Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

तिमल्सिनाले खोले प्रधानमन्त्री सचिवालय छाड्नुको कारण

\"\"काठमाडौं, २ चैत । प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयबाट राजीनामा दिएका मनहरी तिमिल्सिनाले व्यवहारिक जटिलताले बालुवाटार छोड्नुपरेको बताएका छन् । बालुवाटार छोडेको विषयमा बिभिन्न कोणबाट टिका टिप्पणी भएको भन्दै स्वकीय उपसचिव रहेका तिमिल्सिनाले यहाँहरुको विश्वासअनुरुप आफ्नो जिम्मेवारी पुरा गर्न नसकेकोमा दुखी र लज्जित भएको बताएका छन् । बालुवाटार छोड्नुमा कसैका दोष छैन शीर्षकमा विज्ञप्ती जारी गर्दै तिमिल्सिनाले लेखेका छन्– फागुन २७ गते व्यवहारिक जटिलताको कारण दर्साउँदै मैले सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएको थिएँ । मैले राजीनामा पत्रमा लेखेको थिएँ, ‘प्रस्तुत सम्बन्धमा व्यवहारिक जटिलताका कारण मैले सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिवालयमा रहेर काम गर्न नसकेको कारण स्वकीय उपसचिव पदबाट राजीनामा दिएको छु । यहाँहरुको विश्वासअनुरुप आफ्नो जिम्मेवारी पुरा गर्न नसकेकोमा दुखी र लज्जित दुवै छु । आशा छ, यहाँहरुले मेरो बाध्यता बुझिदिनु हुनेछ ।’ केही दिनयता अखबारबाहेक सामाजिक सञ्जाल र अनलाइन मीडिया हेरेको छैन । तर, साथीहरुबाट सुन्दैछु, ‘पारिवारिक कारणले मनहरिले स्वकीय सचिवालय छोड्यो, चुनावको उम्मेदवार हुने तयारीका लागि बालुवाटार छोड्यो, प्रकाश दाहाल लगायतको दवावका कारण सचिवालय छोड्यो, आदि इत्यादी । तर, मेरो राजीनामासँग माथि उल्लेखित कुनै पनि अनुमानहरुको सम्बन्ध छैन र उम्मेदवार हुने विषयमा पनि अन्तिम निर्णयमा पुगिसकेको छैन । अरु कुनै पनि कारण छैन भने किन छोडिस् त रु प्रश्न जरुर उठ्छ । बिना जानकारी सचिवालय छोड्नैपर्ने के बाध्यता आइलाग्यो रु के तँलाई व्यक्तिगत निर्णयका आधारमा जिम्मेवारी छोड्ने छुट छ रु यस्ता अनेकौं प्रश्नहरुको कठघरामा पक्कै पनि म छु र मैले त्यसको चित्तबुझदो जवाफ दिनैपर्छ । म पूर्ण विश्वस्त छु, ‘सम्पूर्ण व्यवहारद्वारा नै मैले आफूलाई सही सावित गर्न सक्नुपर्छ र सक्नेछु । अनि, राजनीति र सामाजिक कर्महरुद्वारा जीवनलाई थप गतिशील बनाउनेछु।’ व्यक्तिगत जीवनमा केही व्यवहारिक जटिलताहरु थिए । जटिलताहरुको सहज निरुपणका लागि मलाई केही समयको जरुरत पर्दथ्यो । व्यस्त राजनीतिक कार्यसूचिमा मैले लामो बिदा लिनु पक्कै पनि राम्रो हुने थिएन । मैले सोचें, ‘जिम्मेवारीमा रहेर आफ्नो कर्तव्य पुरा नगर्नुभन्दा जिम्मेवारी छोड्नु नै उचित हुन्छ ।’ मैले सल्लाहमै जिम्मेवारी छोड्न चाहन्थें । तर, मलाई सजिलै उम्कन दिने कामरेडहरुको मनसाय र चाहना छँदै थिएन । परिस्थितिले पनि मेरो आवश्यकताकै माग गर्दथ्यो । त्यसैले मैले जिम्मेवार साथीहरुलाई पनि जानकारी नदिई आफ्नो निर्णय लिएको थिएँ । विश्वासपूर्ण जिम्मेवारी छोड्नु मेरै लागि पनि सुखद् कुरा थिएन । मेरो व्यक्तिगत चाहना पनि पक्कै त्यस्तो थिएन । यद्यपि, परिस्थितिको दवाव झेल्न म चुकें । त्यतिबेलै मैले अनुभूत गरेको थिएँ, मैले भूल नै गर्दैछु । तर, भूलले नै आगामी गन्तव्य र प्रतिकूलतालाई छिचोल्न सक्छ भने एकपटक जाने बुझेरै भूल गर्छु । अनि, म राजनीतिक जीवनमै क्रियाशील हुने संकल्पसहित राजीनामा दिने निर्णयमा पुगें । म जति समय बालुवाटार बसें । व्यक्तिगत जीवनमा कसैसँग नराम्रो भएन । मैले पनि आफ्नो औकातले भ्याएसम्मको जिम्मेवारीमा रहेर काम गरें । सचिवालय परिवारमा सबै साथी र कामरेडहरुको मप्रति असीम माया नै थियो । मेरा साना, ठूला समस्या र जटिलताहरुमा मैले उहाँहरुको साथ पाइरहें । उहाँहरुको छत्रछायाँ र विश्वासकै कारण मैले आफ्नो जिम्मेवारीलाई सहजतापूर्वक पुरा गर्न सकेको थिएँ । जोखबहादुर महरा, प्रकाश दाहाल र रमेश मल्लहरु प्रमूख स्वकीय सचिव र स्वकीय सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँहरु सबैको मप्रति सधैं ममता, विश्वास र मित्रवत् सम्बन्ध रह्यो । मेरो आठ महिनाको सहकार्यले भन्छ, ‘जोखबहादुर महरा एक आदर्श नेताको नाम हो ।’ उहाँको हमेशा चिन्ता प्रधानमन्त्री प्रचण्डको कार्यकाल कसरी सफल पार्ने रु जिम्मेवारीमा रहेको बेला नमूनायोग्य काम कसरी गर्ने रु धेरै राम्रो गर्ने परिस्थिति नभएपनि नराम्रोबाट कसरी जोगिने रु महरा सरको हमेशा चिन्ता हुन्थ्यो । अनि, उहाँका प्रत्येक व्यवहारले भन्थे, ‘महरा निश्चित समर्पण र संकल्पका लागि बालुवाटार छ र रहनेछ ।’ प्रकाश दाहालसँग मेरो सम्बन्ध निकै आत्मीय थियो । मलाई हेक्का छ, ‘उहाँ मनहरिले बालुवाटार छोड्ने निर्णयमा पुगोस् भन्ने कदापी चाहनु हुन्थेन ।’ मप्रति कुनै आशंका वा अविश्वास रहन्थ्यो भने व्यक्तिगत जीवनका असाध्यै सामान्य कुरा पनि आदान प्रदान पक्कै गर्नु हुन्थेन । म उहाँको लागि साँच्चिकै भाइ थिएँ । मप्रतिको व्यवहार सधैं आत्मीय नै थियो । व्यक्तिगत जीवनका साना ठूला समस्यामा पनि उहाँको बलियो साथ थियो । उहाँ मेरो जीवनको एक उत्प्रेरक हुनुहुन्थ्यो । समयको क्रममा विगतमा प्रकाश दाहालका केही प्राविधिक त्रुटीहरु भए । ती नियतजन्य मनस्थितिका उपज थिए वा परिस्थितिजन्य जटिलता रु अनि, उहाँको जीवनमाथि राजनीति गर्ने नियत नराखेको भए समस्याहरु सहजै सल्टन सम्भव थिएन रु मेरो विचारमा पक्कै सल्टन्थे । आज पनि ठान्छु, ‘प्रकाश दाहालको प्राविधिक त्रुटीलाई हतियार बनाइयो र उनीमाथि प्रहार गरियो, जुन आजसम्म पनि रोकिएको छैन ।’ मैले चिन्दा प्रकाश दाहाल एक सफल स्वकीय सचिवको नाम हो । समयको व्यवस्थापन, मानिसहरुको मनोविज्ञान अनुसार बहस अन्तरक्रिया, समयको मूल्याङ्कनका सन्दर्भमा प्रकाश दाहालको क्षमता अब्बल नै छ । व्यक्तिका केही व्यक्तिगत विशेषताहरु हुन्छन्, ती विशेषता प्रकाश दाहालमा पनि छन् । तर, असल साथीका लागि ज्यान दिने उहाँको स्वाभाव हामीजस्ता पछिल्ला पिँडीका लागि निकै प्रेरणादायक छ र हुनेछ । कतिपयले ठान्छन्, ‘प्रचण्डले आफ्नै छोरालाई स्वकीय सचिव बनाए ।’ तर, मेरो आठ महिनाको अनुभवले भन्छ, ‘प्रकाश दाहाल सचिवालयमा नभएको भए प्रचण्डको दैनिकी नै अस्तव्यस्त हुन्थ्यो ।’ आफू नराम्रो भएरै भएपनि प्रधानमन्त्रीको छवि बचाउन हरदम प्रयत्न गर्ने प्रकाशको म सम्मान गर्छु र गरिरहनेछु । यो अवधिमा प्रकाश दाहाल मात्र नभएर बिना मगरसँग पनि सङ्गत गर्ने अवसर मिल्यो । प्रकाश र बिना मगरबारे जति चर्चा र प्रचार गर्ने गरिएको छ, वास्तविकता त्यसभन्दा बिलकूल फरक पाएँ । जिल्लामा हुने साना ठूला घटनामा पनि बिना मगरको चासो रहँन्थ्यो । विकास र समाज सेवाको हुटहुटी देख्दा लाग्थ्यो, बिना मगरजस्ता नेतृहरु हुने हो भने सामाजिक विकास र राजनीतिक जागरणले उचाई लिन्थ्यो । तर, उहाँहरु थोरै पनि उठ्न खोज्दा विरोधीहरु अनेकौं बहानामा निरन्तर आक्रमण गरिरहेका छन् । सायद सोच्दा हुन्, ‘यिनीहरुलाई आक्रमण गरेर सिध्याउन सकिन्छ ।’ तर, उहाँहरुको मनोबल सामान्य चूनौतिसामू झुक्ने खालको मैले देखिनँ । सल्लाहकार टिममा मूख्यतः गोविन्द आचार्य दाजुसँग सङ्गत गर्ने अवसर मिल्यो । गोविन्द आचार्य निकै मिलनसार स्वाभावको हुनुहुन्थ्यो, हरेक विषयमा अरुका कुरा सुन्ने उहाँको स्वाभावले मलाई निकै नै आकर्षित गथ्र्यो । बरु, म बेलाबखत रिसाउने गर्थें । तर, प्रकाश दाहाल, गोविन्द आचार्यहरु हाँसेर टार्नुहुन्थ्यो । उहाँहरुको प्रेरणा नै मेरो कार्यकालका लागि निकै राम्रो उर्जा र प्रेरणा बनिरह्यो । आठ महिनाको अवधिमा प्रधानमन्त्री प्रचण्डको अनुहारमा कहिल्यै उन्माद देखिनँ । उहाँमा एक खालको गहिरो जिम्मेवारी बोध थियो । दुई अतिवादी प्रवृत्तिलाई सँगै लिएर संविधान कार्यान्वयनमा लाग्नु बाघ चराउनु बराबर थियो । तर, प्रचण्ड गल्नुभएन र थाक्नुभएन । उहाँको दैनिक व्यस्तता र कार्यसूचि देख्दा बरु हामी गल्थ्यौं । तर, उहाँले कुनै दिन सुस्केरा हालेको अनुभूति गरिनँ । यसपटकको कार्यकाल जसरी पनि फलदायी बनाउनुपर्छ भन्ने गहिरो जिम्मेवारी बोधसहित उहाँ खटिरहनु भएको छ । अनि, परिणाममा पनि सकारात्मक सङ्केतहरु देखा पर्दैछन् । माओवादी केन्द्र अहिले पहिलो पार्टीको रुपमा छैन । तर, देशलाई गति दिनसक्ने, जुनसुकै पात्र र प्रवृत्तिलाई मिलाएर राष्ट्रिय निकास दिनसक्ने नेता प्रचण्ड नै हो । राजनीतिक आस्था र संगठनमा बिमति होलान् । तर, विरोधीहरु पनि प्रचण्ड जत्तिको अर्को नेता नेपालमा छ भन्न सक्दैनन् । यहीँ संकल्प र गुणले म प्रधानमन्त्री प्रचण्डसँग प्रभावित छु । मेरो सहकार्यले भन्छ, ‘प्रचण्डको चेहरामा राजनीतिक निकास र आर्थिक विकासको संकल्प छ । अनि, आगामी पुस्ताले पुस्तौसम्म स्मरण गर्न योग्य काम गर्ने आकांक्षा छ ।’ मेरो राजीनामाको एक मात्र कारण म नै हुँ, अरु कुनै व्यक्ति वा संस्थामाथि आशङ्का र आरोपित गर्नु पूर्णतः निराधार छ । प्रष्ट रुपमा भन्न चाहन्छु, ‘मैले लिएको कदम मेरो रुचिको विषय पक्कै थिएन । त्यसमाथि स्वकीय सचिवालयबाट अलग रहँदैमा राजनीतिक जीवनबाट बिश्राम लिने वा सुस्ताउने पनि छैन । तर, व्यक्तिगत जीवनका जटिलताहरु निरुपण गर्न यसले सहजता पैदा गर्ने मेरो विश्वास हो, यसमा प्रगति हुने नै छ । म जहाँ रहेपनि माओवादी आन्दोलनमा छु । आफ्नो ठाउँबाट माओवादी आन्दोलन, यसको नेतृत्वको रक्षा गरी रहनेछु । माओवादी आन्दोलन र नेतृत्वको पक्षमा बोल्नेछु, लेख्नेछु र लड्नेछु । सचिवालयमा नभए पनि माओवादी आन्दोलनको निश्चित जिम्मेवारीमा छु र हुनेछु । आगामी जिम्मेवारी कसरी लिने रु आन्दोलनले ममाथि गरेको लगानीको कसरी सम्मान गर्ने रु त्यसमा गम्भीर छु र हुनेछु । अन्त्यमा, मेरो निर्णयको दोष कसैमाथि थोपर्ने, गलत प्रचारवाजी गर्ने कुरा भ्रामक हुन् । मेरो निर्णयको जिम्मेवारी मैले नै लिनुपर्छ र लिनेछु । अनि, माओवादी आन्दोलनलाई नयाँ उचाईमा उठाउन आफ्नो ठाउँबाट संकल्प गर्ने नै छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE