Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

चीनका लगानीकर्तासँग प्रचण्डले भने– ढुक्क भएर लगानी गर्नुस, नेपालीले साथ दिन्छौं

बेइजिङ, १४ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनता नेपालको विकासका लागि दृढ निश्चयी रहेको बताएका छन् । चीनमा आयोजित “लगानीका अवसरबारे राउण्ड टेबल छलफल” विषयका कार्यक्रममा विशेष अतिथिका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल लगानीको उर्बर भूमि भएकोले लगानीका लागि आव्हान गरे । नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसलाई अझै उचाईमा पुर्याउनुपर्ने बताए । नेपाल र चीन भूगोल, संस्कृति र व्यापारका क्षेत्रमा लामो इतिहास बोकेका छिमेकी भएको बताउँदै प्रचण्डले यो सम्बन्धलाई अझै विकास गर्न नेपालमा लगानी गर्नुपर्नेमा जोड दिए । नेपालमा लगानीसम्बन्धी भएको सम्मेलनमा चीनको लगानी प्रतिबद्धता ६१ प्रतिशत रहेको बताउँदै प्रधानमन्त्रीले यसलाई मूर्तरुप दिन थप प्रतिबद्धताका लागि समेत आव्हान गरे । चीनले व्यापार, विकास र आर्थिक क्षेत्रमा गरेको अभूतपूर्व विकासबाट छिमेकी देश नेपालले लाभ लिन सक्ने बताउँदै प्रचण्डले नेपालमा लगानीका माध्यमबाट दुई देशबीचको सम्बन्ध झन उचाईमा पुर्याउन सकिने विश्वास व्यक्त गरे । “तपाईहरुले चीनलाई संसारको दोश्रो ठूलो आर्थिक शक्तिकारुपमा विकास गर्नु भएको छ । यसले हामीलाई पनि विकासको पथमा अघि बढ्न उत्प्रेरणा दिएको छ । छिमेकीको नाताले चीनको यो विकासबाट लाभ लिने चाहना स्वभाविक हो ।” प्रचण्डले भने । नेपाल प्राकृतिकरुपमा धनी र श्रोतसाधन सम्पन्न देश भएकोले यो लगानीका लागि उर्बर भूमि भएको उनले बताए । “नेपालका जनताहरु विकासका लागि दृढ निश्चयी छन्, राजनीतिक दलहरु पनि आर्थिक समृद्धिका लागि एकबद्ध छन्, आउनुस् लगानी गर्नुस” प्रचण्डले भने । प्रचण्डले नेपाल जलश्रोतका धनी देश भएकोले जलविद्युत, कृषि, पर्यटनलगायतका क्षेत्रमा चिनियाँ लगानीमा जोड दिए । नेपालमा श्रम मूल्य न्यून भएको, लगानीका लागि उदार नीति भएको, राज्यले लगानी भित्र्याउने उपयुक्त वातावरण बनाएको बताउँदै प्रचण्डले नेपाल र लगानी गर्ने दुबैलाई समान लाभ हुने र दुबैले जित्ने ढंगले लगानीको वातावरण भएको बताए । “चीन र नेपालको सीमाक्षेत्रमा सेवा प्रवाह गर्न समेत दुबै देशले निकै प्रयास गरेका छन्, पर्यटनका क्षेत्रमा चिनियाँ योगदान उल्लेख्य छ, अन्य क्षेत्रहरुमा पनि ‘विन–विन’ अवस्था हुने गरी लगानी गर्ने वातावरण छ ।” उनले भने । नेपालमा पोखरा, भैरहवा, बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढेको बताउँदै प्रचण्डले चिनियाँ लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न आव्हान गरे । उनले भने, “नेपाल सरकार तपाईहरुको लगानी सुरक्षित गर्न प्रतिबद्ध छ । ढुक्क हुनुस, तपाईको लगानी सुरक्षित हुन्छ । आउनुस् लगानी गर्नुस् ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE