Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

टीकापुर पुगेर के भने एमाले शीर्ष नेताले ? कञ्चनपुरमा नेपाली मारिँदा मधेसी नेताको घाँटिमा के अड्कियोः रावल

\"\"कैलाली, २ चैत । नेकपा (एमाले) ले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत बुधबार बर्दियाको राजापुर र कैलालीको टिकापुरमा सभा आयोजना गरेको छ । राजापुरको सभालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष वामदेव गौतमले विगतमा माओवादीले अघि सारेका गलत नीतिहरुको शिकार सिंगो राष्ट्र भएको चर्चा गर्दै त्यसलाई सच्याउनुपर्नेमा जोड दिए । उनले भने, जातका आधारमा राज्य बनाउने विष माओवादीले रोपेका कारण देशभित्र झगडा हुने स्थिति बन्यो । त्यसलाई केही हदसम्म सच्याएर मुलुकलाई रुवान्डा बनाउने षड्यन्त्रलाई चिरिएको छ । अब पनि त्यस्तो हुन दिइने छैन ।’ कार्यक्रममा पोलिट्ब्युरो सदस्य नागेन्द्र चौधरीले प्रदेश नम्बर दुई निर्माण गर्दा पहाडी भूभाग नराखिएका कारण मधेसी जनता प्राकृतिक स्रोतहरुबाट विमुख हुन पुगेको चर्चा गर्दै आगामी दिनमा त्यस प्रदेशलाई पनि पहाडसँग जोड्न कोसिस हुने बताए । टिकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता झलनाथ खनालले भनेः \"\" - एकताबद्ध भएर राष्ट्रलाई एकताबद्ध बनाउनुपर्ने अवस्था आएको छ । यदि त्यो काम कसैले गर्न सक्छ भने एमालेले मात्र गर्न सक्छ । गरिबी, बेरोजगारी, अभाव, विभेद र अविकास हटाउने काम एमालेले मात्र गर्न सक्छ । - मधेसी मोर्चाले हामीलाई जुलुश र सभा गर्न दिन्न भन्दैछ । यो अधिकार उसलाई कसले दियो ? राजविराजमा हामीमाथि भएको आक्रमण सुनियोजित छ । सभा रोक्नका लागि अनेक प्रयत्न भए पनि हजारौँ जनता सहभागी भएबाट मोर्चाका मानिसहरु आत्तिएका छन् । - राजविराजमा पाँच जना मानिसको ज्यान जानुमा मधेसी मोर्चा जिम्मेवार छ । शान्तिपूर्ण कार्यक्रम विथोल्नका लागि मान्छे उचालेका कारण रक्तपात भएको छ । गत भदौमा टिकापुरमा रक्तपात मच्चाउने तत्वहरु पनि तिनै हुन् । यस्ताबाट सावधान रहनुपर्छ । टिकापुर घटनाको न्यायिक जाँचबुझ हुनुपर्छ । - वर्तमान सरकार देशलाई बोझ बनेको छ । सुशासन दिन सकेको छैन, विकासलाई अघि बढाउन सकेको छैन, बल्लतल्ल निर्वाचन घोषणा गरेको छ । एमालेको दवावका कारण बाध्य भएर निर्वाचन घोषणा गरे पनि आलटाल गर्ने काम गरिरहेको छ । निर्वाचन हुनासाथ एमाले सत्तामा आउँछ भन्ने यिनीहरुलाई डर छ । -नेपाललाई बलियो भएको देख्न नचाहनेहरु संविधानको विपक्षमा छन् । कार्यान्वयन नै नगरी संविधान संशोधनको बखेडा झिकिएको छ । ६६ प्रतिशतको समर्थनमा बनेको भारतको संविधान आजसम्म चलिरहेको छ । विरोधमा रहेका ३४ प्रतिशतले संविधान संशोधनको आवाज उठाउँदा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले अहिले हुँदैन, लोकसभा निर्वाचनपछि गरौँला भनेका थिए । बरिष्ठ नेता माधवकुमार नेपालले भने - मुलुकलाई नेतृत्व गर्न एमालेबाहेक अरु कुनै दल छैन । हामीले सत्तामा रहँदा वा नरहँदा आफ्नो मुलुकप्रतिको जिम्मेवारी निर्वाह गरेका छौँ । सामाजिक सद्भाव बढाउन र १ सय २६ जातिलाई समेटेर बलियो मुलुक बनाउने हाम्रो उद्देश्य छ । जनताको यो समर्थनले हामीलाई थप उत्साहित बनाएको छ । - एमालेको बाटोमा अवरोध सिर्जना गर्नेहरुले थाहा पाऊन्, जनताको समर्थनका कारण हामीलाई कसैले रोक्न सक्दैन । ०५१ सालमा सुरु गरेको सामाजिक सुरक्षा भत्ता सुरु गर्दासम्म बृद्धाबृद्धालाई मार्छ भन्ने प्रचार गरियो । त्यसका लागि नाम संकलन गर्दासमेत खाल्डो खनेका छन्, पुर्नका लागि नाम टिपिरहेको छ भन्ने प्रचार गर्दथे । अहिले पनि एमालेसँग राजनीतिक रुपमा सामना गर्न नसकेपछि अनेक आरोप लगाइरहेका छन् । - सुदूरपश्चिमको विकासका लागि एमालेले विशेष ध्यान दिएको छ । यहाँ मेडिकल कलेज स्थापना गर्नेदेखि अरु ठूला आयोजना निर्माण जस्ता काममा हामीले ध्यान दिएका छौँ । - एमाले विदेशीसँग कहिल्यै झुक्दैन, मित्रतामा घात गर्दैन ।\"\" - संविधानले मधेसीलाई अधिकार दिएन भन्ने प्रचार गरिएको छ । म सोध्न चाहन्छु, पहाडीलाई दिएको कुन चाहिँ अधिकार संविधानले मधेसीलाई दिएको छैन ? एउटा मात्र उदाहरण दिनका लागि म चुनौती दिन चाहन्छु । - संसारको कुन चाहिँ मुलुकमा संविधान बन्दा शतप्रतिशत मानिसहरुको समर्थन रहेको छ ? विमती जहाँ पनि हुन्छन्, तिनलाई समयक्रममा सम्बोधन गर्न सकिन्छ । मधेसी मोर्चाका नाममा भोटको राजनीति गर्नेहरुले नेपाली देशभक्ति देखाउनुपर्छ, विदेशी दूताबासमा धाउनुभएन, विदेशीको चाकडी गर्नुएन, नेपाली भएकोमा गौरवबोध गर्नुपर्यो । - कञ्चनपुरमा भएको घटनाका सम्बन्धमा भारतले नेपालसँग माफी माग्नुपर्छ । ०१६ सालमा उत्तरी सीमामा यस्तै हुँदा तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले हिम्मत गरेर चीनसँग माफी माग्नुपर्छ भनेका थिए । अहिले प्रचण्डमा त्यो हिम्मत छ कि छैन ? साहसका साथ के उनले त्यो भारतसँग भन्न सक्छन् ? जीवनको मूल्य पैसासँग त साट्न सकिन्न तर गोविन्द गौतमका परिवारको रेखदेखका लागि पाँच करोड भारु क्षतिपूर्ति दिनुपर्छ । सरकारले लम्पसार हुने नीति छाडोस्, नेपालका पक्षमा उभियोस् । - स्थानीय चुनाव त घोषणा भएको छ तर सरकारले खुट्टा त कमाइरहेको छैन ? हामीलाई शंका छ । आगामी माघ ७ गतेसम्म तीनै तहका निर्वाचन नगरेर संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्रमा सामेल त भइरहेको छैन ? महासचिव ईश्वर पोखरेलले भने \"\" - मुलुकको सार्वभौमिकताका विस्द्धमा क्रियाशी्रल तत्वहरुलाई खबरदारी गर्नका लागि हाम्रो अभियान जारी छ । यसमा जनताले देखाएको समर्थनबाट ती तत्वहरुलाई गतिलो जवाफ भएको छ । -  एमाले अरु कुरा सहन सक्छ तर कसैले सामाजिक सद्भाव विथोल्न खोज्छ, राष्ट्रको हितमा कुठाराघात गर्न चाहन्छ, ६० वर्षदेखिको जनताको चाहना अनुरुप बनेको संविधानमाथि कसैले कुठाराघात गर्न चाहन्छ भने ्एमाले किमार्थ स्वीकार गर्न तयार छैन, चट्टान जस्तो भएर उभिनेछ । -  संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य छ । यो कुनै एक दलको चाहनासँग जोडिएको छैन, मुलुकसँग जोडएको छ, संविधान र लोकतन्त्रसँग जोडिएको छ । -  संविधान संशोधन नेपाली जनताको एजेन्डा होइन । म पुष्पकमल दाहाल र शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु, तपाईंहरु कसका एजेन्डाको भरिया बन्नुभएको छ ? नेपाली भाषालाई सखाप पार्ने, अंगीकृत नागरिकलाई मुलुकको बागडोर सुम्पिने, पहाड र मधेस टुक्र्याउने तपाईंहरुको योजना हामी कदापि पूरा हुन दिन्नौँ । \"\" पार्टीका उपाध्यक्ष तथा सात नम्बर प्रदेशका संयोजक भीम रावलले संविधानका प्रतिमा आगो लगाउनेहरुले करोडौँ नेपाली जनताको मनमा आगो लगाएको टिप्पणी गरे । उनले भने, ‘कञ्चनपुरमा नेपाली नागरिक मारिँदा मधेसका लागि काम गरेका छौँ भन्ने मधेसी नेताहरु बोलिरहेका छैनन् । उनीहरुको घाँटी केले अँठ्याइरहेको छ ? किन एक शब्द बोल्न सकिरहेका छैनन् ?’ स्थानीय निर्वाचन हुन नदिने, नेपाललाई समृद्ध हुन नदिने, सामाजिक सद्भाव कायम हुन नदिने जस्ता काम गर्नुका पछाडि नेपाललाई असफल बनाउने कोसिसबाहेक अरु केही नभएको स्पष्ट पारे । दुई नम्बर प्रदेशमा चुनाव हारेका व्यक्तिहरु आएर गत वर्ष टिकापुर काण्ड मच्चाएको स्मरण गर्दै उपाध्यक्ष रावलले त्यस्ता घटनाबाट पनि मुलुकको सामाजिक सद्भाव विथोल्न को सक्रिय छ भन्ने बुझ्न जरुरी रहेको बताए । पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा पूर्वसांसद हनुमान चौधरीले भूमिपुत्रहरुको पार्टी एमालेलाई थारुविराधीका रुपमा चित्रित गर्न खोजिएकोमा आपत्ति प्रकट गर्दै थारुहरुको अधिकारका लागि एमालेले जति कुनै पनि पार्टी संवेदनशील नभएको बताए । उनले भने, ‘कागले कान लग्यो भन्दैमा कागको पछाडि दौडिनु हुँदैन, आफ्नो काम छाम्नुपर्छ । एमाले सधैँ थारुका पक्षमा छ, थारु एमालेका पक्षमा छन् । सोझा जनतालाई भड्काएर आफ्नो दुनो सोझ्याउनका लािग गलत तत्वले खेलिरहेका छन् । त्यसलाई चिर्नुपर्छ ।’ उत्पीडित जातीय मुक्ति समाजका महासचिव गणेश विकले दलितहरुलाई संवैधानिक र व्यावहारिक अधिकार दिलाउनका लागि एमाले निर्णायक भूमिका निर्वाह गरेको र एमाले सरकारमा भएको बेला जातीय विभेद हटाउन उल्लेख्य काम भएको विवरण प्रस्तुत गरे । दक्षिण एसियामा सविधानमै दलितलाई पहिचान र अधिकार दिन नेपाल सफल हुनुमा एमालेको नेतृत्वले काम गरेको बताए । कांग्रेस, माओवादी, थरुहटलगायतका विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेलाई टिका लगाएर स्वागत गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE