Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

हात्तीको आतङ्क रोक्न सवा करोडको औषधि र उपकरण

\"\"काठमाडौँ, ११ चैत । निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले एक करोड २५ लाख मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी थालेको छ । पछिल्लो समयमा मुलुकभरका निकुञ्ज वरपरका बस्तीमा हात्तीले आक्रमण गर्नुका साथै खेतीबाली नष्ट गर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अफ्रिकाबाट उक्त मूल्य बराबरको औषधि र औषधि प्रयोग गर्ने उपकरण ल्याउने प्रक्रिया अघि बढाएको हो । आगामी दुई महिनाभित्र औषधि र ती उपकरण नेपाल आइपुग्ने विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो । जङ्गली जनावर मात्तिएपछि नियन्त्रण गर्न लठ्याउने औषधि खर्चिलो छ । चितुवालाई लठ्याउने औषधि एकपटक प्रयोग गर्दा रु २५ हजार बराबरको खर्च हुने बताउँदै महानिर्देशक खड्का भन्छन् – “हात्तीलाई त्यसभन्दा बढी परिमाणको औषधि खर्च हुन्छ ।” यसबाहेक निशाना गलत भएमा दोब्बर खर्च हुन्छ । मात्तिएका वन्यजन्तुलाई प्राविधिकले एक प्रकारको बन्दुकमार्फत उक्त औषधिको प्रयोगले नियन्त्रणमा लिने गर्छन् । प्राकृतिक वासस्थान र आहाराको अतिक्रमणपछि मुलुकभर वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै गएको बताइन्छ । बर्दियामा फुच्चे हात्तीको आतङ्क पछिल्ला समयमा बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमण बढेको छ । समूहमा आउने जङ्गली हात्तीबाहेक एक्लै हिँड्ने ‘फुच्चे भाले’ हात्तीको आक्रमणबाट बर्दियामा मात्र यो वर्ष छ जनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका छन् । हात्तीको आक्रमणबाट निकुञ्ज वरपरका बस्तीमा २२ बिगाहा जमिनको खेतीबाली नष्ट हुनुका साथै ४०० घर भत्केको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए । समूहमा बस्ने अरु हात्तीसँग हारेपछि ‘फुच्चे भाले’ हात्ती मात्तिएर रिस फेर्न बस्ती आक्रमणमा देखिएको प्रमुख संरक्षण अधिकृत थापाको जिकिर छ । निकुञ्जले हात्तीको आक्रमण रोक्न हाल विद्युतीय तार लगाउनुका साथै परम्परागत उपाय अपनाउँदै आएको छ । बर्दिया निकुञ्जमा करिब एकसयको सङ्ख्यामा जङ्गली हात्ती रहेको उहाँले जानकारी दिए । निकुञ्जले हात्तीको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही रु पाँच लाख राहत र रु ३० हजार किरियाखर्च प्रदान गर्दै आएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending