Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

सिचुआन प्रान्तका पर्यटन व्यवसायी पोखरामा

\"\"पोखरा, १६ चैत । नेपाल र चीनबीचको पर्यटनमा साझेदारी र विकास गर्ने उद्देश्यका साथ चीनको सिचुआन प्रान्तमा क्रियाशील पर्यटनसम्बद्ध संस्था र व्यवसायी पोखरामा आएका छन् । पर्यटनमा साझेदारी गर्दै दुवै देशबीचको पर्यटकीय विकास गर्ने उद्देश्यका साथ सिचुआनको पर्यटन विकास आयोगका पदाधिकारीसहितको टोली पोखरा आएको हो । टोलीले मङ्गलबार पोखरामा एक अन्तक्रियासमेत गरेको छ । अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङले नेपाल र चीनबीचको छ दशक यताको सम्वन्ध रहेको बताउँदै पर्यटनमा साझेदारीका लागि यस किसिमका कार्यक्रम आवश्यक रहेको बताए । उनले भुकम्पपछि नेपालमा अन्य विदेशी राष्ट्र्का तुलनामा चीनबाट धेरै पर्यटक आएको बताउँदै घुमफिरका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वव्यापी बन्नु आवश्यक रहेको उल्लेख गरे । अन्तरक्रियामा चिनियाँ राजदुतावासका फान जिन्केले सिचुआनबाट नेपाल आउन जान सजिलो भएको बताउँदै पर्यटनमा साझेदारीले दुवै देशको पर्यटकीय विकास सम्भव हुने विश्वास व्यक्त गरे । उक्त अवसरमा सिचुवान क्षेत्रका पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिले सिचुवान चीनको दक्षिण पश्चिमी भूभागमा अवस्थित सुन्दर प्रान्त भएको जानकारी दिँदै पर्यटनको दृष्टिले यो सुन्दरता एवम् प्राकृतिक सम्पदाले भरिपूर्ण सहरका रुपमा रहेको जानकारी दिए । चीनबाट वार्षिक आउने पर्यटकमध्ये सबैभन्दा बढी सिचुआन प्रान्तबाट आउने गरेको कार्यक्रमका सहभागीको सामूहिक धारणा रहेको थियो । कार्यक्रममा सिचुआन प्रान्तका उपगभर्नर चु खुजिनले सिचुआनमा बर्सेनि तीस लाख विदेशी पर्यटक आउने गरेको बताए । उनले यस किसिमका कार्यक्रमबाट नेपाल र चीन दुवै देशको पर्यटनको बारेमा एक अर्कालाई जानकारी गराउँदै दुवै देशको पर्यटकीय बाहुल्यता अभिवृद्धि हुने उल्लेख गरे । चीनमा पाइने हाब्रे (पान्डा) मध्ये ८० प्रतिशतको बासस्थान सिचुआनमा रहेको त्यहाँको पर्यटन आयोगका मिआयो युयानले जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE