प्यूठान, ग्यास कालोबजारी अनुगमन तथा बजार प्रतिवेदन समितिले तयार गरेको प्रतिवेदन सात महिना बित्दासमेत कार्यान्वयनमा नआउँदा उपभोक्ता थप मर्कामा परेका छन् । झन्डै आठ महिना पहिला जिल्लास्थित सरोकारवालाले ग्यास विक्रेताहरुले खुलेआम कालोबजारी गर्ने गरेको निष्कर्ष निकाल्दै उनिहरुको पहिचानसहित समस्या समाधान गर्न भन्दै समिति गठन गरिएको थियो । \'ग्यासको कालोबजारी रोक्न समिति गठन भएको थियो\', प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भने , \'बजारको नियमित अनुगमन गर्न नसक्दा र प्रतिवेदन पूर्ण हुन नसक्दा समस्या समाधान गर्न अझै सकिएको छैन ।\' खाना पकाउने एलपी ग्यासमा खुलेआम कालोबजारी हुने गरेको निष्कर्ष निकाल्दै प्रशासनले १५ दिनभित्रमा कालोबजारी र ग्यासको बजार अवस्थाका विषयमा प्रतिवेदन तयार गर्ने गरी सहायक प्रजिअ तथा बजार अनुगमन अधिकृत भुपबहादुर पुनको संयोजकत्वमा प्रतिवेदन समिति गठन गरेको थियो । समितिले मनकामना, राप्ती र भेरी ग्यासमा खुलेआम कालोबजारी हुने गरेको ठहर गर्दै प्रतिवेदन तयार गरेको संयोजक एवम् बजार अनुगमन अधिकृत पुनले बताए । \'ग्यासमा उपभोक्ता प्रत्यक्ष ठगिएका छन्\', संयोजक पुनले भने, \'ग्यास कम्पनीको जिल्लामा आधिकारिक विक्रेता नहुनु र उपभोक्ता सजक नहुनुले समस्या देखिएको छ ।\' सात महिनासम्म प्रतिवेदन कार्यान्वयन नहुँदा उपभोक्ता दैनिक कालोबजारीको मारमा पर्ने गरेका छन् । निर्धारित मूल्यभन्दा रु १३० देखि रु १८० सम्म बढी लिने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सरकारले एलपी ग्यासको मूल्य रु एक हजार ४७० निर्धारण गरेको छ । तर ढुवानी तथा अन्य खर्चको बहानामा बिक्रेताले उपभोक्ताबाट बढी मूल्य असुल्दै आएका छन् । बिजुवार, बाग्दुला, खलङ्गा, मच्छी, भिगृलगायतका स्थानमा बजारैपिच्छे ग्यासको मूल्यमा कालोबजारी हुँदै आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: