Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

मधुमेह रोगीले खानै पर्ने १० खानेकुरा

मधुमेह अर्थात चिनीरोग, रगतमा चिनीको मात्रा कम भएपछि लाग्ने एक जटिल रोग हो । यो रोगको एकिन उपचार अहिलेसम्म पनि पत्ता लाग्न नसकेका कारण यसलाई जटिल रोग भनिएको हो । रगतमा चिनीको मात्रा बढि हुने भएकाले मधुमेह रोगीले जे पायो त्यहि खानेकुरा खानु हुँदैन । यो एक दीर्घ रोग भएकाले रोगीले खाना खाँदा निकै होस पुर्याएर खानुपर्छ । यसका साथै यस्ता रोगीले सिमित खानेकुराहरु नियमित र ठिक्क मात्रामा खान आवश्यक छ । यहाँ हामी तपाईंलाई यस्ता खानेकुराको बारेमा जानकारी दिँदै छौँ जुन मधुमेह नियन्त्रणका लागि खान अत्यावश्यक छ । \"1_apples\"स्याउः भनिन्छ, दिनको एउटा स्याउले डाक्टरलाई टाढा राख्दछ – विशेषगरि कार्डियोलोजिष्ट । सन् २०१२ मा ओहियो स्टेट युनिभर्सिटीले प्रकाशित गरेको जर्नलमा चार हप्तासम्म दिनमा एउटा स्याउ सेवन गर्नाले नराम्रो कोलेस्ट्रोललाई ४० प्रतिशतले घटाउने गर्दछ । कोलेस्ट्रोल एउटा यस्तो तत्व हो जसले मुटु रोगलाई सहयोग गर्दछ । यसका साथै स्याउमा मधुमेह कम गर्ने तत्व पनि पाइने गर्दछ । हाभार्ड स्कुल अफ पब्लिक हेल्थले दुई लाख मानिसहरुको स्वास्थ्य स्थिती जाँच गर्दा हप्तामा पाँच वा सो भन्दा बढि स्याउ खाने मानिसहरुमा मधुमेहको खतरा २३ प्रतिशतले कम हुने गर्दछ । \"2_asparagus\"कुरिलोः स्वादको दृष्टिकोणले मात्र हेर्ने हो भने पनि कुरिलो धेरैजसो मानिसहरुको मनपर्ने तरकारी हो । के तपाईंलाई थाहा छ, कुरिलोमा ५ ग्राम कार्बोहाइड्रेट, २० क्यालोरी र करिब २ ग्राम फाइबर पाइने गर्दछ । यसमा विशेषगरि ग्लुताथायन नामक एन्टिअक्सिडेन्ट पाइने भएकाले यसले बुढ्यौलीको असरलाई फिक्का बनाउने गर्दछ भने विभिन्न रोगबाट मुक्त गराउँछ जस्तै मधुमेह, मुटुरोग र क्यान्सर । सन् २०१२ मा ब्रिटिश जर्नल अफ न्युट्रिसनले गरेको एक अनुसन्धानका अनुसार कुरिलोले रगतमा चिनीको मात्रालाई राम्रो अवस्थामा राख्ने गर्दछ भने इन्सुलिनको मात्रालाई बढाउने कार्य गर्दछ । \"3_avocados\"एभोक्याडोः नास्पाती जस्तो देखिने फल एभोक्याडो स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक मानिन्छ । यो फलमा प्रोटिन, फाइबर, नियासिन, थाइमिन, राइबोफ्लेबिन, फोलिक एसिड र जिंकलगायतका तत्वहरु प्रचुर मात्रामा पाइने गर्दछ । एकेडेमी अफ न्युट्रिसन एण्ड डाइबिटिजका अनुसार यसले कोलेस्ट्रोलको मात्रालाई घटाउनुका साथै मुटुरोगलाई पनि टाढा राख्ने गर्दछ । यसका साथै एभोक्याडो र मधुमेह बिच निकै सकारात्मक सम्बन्ध रहेको छ । सन् २००८ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनले प्रकाशित गरेको एक रिपोर्ट अनुसार एभोक्याडो खाने महिलाहरुमा दोस्रो प्रकारको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुने गर्दछ । \"4_beans\"सिमीः सिमीमा प्रचुर मात्रामा फाइबर पाइन्छ । साथै, यो प्रोटिनको राम्रो स्रोत मानिन्छ जसका कारण यसलाई मधुमेहका रोगीले आफ्नो खानामा संलग्न गर्न आवश्यक छ । सन् २०१२ मा गरिएको एक अनुसन्धानको अनुसार टुसा उम्रिएको सिमीको तरकारी दिनमा एक कप खाने गर्नाले रगतमा चिनीको मात्रा सन्तुलित हुने गर्दछ भने ब्लड प्रेसर पनि कम गर्ने गर्दछ । अमेरिकन हर्ट असोसियसनका अनुसार धेरै मात्रामा फाइबरको सेवनले हृदयघात हुनबाट पनि बचाउँछ । \"5_blueberries\"निलो बयरः निलो बयर अथवा ब्लुबेरी त्यस्तो फलको परिवारमा पर्दछ जसमा फ्लेभोनोइडको मात्रा अत्यधिक रहेको हुन्छ । फ्लेभोनोइड एउटा यस्तो तत्व हो जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ । ‘निलो बयरमा फाइबरको मात्रा अत्यधिक हुने भएकाले मधुमेहको खतरालाई कम गर्दछ भने रगतमा चिनीको मात्रालाई संतुलित राख्ने गर्दछ,’ नेशनल डाइबिटिज एजुकेसन प्रोग्रामकी जोओने एम.ग्यालिभेन बताउँछिन् । ताजा अनुसन्धानले निलो बयरमा क्यान्सरविरोधी तत्व पनि पाइने ग्यालिभेन बताएकी छिन् । \"6_broccoli\"ब्रोकोलीः ब्रोकोलीमा बेटा–क्यारोटिन नामक एन्टिअक्सिडेन्ट पाइन्छ जसले मधुमेह रोगीलाई फाइदा पुर्याउँछ । यसमा भिटामीन ‘ए’ प्रचुर मात्रामा पाइने हुँदा दाँत, हड्डी, छाला र आँखालाई फाइदा पुर्याउने गर्दछ । यो फोलेट र फाइबरको खानी भएका कारण स्वस्थ्यको लागि निकै लाभदायक मानिन्छ । \"7_carrots\"गाजरः गाजरलाई भिटामिन ‘ए’को खानीको रुपमा लिइन्छ । यो भिटामिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिको लागि आवश्यक तत्व मानिन्छ । यसले मधुमेह रोगलाई राहत प्रदान गर्दछ भने केहि क्यान्सरबाट मुक्ति दिने मायो क्लिनिकले बताएको छ । \"9_fish\"माछाः सन् २०१० को डायटरी गाइडलाइन फर अमेरिकाले हप्तामा दुईपटक माछा खान सुझाएको छ । माछामा ओमेगा–३ फ्याटी एसिड पाइने हुँदा यसले अरहाथमियास (असामान्य मुटुको धड्कन) को जोखिमलाई कम गर्ने गर्दछ । मधुमेहका रोगीले माछाको सेवन गर्नु लाभदायक मानिन्छ । \"8_garlic\"लसुनः खानालाई मिठो बनाउन हालिने लसुनमा औषधीय गुणसमेत रहेको छ । यसले उच्च कोलेस्ट्रोल, मुटु रोग, उच्च रक्त चाप र क्यान्सरको खतरालाई टाढा राख्ने गर्दछ । \"19_redonions\"प्याजः प्याजमा एन्टिअक्सिडेन्टको मात्रा बढि हुने भएकाले यसले मधुमेहका रोगीलाई फाइदा पुर्याउँछ । प्याजमा मुटुलाई फाइदा पुर्याउने फाइबर, पोटासियम र फोलेटजस्ता तत्व हुने भएकाले यसलाई खानामा संलग्न गर्न अत्यावश्यक छ । सन् २००२ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनले गरेको अनुसन्धान अनुसार प्याजमा पाइने फ्लेभोनोइड क्वेरसेटिनले दीर्घ रोग लाग्न बाट बचाउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending