Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

रोल्पाका कैदी–बन्दी भन्छन् – थुनाबाट निस्किएर विदेश जानु नपरोस्

\"\"रोल्पा, ४ चैत । विभिन्न अभियोगमा थुनामा परेका तथा विभिन्न अपराधमा सजाय भोगिरहेका कारागार कार्यालय, रोल्पाका कैदी–बन्दीलाई थुनाबाट निस्किएपछि विदेश जानुपर्ने हो कि भन्ने चिन्ताले पिरोल्न थालेको छ । हातमा सीप, दक्षता तथा क्षमता नहुँदा उनीहरुले चिन्ता प्रकट गर्न थालेका हुन् । थुनाबाट निस्कँदा सक्षम र सबल बन्नका लागि उनीहरुले सरोकारवाला निकायसँग तालिमको माग गरेका छन् । “हामी केही गर्छौ त्यसका लागि हामीलाई थुनामै तालिम चाहिन्छ”, उनीहरुले एउटै आवाजमा भने । काम गरिखाने उमेरमा परिवारको जिम्मेवारी पूरा गर्न नपाउँदै थुनामा परेपछि घरमा रहेका बालबालिकाको बिचल्ली भएको भन्दै उनीहरुले तालिमको माग गरेका हुन् । उमेरभर थुनामा बसेका कैदी–बन्दीलाई थुनाबाट निस्किएर पनि रोजीरोटीका लागि जहान छोराछोरी छोडेर विदेश जानुपर्ने हो कि भन्ने चिन्ताले पिरोल्न थालेसँगै उनीहरुले क्षमता विकासका लागि तालिमको माग गर्नु परेको बताए । करिब ४ वर्षपहिले देखि कर्तव्यज्यान मुद्दामा थुनामा रहँदै आएका लिबाङ–५ रोल्पाका हुकुम बुढामगरले थुनुवासँगै सिकेर विगत ३ वर्षदेखि मुढा बुन्ने काम गर्दै आएका छन् । तर सीप र दक्षताको अभावमा उहाँले सोचे अनुरुपको काम गर्न सकिरहेका छैनन् । उनले करिब तीन दिनमा एउटा मुढा तयार गर्छन् तर तालिम नभएका कारण उनको मुढाले राम्रो बजार पाउन सकिरहेको अवस्था छैन । यसकारण ठूलो मिहेनतका साथ तयार गरेको मुढा सस्तो मूल्यमा बिक्री भइरहेको छ । सुरु सुरुका दिनमा थुनामा पर्दा ऋणधन गरेर दैनिक खर्च परिवारले पठाउँदै आएको भएपछि पछिल्लो दिनमा आफूले सिकेको सीपले आफूलाई राहत हुँदै आएको उनको भनाइ छ । “थुनामा परेपछि सुरु सुरुमा निस्कने आश थियो अब निस्कने आश सेलाएपछि भित्रै बसेर केही गर्ने आँट बढेको छ तर अवसर छैन”, उनी भन्छन् । यस्तै, कर्तव्य ज्यान मुद्दामै करिब ४ वर्षदेखि सजाय भोगिरहेका रोल्पाका रोहित पुनले पनि थुनुवाकै सहयोगमा ढाका टोपी बुन्ने काम गर्दै आउनुभएको छ । उहाँले पनि यसरी टोपी बुनेर दैनिक खर्च चलाउँदै आएको बताउनुभयो । ढाका टोपी बुट्टाअनुसार फरक फरक मूल्यमा बिक्री वितरण हुने भएपनि सीप र क्षमता नभएको हुँदा उहाँको टोपीले पनि सोचेअनुरुप मूल्य पाउन सकिरहेको छैन । विवाह बन्धनमा बाँधिएको केही समयमै उहाँ थुनामा पर्नुभएको थियो । एउटा छोरा, श्रीमती र परिवारको जिम्मेवारी लिएको मान्छे नै थुनामा परेपछि परिवारलाई गुजारा चलाउन निकै हम्मेहम्मे पर्न थालेको छ । त्यसैले थुनामै सीप सिक्न पाए काम गरेर परिवारलाई केही खर्च पठाउने उहाँको धोको छ तर यसका लागि थुनामा अवसर छैन उनले दुःखेसो पोखे । यस्तै, जेल जीवन बिताउँदै आएका अर्का कैदी खिमबहादर थापा पनि थुनुवाको सहयोगमा नाम्लो बुन्ने काम गर्दै आएका छन् । उनले तीन–चार वर्षदेखि नाम्लो बुनेर मासिक रु एक हजार पाँचसय आम्दानी गर्दै आएका छन् । तालिम पाए क्षमता विकास गर्ने चाहना भए पनि कुनै किसिमको अवसर नपाउँदा उनले बरियो बुन्ने कामलाई नै निरन्तरता दिँदै आएको बताए । अन्य जिल्लाका कारागारमा कम्प्युटरको सुविधा भएको र थुनुवा तथा कैदी–बन्दीलाई विभिन्न किसिमका तालिम प्रदान गर्दै आएको ‘त्रैमासिक जेल संसारमा’ पढ्दै आएको भएपनि आफूहरु भने हरेक सेवा तथा सुविधाबाट वञ्चित भएको कैदी–बन्दीको गुनासो छ । हाउस वायरिङ, सिलाइकटाई, मुढा बुनाइ, टोपी बुनाइ तथा अन्य विभिन्न किसिमका सीपमूलक तालिम पाउन पाए आफ्नो परिवारको जीवस्तरमा सुधार आउने कैदी–बन्दीले आशा गरेका छन् । तर रोजीरोटीका बहानामा थुनाबाट निस्किएर विदेश जानुपर्ने पो हो कि भन्ने चिन्ताले उनीहरुलाई दिनरात सताउन थालेको छ । एउटै परिवारका दुई सहोदर दाजुभाइ तथा बाबुछोरासमेत जेल परेपछि परिवारको बिचल्ली भएको उनीहरुको भनाइ छ । रासस समाचारदाताले राखेको प्रश्नमा प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले कैदी–बन्दीका जायज माग भएपनि यसका लागि यस किसिमका कार्यक्रम नभएको हुँदा विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग आवश्यक समन्वय गरेर उनीहरुले माग गरेका तालिमको आवश्यकता पहिचान गरी तालिम प्रदान गर्नका लागि आवश्यक पहल गर्ने बताए । यस्तै, स्थानीय विकास अधिकारी सुशील वैद्यका अनुसार जिविसको कार्यालय रोल्पामा ९हालको जिल्ला समन्वय समितिमा० यस किसिमका कार्यक्रम धेरै हुने भएपनि पूर्वनिर्धारित भइसकेको हुँदा घरेलु तथा साना उद्योग विकास समिति तथा विभिन्न गैससलाई अनुरोध गरेर तालिम सञ्चालनका लागि प्रयास गर्ने बताएका छन् । लिबाङ नगरपालिकाका कार्यकारी अधिकृत नीमबहादुर केसीले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै सकेसम्म यसै आवमा तालिमका लागि प्रयास गर्ने नभए पनि अर्को आवमा अनिवार्यरुपमा तालिम दिने सोच रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE