Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

दोस्रा तहका नेता सहमति खोज्न जुटे

काठमाडौं, संविधानसभाबाट संविधान निर्माण गर्ने विषयमा सत्तारुढ दल र विपक्षी ३० दलीय गठबन्धन मोर्चाबीच तिव्र धु्रविकरण भएपछि सहमतिमै संविधान जारी गर्ने विषयले सत्तासमिकरणमा नयाँ कसरत सुरु भएको छ । सुशील कोइराला नेतृत्वको कांग्रेस सरकारको विकल्पमा अहिले स्वयंम कांग्रेसका तथा सत्तामा सहभागी दल नेकपा (एमाले)का दोस्रो तहका नेताहरुले विपक्षी मोर्चालाई विश्वासमा लिँदै संविधान निर्माण गर्नका लागि नयाँ ‘कोलिसन गभर्मेन्ट’ को छलफल चलाएका हुन् । संविधानसभामा बहुमतीय प्रक्रियाबाटै संविधान जारी गरिने भन्दै प्रश्नावली समिति बनाइए पनि विपक्षी मोर्चाको अवरोधका कारण प्रक्रिया सफल हुन नसकिएको ती नेताको बुझाई रहेको छलफलमा सहभागी एक नेताले खबरडबलीलाई नाम उल्लेख नगर्ने सर्तमा बताए । उनले भने– ‘संविधान निर्माण जस्तो विषयमा विपक्षीलाई विश्वासमा नलिइ अगाडि बढ्न सजिलो छैन भन्ने हाम्रो निष्कर्ष हो, त्यसैले हामीले विपक्षीलाई विश्वासमा लिएर अगाडि बढ्न छलफल चलाएका हौँ ।’ यस्तो छलफलमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) तथा विपक्षी मोर्चाका तर्फबाट एकीकृत नेकपा (माओवादी) र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का नेताहरुको सहभागिता रहेको छ । छलफल चलेको कुरा दोस्रा तहका नेताहरुले स्किारेका छन् । एमाओवादी नेता कृष्णबहादुर महराले छलफल सकारात्मक रुपमा चलिरहेको बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट काँग्रेसबाट नरहरी आचार्य, दिलेन्द्र बडु लगायतका रहेका छन् भने एमालेबाट एमालेका एमालेबाट सुरेन्द्र पाण्डे,गोकर्ण विष्ट लगायतका युवा नेता सक्रिय छन् । उता एमाओवादीबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विश्वास पात्र मानिएका महासचिव कृष्णबहादुर महरा, स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’, टोप बहादुर रायमाझि र शक्ति बस्नेत रहेका छन् । फोरम लोकतान्त्रिक अध्यक्ष रहेका विजयकुमार गच्छदार भने आफै यस विषयमा पहल लिन विभिन्न अनौपचारिक छलफलमा सहभागि हुँदै आएको स्रोत बताउँछ । सरकार परिवर्तनको चर्चासँगै एमालेमा चर्को अभिव्यक्ति दिने केही नेताहरुको राजनीतिक हाउभाउमा समेत परिवर्तन देखा परेको छ । विपक्षी मोर्चालाई विश्वासमा लिएर संविधान निर्माणमा अगाडि बढ्नका लागि सत्तासमिकरणको कसरतमा लागेका दोस्रो तहका नेताहरुले भावी प्रधानमन्त्रीका लागि माधवकुमार नेपाललाई अगाडि सारेका छन् । दोस्रो तहका नेताहरुले नयाँ ‘कोलिसन गभर्मेन्ट’ को छलफल राजनीतिक निकास र संविधान निर्माण गर्ने उद्देश्यले चालिएको बताएका छन् । उनीहरुले भावी सरकारमा अहिलेका प्रमुख चारै दललाई सहभागी गराउँदै संविधान निर्माणमा प्याकेजमा सहमति गर्नसमेत विकल्प दिएका छन् । यसैक्रममा माधवकुमार नेपालले एमालेको पछिल्लो केन्द्रीय समिति बैठकमा विपक्षी मोर्चालाई विश्वासमा नलिई अगाडि बढेमा संविधान निर्माण गर्न कठिन हुने बताउँदै प्रमुख विपक्षी दलहरुलाई विश्वासमा लिन एमालेले नयाँ ढंगले सोच्नुपर्ने बताएका थिए । ‘एमाओवादीसँग सम्बन्ध सुधार गर्नुको विकल्प छैन, यसका लागि एमालेले नयाँ ढंगले सोच्नु पर्छ ।’ नेपाललाई उदृत गर्दै बैठकमा सहभागी एमालेका केन्द्रीय सदस्य राजेन्द्र राईले खबरडबलीसँग भने । पार्टी अध्यक्ष खड्गप्रसाद ओलीसँग महाधिवेशन यता नेताहरुको कार्यविभाजनको विषयलाई लिएर विमति राख्दै स्थायी कमिटी बैठकमा समेत सहभागि नभएका नेता नेपालले एमाओवादीसहित मधेसवादी दलका नेताहरुलाई पनि पटक–पटक भेटिसकेका छन् । यसै क्रममा नेपालले, एमाओवादी अध्यक्ष प्रचण्डसँग बानेश्वरको होटेल अर्यालमा आधा घण्टाभन्दा धेरै समय गोप्य भेटवार्ता गरेका थिए । उनले भेटका क्रममा प्याकेजमा सहमति गर्न के गर्न सकिन्छ भनेर प्रचण्डलाई सोधेको नेपाल निकट स्रोतले बतायो । माधवकुमार नेपालका स्वकीय सचिव मोहन गौतमले सत्तासमिकरणको फेरबदलबारे औपचारिक रुपमा आफूलाई थाहा नभएको बताउँदै अनौपचारिक रुपमा हुने छलफलबारे अनभिज्ञता प्रकट गरे । उनले भने– ‘मलाई औपचारिक रुपमा सत्तासमिकरणको फेरबदलबारे थाहा भएन ।’ यसैबीच एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन मोर्चाले आह्वान गरेको तीन दिने आमहड्तालको दोस्रो र तेस्रो दिनको घोषित कार्यक्रम फिर्ता लिएसँगै नयाँ सरकार गठनको प्रक्रियाले झनै तिव्रता लिएको छ । मोर्चाले आह्वान गरेको बन्द फिर्ताको निर्णय गराउन एमाओवादी अध्यक्ष प्रचण्ड तथा फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले महत्वपूर्ण भूमिका खेलेका थिए । दलहरुबीच संवादहिनताको अवस्थाले संविधानसभाको बैठक माघ २९ गतेदेखि स्थगीत रहँदै आएको छ । यसबीच संविधानसभा अध्यक्षको पहलमा चैत २३ गते संविधानसभाको बैठक डाकिए पनि रामनाथ ढकाल तथा महेन्द्र यादवको शोक प्रस्ताव पारित गर्दै पुनः चैत ३० गतेसम्मका लागि स्थगीत रहेको छ । वर्तमान सरकारले निरन्तरता लिई रहँदा दलहरुबीच संवादहिनताले संविधान निर्माणमा अवरोध भएको भन्दै संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि नयाँ सत्तासमिकरणका लागि हरियो झण्डा देखाएका छन् । नेम्वाङले दलहरुले आफूलाई पेन्डुलम बनाएको भन्दै सरकारको समिकरण फेरेर भए पनि संविधान निर्माणमा सहमति जुटाउन आग्रह गरेको उनी निकट स्रोत बताउँछ । स्रोत भन्छ– ‘संविधानसभा अध्यक्षको स्पष्ट भनाई छ । दलहरुले जनतासँग गरेको बाचा बिर्सनु हुँदैन । यदि नयाँ सरकार बनेर संविधान जारी हुने अवस्था आउँछ भने त्यो सकारात्मक नै हुनेछ ।’ स्वार्थ आ–आफ्नै \"deuba\"एकातर्फ संविधान निर्माणमा देखिएको अवरोध फुकाउन माधव नेपाललाई विकल्पका रुपमा अगाडि सारिएको छ भने त्यहीँ नयाँ सरकारको दौडमा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पनि छन् । कांग्रेसका देउवा पक्षीय नेताहरु देउवालाई भावी सरकारको प्रधानमन्त्रीका रुपमा अगाडि सार्दै आईरहेका छन् । यसैक्रममा देउवाका केही सहयोगीहरुले लाजिम्पाटमा पुगी देउवाको नेतृत्वमा सरकार बनाउन प्रचण्ड सामु छलफल चलाएका थिए । प्रचण्डका स्वकीय सचिव चुडामणी खड्काका अनुसार देउवाका विषयमा छलफल अगाडि बढे पनि ठोस निर्णय भइसकेको छैन । राजनीतिको दौडमा कसले बाजी मार्ने हो त्यो भने हेर्न बाँकी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies