लागि उम्मेदवारको टुङ्गो लगाएको छैन । माओवादीबाट दर्जन भन्दा बढी आकांक्षी देखा परेका छन् । रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका लागि दुर्गाजयन्ती राई, ध्रुव बुढाथोकी, जयप्रसाद आचार्य, सुरेश राई, होमकाजी आचार्य, मदन तामाङ, माधव राई, बलराम राई, सन्तोष राई, धु्रव राईलगायत आकांक्षी देखिएका छन् । यीमध्ये दुर्गाजयन्ती, ध्रुव र जयप्रसादमध्ये एकको सम्भावना बढिरहेको बताइन्छ । यता, व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसभित्र पनि उत्तिकै आकांक्षी देखिएका छन् । मेयरमा काँग्रेसभित्र राजनसेर राई, ज्ञानेन्द्र जोशी, प्रकाश श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, तीर्थराज भट्टराई, नवराज केसी, महन्त राई लगायतको चर्चा छ । संसद्को दोस्रो ठूलो दल तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेभित्र नगरपालिकाको मेयरमा नारायणप्रसाद जोशी, कुमार आचार्य, दिपनारायण रिजाल, जलसेर राई, देवविक्रम राई, उदय कार्की, वीरबलकाजी राई, उपिनकुमार राई, भागवत घिमिरे, वीरेन्द्र ढकाल, गोपाल आचार्य लगायतको नाम चर्चामा छ । राप्रपाभित्र पनि रुपाकोट मझुवागढीमा स्वयम् जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठ, ललितकुमार राई, धर्मराज पोखरेल, निशान राई, मोतीचन्द्र राई, सीताराम राई, रामचन्द्र भट्टराई, विजयकला राई लगायतको चर्चा हुने गरेको छ । यता, सङ्घीय समाजवादी फोरमभित्र नवीन राई, कर्णबहादुर कार्की, निर्मल राई, नैनबहादुर कट्वालको चर्चा छ । खम्बूवान राष्ट्रिय मोर्चाभित्र रुपाकोट मझुवागढी नगरपालिकामा महन राई, जगतभक्त राईको चर्चा छ । रुपाकोट मझुवागढीमा मुख्य रुपमा काँग्रेस, एमाले र माओवादी केन्द्रबीच नै त्रिपक्षीय भिडन्त हुने देखिएको छ । अहिलेसम्म कसैले पनि उम्मेदवारको घोषणा नगरेकाले एउटा पार्टीले अर्को पार्टीमा कस्तो उम्मेदवार उठाउँदैछ भनेर अध्ययन गर्ने काम गरिरहेको पाइएको छ । उम्मेदवार छनोटकै विषयमा दलहरुभित्र आन्तरिक विवाद समेत चुलिदै गएको देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending