Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

लक्ष्मण दानीले जिते यामाहाको आइफोन ७

\"\"काठमाडौं, १३ चैत । यामाहा मोटरसाइकल र स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा स्कुटर टेस्ट राइड क्याम्पेनको विजेताको नाम घोषणा गरेको छ । टेकुस्थित यामाहा सोरुम डी एन्ड डी अटो लिंकमा टेस्ट राइड गरेका लक्ष्मण दानीले आइफोन ७ जितेका हुन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘इभिनिङ सो एट ६’ गरिएको प्रत्यक्ष लकी ड्रमार्फत उनको नाम छानिएको हो । एक महिना सञ्चालन भएको टेस्ट राइडमा स्कुटरप्रेमीहरुलाई यामाहा स्कुटरको टेस्ट राइड गर्न आह्वान गरिएको थियो । यसैबीच, एमएडब्लले आफ्नो ‘भ्यालेन्टाइन विक क्याम्पेन’को विजेताको नाम समेत सार्वजनिक गरेको छ । एक साता चलेको यो योजनामा जीवन कुमार मगर र रोमाञ्च डल्लाकोटीले गाइ लरोन्चे ह्यान्ड ब्याग, इश्वर रञ्जन थापाले गिर्गियो अर्मानी पफ्र्युम, सुनिल मानन्धरले बोस ओरेन्ज सनग्लास, लक्ष्मी कार्की र निलोफर प्रविणले टिसोन घडी र निनु माया गुरुङले गुच्ची पर्फुयम जित्न सफल भएका छन् । भाग्यशाली विजेताको नाम लकी ड्रमार्फत गरिएको थियो जसको प्रत्यक्ष प्रसारण यामाहाको फेसबुक पेजमा गरिएको थियो । विजेताहरुको नाम घोषणा गर्दै एमएडब्लु इन्टरप्राइजेजका सह–महाप्रबन्धक दिपकराज गिरीले यामाहाको ‘फेसनेबल्ली प्रिमियम स्कुटर क्याम्पेन’मा ग्राहकहरुको रोमाञ्चक उपस्थिति भएको बताए । ‘यो अभियानमा १२ सयभन्दा बढीले टेस्ट गर्नु भएको थियो । उहाँहरुको प्रतिक्रियाबाट हाम्रो हौसला बढेको छ,’ उनले भने, ‘विजेताहरुका लागि हामी धेरै खुसी छौं । यो अभियानमा सहभागी हुने र यसलाई सफल बनाउने सबैप्रति हामी आभारी व्यक्त गर्न चाहन्छौं ।’ एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेलका स्कुटर उपलब्ध गराउँदै आएको छ । आफ्ना सेग्मेन्टमा यामाहा स्कुटरलाई प्रिमियम मानिन्छन् । साथै, नेपालमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE