Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

करिष्माले भनिन्–बाबुरामको विरोध गर्ने मानिस नेपाली हुनै सक्दैन

\"\"काठमाडौं, १६ चैत  । नयाँ शक्तिकी नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरले बाबुरामको विरोध गर्ने मानिस नेपाली हुनै नसक्ने बताएकी छन् । पार्टीभित्र बाबुरामको चर्को विरोध हुन थालेपछि मानन्धरले सो कुरा बताएकी हुन्। राजनीतिक पार्टीमा लागेर नेतृ बने पनि राजनीतिक टिप्पणी नगर्ने मानन्धरले पार्टी केन्द्रीय परिषद वैठकमा विवाद हुँदा सो कुरा बताएकी हुन्। मंगलबार र बुधबार चलेको केन्द्रीय परिषद् वैठकमा संयोजक डा। बाबुराम भट्टराईले असहमत विचार राख्न नदिएपछि विवाद भएको हो । पार्टीमा बाबुराम भन्दा फरक विचार राखिरहेका देव लिम्बूले वैठकमा पेस गर्न फरक मत दर्ता गराएका थिए । तर, डा। भट्टराईले फरक मत राख्नु पार्टी अनुशासन विपरित भएको ठहर गरेका थिए । मंगलबार वैठक उद्घाटन गर्दै भट्टराईले देशमा अनुशासनहिनता छाएको भन्दै आफ्नो पार्टीभित्र पनि अनुशासन नभएको बताएका थिए । आफ्नो विरोध गर्ने देव लिम्बू पक्षलाई संकेत गर्दै उनले अनुशासनहिनहरुलाई छुट नदिइने बताएका थिए । बुधबारको वैठकको सुरुआतमा बाबुरामले भने– ‘मेरो विरोध गर्न हैसियत चाहिन्छ । हैसियत नै नभएकाहरुले मात्र मेरो विरोध गरिरहेका छन् ।’ देव लिम्बूको प्रस्तावलाई संकेत गर्दै उनले भने– ‘कतैबाट परिचालित र मेरो विरोध गर्नकै लागि ल्याइएको प्रस्तावमा छलफल हुन सक्दैन । ‘नयाँ शक्ति भत्काउनका लागि प्रायोजित फरक मत राख्न पाइँदैन । भारतको विरोध गरेर राष्ट्रवादी देखिन खोज्नेहरुलाई पार्टी छाड्न ढोका खुला छ, गए हुन्छ ।’ उनले भने । लिम्बूले बाबुरामको नेतृत्वमा पार्टीले जातिवादी, साम्प्रदायिक र भारतपरस्त विचार बोकेको भन्दै प्रस्ताव दर्ता गरेका थिए । वैठकको अघिल्लो दिन सोमबार बाबुरामले देव लिम्बू समर्थक निर्मल भट्टराई, चन्द्रदेव ओझा, मोहन बम, हरिराम रिमाल लगायतलाई पार्टीबाट निष्काशित गरेका थिए । त्यसैगरी जिल्लाजिल्लामा लिम्बू समर्थक कार्यकर्तालाई बाबुराम पक्षले स्पष्टिकरण सोध्ने, पार्टीबाट निष्काशित गर्ने काम गरिरहेको छ । देव लिम्बूले आफ्नो प्रस्तावमा बाबुराम पक्षले लिएको लाइनको कडा विरोध गर्दै लेखेका छन्– ‘नयाँ शक्तिले बाटो विरायो । आर्थिक समृद्धिको एजेण्डालाई भन्दा पूराना शक्तिहरुले उठाउँदै आएका जातीय क्षेत्रीय एजेण्डामा ठक्कर खान पुग्यौं । पहिचान र अधिकारको खोलभित्र साम्प्रदायिकता बोकेका शक्तिहरुसँग हामी जोडियौं ।’ संविधान भत्काउने भारतीय डिजाइनमा बाबुरामले काम गरेको आरोप लगाउँदै उनले लेखेका छन्–‘‘संविधान कार्यान्वयन नयाँ शक्तिको मुख्य एजेण्डा हुनुपर्नेमा संविधान भत्काउनुपर्छ भन्नेहरुसँग जोडियो ।’ ‘भारतीय हस्तक्षेप अझ बढेर गएको छ र भारतले नेपाललाई जातीय रुपमा विभाजन गर्न चाहेको, जातीय द्धन्द बढाउन खोजेको प्रष्ट देखिन्छ’– लिम्बूले लेखेका छन्– ‘संविधान जारी गर्दा नाकावन्दी लगाउने भारतको नियत सम्बन्धमा सम्पूर्ण नेपाली जनता जानकार छन् । भारतको नियतलाई नयाँ शक्तिले सघाउन खोजेको देखिन्छ ।’ भारतीय हस्तक्षेप विरुद्ध नयाँ शक्तिले ठोस कार्यक्रम नदिनु र हस्तक्षेपलाई चिर्ने खालको विचार नदिनु गल्ती हो भन्ने विचार उनले राखेका छन् । नयाँ शक्तिबाट निकालिएका देव लिम्बू समर्थकहरुले भक्तपुरमा बेग्लै भेला आयोजना गरेका छन् । तर, सो भेलामा देव लिम्बू भने गएका छैनन् । नयाँ शक्तिमा रहेका पूर्व माओवादीहरु लिम्बूलाई प्रस्ताव पेस गर्न नदिने पक्षमा उभिएका थिए भने गैरमाओवादीहरु पार्टीभित्र फरक विचार राख्न दिइनुपर्ने पक्षमा उभिएका छन । केही गैरमाओवादीहरुले पनि लिम्बूको प्रस्तावको कडा विरोध गरेका छन् । स्रोत अनुसार बैठक स्थल बाहिर आगनमा देव लिम्बूको प्रस्ताव प्रस्तुत गर्न दिने कि नदिने भन्ने विषयमा कार्यकर्ताहरु माझ विवाद हुँदा अभिनेत्री करिश्मा मानन्धर पनि मिसिएकी थिइन् । उनले ‘बाबुरामको विरोध कसैले पनि गर्न नहुने बताएकी थिइन । उनले भनिन् थियो– ‘बाबुरामको विरोध गर्ने मानिस नयाँ शक्ति पार्टीको हुनै सक्दैन, त्यस्तो मानिस नेपाली नै हुन सक्दैन ।’ डा. भट्टराईको प्रशंसामा बोल्नेहरुको विचार पार्टीको आधिकारिक वेवसाइमा राख्न थालिएको छ । यस क्रममा नयाँ शक्तिका अर्का नेता कृषिविज्ञ मदन राईले ‘बाबुराम जस्तो नेता विश्वमै छैन’ भनेको विचारलाई नयाँ शक्तिको आधिकारिक वेवसाइटमा राखिएको छ र त्यस्तै विचार अरुलाई पनि व्यक्त गर्न भनिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending