Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

उपराष्ट्रपति पुन र सार्कका नवनियुक्त महासचिव अजमद हुसेन बी सियालबीच भेटवार्ता

\"\"काठमाडौं, २ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव आमद हुसेन बी सियालबीच भेटवार्ता भएको छ । बुधबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग सार्कका नवनियुक्त महासचिवले शिष्टाचार भेट वार्ता भएको हो । भेटमा उपराष्ट्रपतिले सार्कको काम गराइको गति बढाउनुपर्ने बताएका थिए । उनले विगतमा सार्कको काम गराइको गति सुस्त भए पनि सार्कको विकल्प नभएको बताए । उपराष्ट्रपतिले विभिन्न चरणमा सार्कमा भएका सहमति संझौता तथा निर्णयहरु कार्यान्वयनमा जोड दिए । उनले पाकिस्तानमा गत नोभेम्बरमा तय भएको १९ औं सार्क शिखर सम्मेलन स्थगित हुनु दुःखद भएको बताउँदै १९ औं शिखर सम्मेलन छिटो हुनुपर्नेमा जोड दिए । भेटमा उपराष्ट्रतिले सार्कको महासचिवमा नियुक्त हुनुभएकोमा अजमद हुसेन बी सियाललाई बधाई दिए । उनले नवनियुक्त महासचिवको कार्यकालमा सार्कले गति लिने विश्वास व्यक्त गरे । उपराष्ट्रपतिसँगको शिष्टाचार भेटमा सार्कका नवनियुक्त महासचिवले १९ औं सार्क शिखर सम्मेलन छिट्टै हुने र सार्कले गति लिने बताए । उनले विगतमा सार्कको गतिविधि सुस्त भए पनि अब सार्कलाई कसरी पुनर्जागरण गर्न सकिन्छ भनेर आफूले पहल थालेको बताए । सार्क महासचिवले गत नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा १९ औं शिखर सम्मेलन नहुनु दुःखद भएको बताए । उनले दक्षिण एशियाको सामाजिक आर्थिक विकासमा सार्कको महत्व बढेको बताए । बुधबार नै उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि बंगलादेशका राजदूत माश्फी बिन्टे शाम्स (Mrs. Mashfee Binte Shams) र पाकिस्तानका कार्यबहाक राजदूत जावेद अह्मद उमरानी (Mr. Javed Ahmed Umrani)ले शिष्टाचार भेट गरेका छन् । बुधबार दिउँसो उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग बंगलादेश र पाकिस्तानका राजदूतले छुट्टा छुट्टै शिष्टाचार भेट गरेका हुन । \"\" उपराष्ट्रपतिले दुवै देशका राजदूतसँगको भेटमा दुई देशबीचको सम्बन्ध जनस्तरसम्म विस्तार भएको र सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिए । उनले राजदूतहरुमार्फत बंगलादेश र पाकिस्तानको स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा त्यहाँको सरकार र जनतालाई बधाई तथा शुभकामना दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE