Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

एसइइ दिएका कृष्ण भन्छन् : ‘नतिजा आउँदासम्म बाच्छु कि बाँच्दिन !

\"\"पर्वत, १५ चैत । दुवै मिर्गौैैला फेल भएपछि उपचारको क्रममै माध्यमिक शिक्षा परीक्षा ९एसइइ० को परीक्षा सकेर कुस्माबाट फर्कँदै गरेका तिलाहार–७ रातमाटाका १९ वर्षीय कृष्णबहादुर लामिछानेले दुःखका साथ भन्दै थिए– “रिजल्ट आउँदा म केही हुन्छु कि ?” आर्थिक अभावले उपचार गर्न नसक्दा परीक्षाको नतिजा सुन्न नपाइ मर्छु कि भन्ने चिन्ता बढेको उनले बताए । स्थानीय नवजागृत माविबाट एसइइ परीक्षा दिनका लागि सदरमुकाम कुस्मा आएका लामिछाने घर फर्किने तयारी गरिरहेका बेला आँशु झार्दै भने– “मिर्गौला ठीक बनाएर कलेज पढ्ने धोको छ ।” परिवारका एकमात्र सन्तान कृष्ण बहादुरका बाबु मनबहादुर लामिछाने दैनिक मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएका छन् । जग्गाको नाममा आधा हल बारी र आधा हल खेतबाहेक अन्य आम्दानीको स्रोत नभएको लामिछानेको परिवारमा बज्रपात परेको छ । “हामीसँग उपचार गर्ने पैसा छैन” कृष्णले भने– “खर्च कसरी जुटाउने भन्ने डरले बाँच्न सक्दिन कि भन्ने लाग्छ ।” उता आमा कृष्णकुमारी लामिछाने पनि विगत लामो समयदेखि दमको रोगी छिन् । छोरालाई राम्रो शिक्षादीक्षा दिउँला र ठूलो भएपछि प्रसस्त धन कमाएर वृद्ध बाबुआमालाई राम्रोसँग पालनपोषण गर्ला भन्ने आश बोकेर जीवनभर मजदुरी गर्दै आएका पीडित कृष्णबहादुर लामिछानेका बाबु मनबहादुरका आँखा विगत दुई महिनादेखि ओभाएका छैनन् । ढिलोगरी विवाह गरेका उनको परिवारमा ढिलैगरी कृष्णको जन्म भएको थियो । माघ पहिलो साता पेट तथा कोखा दुःखेपछि परीक्षण गर्न अस्पताल पुगेका लामिछानेका दुवै मिर्गौला फेल भएको थाहा पाएका थिए । उनलाई तत्काल मिर्गौला प्रत्यारोपण गर्नका लागि चिकित्सकले सुझाव दिएका, तर खर्च अभावका कारण सामान्य उपचार गरेर बसेका छन् । दुवै मिर्गौला फेल भएका कारण उनलाई दैनिकरुपमा स्वास्थ्य समस्या आउने गरेको बताउँछन् । उपचार गर्न महँगो भएकाले तत्कालै मिर्गौला प्रत्यारोपण गर्न समस्या भएकाले बाँच्ने आशा नभएको भन्दै आँशु झार्छन् । “सपनामा मरेको मात्रै देख्छु” कृष्णले भने– “आफूसँग पैसा नभएकाले बाँच्न गाह्रो देखेको छु ।” उनको रोगका बारेमा थाहा पाएपछि उनले पढ्ने विद्यालय, तिलाहारका स्थानीय तथा विदेशमा रहेका नेपालीको सहयोगमा केही रकम सङ्कलन गरेर सामान्य उपचार हुँदै आएको छ । उनका दुवै मिर्गौला प्रत्यारोपण गर्न करिब रु २० लाख खर्च हुने भएकाले समस्या भएको परिवारको भनाइ छ । बुढेशकालमा छोराको कमाइ खाने बेलामा उसैको उपचारका लागि हात थाप्दै हिँड्नुपरेको बाबु मनबहादुर चिन्ता व्यक्त गर्छन् । “घरको सम्पत्ति बेचेर उपचार गर्थेँ” उनले भने “सबै बेच्दा लाख पनि पुग्दैन ।” छोरालाई पोखरास्थित गण्डकी अस्पतालमा डायलाइसिस गराइरहेका लामिछाने उपचार खर्च जुटाउन सहयोगको अपिल गर्दै भौँतारिएका छन् । अहिले गाउँलेको सहयोगमा उपचार गर्दै आएको उनी बताउँछन् । चिकित्सकले मिर्गौलाबाहेक रु १२ लाख र मिर्गौला किन्नुपरे रु २० देखि २५ लाख खर्च लाग्ने भनेपछि उनी सहयोगको अपिल गर्दै विभिन्न सङ्घ संस्था र सञ्चारमाध्यम गुहार्दै हिँडिरहेका छन् । उमेरले ६० पुगेका मनबहादुर छोराको जीवन बचाउन आफ्नै मिर्गौला दिने सोचमा समेत पुगेका छन् । “म बरु छिट्टै मरेपनि पछुतो छैन” उनले भने– “मेरो मिर्गौलाले काम ग¥यो भने छोराले त नयाँ जीवन पाउला ।” मजदुरी गरेर बिहान बेलुकाको छाक टार्दै आएका उनले आवश्यक सहयोग गरिदिन सरकारी तथा गैरसरकारी निकाय र सङ्घ संस्थासँग माग समेत गरेका छन् । मिर्गौला पीडित कृष्णलाई पढ्न तथा परीक्षामा सहजताका लागि नवजागृत माविका शिक्षक हरिबहादुर लामिछानेले सहयोग गर्दै आएका छन् । उनले विभिन्न ठाउँमा लिएर जाने तथा सहयोग जुटाउने काम समेत गरिरहेका छन् । मिर्गौलापीडित कृष्ण जेहन्दार र एसइइ परीक्षा सहजै राम्रो अङ्क ल्याएर पास गर्नसक्ने विद्यार्थी भएको उनले बताए । उनले कृष्णको उपचारका लागि विद्यालयले समेत अभियान चलाएको र हालसम्म करिब रु चार लाख सहयोग सङ्कलन भएको जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending