Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

दृष्टिविहीन विक दम्पतीका छोरी पुगे विद्यालय

\"\"म्याग्दी, ३ चैत । म्याग्दीको धौलागिरि गाउँपालिकाअन्तर्गत ताकमको रातमाटाका दृष्टिविहीन दम्पती जलन र सुस्मिता विकका तीन छोरी पाँच महिनापछि बुधबारदेखि विद्यालयमा जान थालेका छन् । दृष्टिविहीन विक दम्पतीका चार छोरीमध्ये विद्यालय उमेर समूहका तीन छोरी घरपरिवारको आर्थिक अवस्था कमजोर भएपछि विद्यालय जान छाडेको विषयमा राससमार्फत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन गरेपछि नेपाल विद्यार्थी सङ्घ म्याग्दीले उनीहरुलाई अध्ययनको व्यवस्था मिलाएको हो । बाबा र आमा दृष्टिविहीन भएको र घरपरिवारको आर्थिक स्रोत नभएपछि विद्यालय जानबाट वञ्चितीमा परेको सम्बन्धी समाचार प्रकाशन भएपछि आफूहरु विक परिवारलाई भेटेर उनका छोरीको पठनपाठन गराउने जिम्मा लिएको नेविसङ्घ म्याग्दी बहुमुखी क्याम्पस इकाई सभापति निर्मल खत्रीले बताए । “तीन बालिका पाँच महिनादेखि नै विद्यालय जान छाडेका रहेछन्, अध्ययनको अवसरबाट वञ्चित हुन नपरोस् भनेर उनीहरुको पठनपाठन गर्ने सबै जिम्मा हामीले लिएका हौँ, उनीहरु आजैदेखि विद्यालय जान थालेका छन्”, खत्रीले भने । नेविसङ्घले दृष्टिविहीन विक दम्पतीकी ११ वर्षीया छोरी निरुता, ८ वर्षीया माइली कमला र साइली ५ वर्षीया अञ्जली विकलाई बेनीस्थित बालमन्दिर आधारभूत विद्यालयमा क्रमशः कक्षा ४, २ र बालकक्षामा भर्ना गराएर अध्ययन गर्ने व्यवस्था मिलाएको छ । विद्यालय उमेरका तीन बहिनीलाई आवश्यक पर्ने लत्ताकपडा, विद्यालय पोसाक, शैक्षिक सामग्री, लगायतको व्यवस्थापनसमेत नेविसङ्घले नै गर्ने जनाएको छ । गाउँमा अरूको जग्गामा सामान्य घर बनाएर बस्दै आएपनि जग्गाधनीले पटक–पटक जग्गा किन्न या घर छाड्न दबाब दिएपछि गाउँ नै छाडेर पर्वतको लामाखेतमा अरूको घर भाडामा लिएर बसेका उनीहरुको कोठामा नेविसङ्घले उज्यालोका लागि सोलार जडान गरिदिएको छ भने उनीहरुको परिवारका लागि आवश्यक पर्ने खाद्यान्न र मासिक रुपमा तिनुपर्ने कोठाभाडा लगायतको बन्दोबस्तसमेत सङ्घले नै गर्ने खत्रीले बताए । दृष्टिविहीन विक दम्पतीको परिवारलाई खाना पकाएर खाने ग्यास सेटको व्यवस्थापन भने अपाङ्ग सङ्घ म्याग्दीले गरिदिएको छ । आफूहरु बस्दै आएको घरका जग्गाधनीले ८० हजार रुपैयाँ मागेपछि विक परिवार गत पुसदेखि म्याग्दी सदरमुकाम बेनी नजिकै पर्वतको लामाखेतमा कोठा भाडामा लिएर बसेका छन् । आफूहरुको समस्या बुझेर विद्यालय जान छाडेका छोरीलाई पुनः अध्ययन गर्ने अवसर प्रदान गरेको भन्दै विक दम्पतीले नेपाल विद्यार्थी सङ्घलाई धन्यवादज्ञापन गरेका छन् भने आफूहरुको समस्याबारे समाचार प्रकाशन गरेको भन्दै सञ्चारकर्मी र सञ्चारमाध्यमलाई समेत आभार प्रकट गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE