Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

मधेस झरेर एमाले शीर्ष नेताले के भने ?

\"\"काठमाडौं, १ चैत । मेची–महाकाली अभियानको क्रममा मंगलबार (आज) एमाले शिर्ष नेता बाँकेको नेपागन्जमा पुगेका छन् । मधेसी मोर्चाका कार्यकर्ताले विभिन्न ठाउँमा बाटो रोक्ने, सामूहिक रुपमा अवरोध सिर्जना गर्ने र बम प्रहार गर्नेसम्मका काम गरेको एमालेले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । कार्यक्रममा एमाले नेताहरुले यसो भने कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेः \"\" - देशका समस्या पहिचान गर्न र तिनको समाधान गर्नका लागि एमाले सक्षम छ । तिनै नीतिहरुका कारण आज एमाले लोकप्रिय बनेको छ । - राजनीतिमा पक्ष, विपक्ष हुन्छन्, मतभिन्नता हुन्छन् । तर, त्यसैका नाममा आपराधिक बाटो लिने छुट कसैलाई छैन । संविधान बनिसकेपछि त्यसलाई कार्यान्वयन हुन नदिने कोसिस भइरहेको छ । यो एमालेमाथिको मात्र आक्रमण होइन, लोकतन्त्र र संविधानमाथिको आक्रमण हो । -  एमालेलाई काला झण्डा हेर्ने फुर्सत छैन, देश निर्माणमा हिँडेको छ, राता झण्डा बोकेर हिँडेको छ । केही तत्वहरु देशलाई जात, भूगोल रधर्मका नाममा विखण्डन गर्न चाहन्छन् । नेपाल कहिल्यै विकासको बाटोमा जान नसकोस्, स्थिरता नहोस् भन्ने उनीहरुको चाहना छ । - हिजो एउटा रुवान्डा थियो, आज छ वटा भइसके । युगोस्लाभियामा कट्टु लगाउने कपडा छैन तर एके ४७ बन्दुक भिराइयो । जातिजातिका बीचमा मारकाट भयो । नेपालले त्यसलाई अस्वीकार गर्यो । त्यही भएर कतिपयलाई छटपटी भएको छ । - मधेसी दलहरु रहेसम्म मधेसका समस्या समाधान हुँदैनन् । उनीहरु कति पटक मन्त्री भए । आफूले हारे भने श्रीमतीलाई सासद, मन्त्री बनाउँछन् । - केपी ओलीले हामीलाई युपी जाऊ, विहार जाऊ भन्यो भन्छन् । मैले भन्नैपर्दैन, हप्ता, १५ दिनमा आफै्रँ गएकै छन् । - संविधानले कुनै भेदभाव गरेको छैन । संविधान बनाउने बेलामा विरोधमा उत्रिएकाले तिनीहरुलाई कुरा थाहा छैन होला, पढेर बताइदिए हुन्छ, कहाँ भयो भेदभाव ? भेदभावको हल्ला चलाएर संविधान मान्न सकिन्न भन्ने तर एमालेका विरुद्धमा मत हाल्न लागि ०७२ असोज २४ गते कुदेर आए, फेरि ०७३ साउन १९ गते कुदेर आए । भत्ता खाने बेलामा संविधान मान्ने, मत हाल्ने बेलामा मान्ने, अरु समयमा मान्दिनँ भन्न मिल्छ ? - हामी मुलुकलाई आत्मनिर्भर बनाउन चाहन्छौँ । खाद्यान्न, लत्ताकपडा जस्ता वस्तुमा आत्मनिर्भर हुनका लागि हामीले योजना अघि सारेका थियौँ । त्यो काम हामी गर्छौं, केही समय लाग्छ । कृषिमा आधुनिकीकरण, विशेष क्षेत्रको व्यवस्था, मत्स्यपालन, तरकारी खेती, औद्योगीकरण जस्ता काममा हाम्रो ध्यान छ । - मधेसी मोर्चांले अहिलेसम्म १ सय ८१ जना मराएको छ, दुई सय जना मारेको छ । यसले मधेसमा अशान्ति मात्रै ल्याएको छ । म आह्वान गर्छु, आउनुहोस्, समृद्धि र विकासमा बाटोमा लागौँ, आफ्नोृ गलत नीति छाड्नुस् । कार्यक्रममा बोल्दै बरिष्ठ नेता माधवकुमार नेपालले भनेः \"\" - नेकपा (एमाले) को लोकप्रियताले गर्दा अरु पार्टीको होसहवास उडेको छ । निर्वाचन भयो भने एमालेले जित्छ भनेर उनीहरु डराइरहेका छन् । - एमालेले सद्भाव चाहन्छ । तर, अरु पार्टीले जातीय, क्षेत्रीय र धार्मिक विष फैलाउन खोजिरहेका छन् । - मधेसी मोर्चाका गलत क्रियाकलापले गर्दा मधेसलाई घाटा भएको छ । हिजोसम्म गुल्जार रहेको राजविराज, जनकपुर, सिरहा जस्ता सहरहरु आज सुकेका छन् । पहाडी मात्र होइन, मधेसी, मुस्लिम र थारु समुदायका मानिसहरुलाई सोध्नूस्, उनीहरु नै भन्छन्, यहाँ बस्ने अवस्था छैन । भन्सारमा एक नम्बरका रहेको बीरगन्ज आज सुक्दै गएको छ । - देशभक्तिको भावना, राष्ट्रिय एकता र सद्भाव फैलाउनका लागि अभियान आयोजना गरेका छौ्रँ । यसले सबैलाई आपसमा जोड्नेछ । आम जनतामा चेतना र जागरण पैदा गर्नका लागि यो अभियान चल्नेछ । - सामाजिक सुरक्षाका लागि हाम्रो पार्टी सधैँ प्रतिबद्ध छ । बृद्धाबृद्धा, एकल महिला, दलित आदिका लागि सामाजिक सुरक्षाको काम हामीले नै सुरु गरेका हौँ । - मधेसका लागि विकासका काम गर्ने पार्टी एमाले मात्रै हो । तराईमा सडक, विमानस्थल बनाउने, सिचाइँ आयोजना सञ्चालन गर्ने, सदरमुकाममा ५० करोड विनियोजन गर्ने जस्ता काममा एमालेले अगुवाइ गरेको छ । - मधेसी दलका नेताहरुले मधेसलाई अधिकार दिइएन भनेर गरेको प्रचारका पछाडि लाग्नु भनेको कागले कान लग्यो भनेर आफ्नो कान छाम्नुको साटो कागका पछाडि दौडिनु हो । - नेपाली भूमिभित्र भारतीय सैनिकले गोली हानेर नेपाली नागरिकलाई मार्दा पनि भारतसँग कुरा गर्न नसक्ने लाचार सरकारका कारण हाम्रो शिर निहुरिएको छ । मधेसी दलका नेताहरुले उल्टै भारतलेृ मारेको छैन भनेर विदेशीको चाकडी गरिरहेका छन् । विदेशीको चाकडी गर्न लाज लाग्दैन ? त्यस्तै उपाध्यक्ष वामदेव गौतमले मधेसी मोर्चा नामको विखण्डनकारी तत्वले सामाजिक सद्भाव भड्काउन खोजेका चर्चा गर्दै त्यसका विरुद्ध जनताबीच एकता हुनुपर्ने । एमालेले सरकारमा पुगेर राम्रो काम गर्न थालेपछि विपक्षीको सातो जाने र त्यसलाई असंवैधानिक तरिकासमेत प्रयोग गरेर हटाउने गरिएको स्मरण गरे । \"\" - मनमोहन अधिकारीको नेतृत्वको सरकारले राम्रो काम गर्दा नौ महिनामै हटाइयो, माधवकुमार नेपालको सरकारलाई नयाँ नेपाल बनाउने भयो भन्ने डरले हटाइयो, झलनाथ खनालको सरकारलाई सात महिना पनि टिक्न दिइएन, कपी शर्मा ओलीको सरकारलाई नौ महिना पनि काम गर्न दिइएन । अबको चुनावमा जनताले यी सबै कुरा हेरेर बहुमत दिनेछन्, एमालेबाहेक जनताले अरु पार्टीलाई विश्वास गर्ने छैनन् । - आर्थिक केन्द्रहरुलाई अलग गरेर पाँच नम्बर टुक्र्याउने कुरामा षड्यन्त्र जोडिएको छ । मध्यपश्चिम क्षेत्रलाई तराईसँग नजोडेर हामीले गल्ती गरेका र्छाँ । दुई नम्बरमा पनि गल्ती भएको छ । एमालेले बहुमत पाएपछि त्यो गल्ती सच्याउँछौँ । हरेक प्रदेशलाई पहाड र मधेससँग जोड्छौँ । मधेसीका नाममा जे तिमीहरुले चाहेका छैनौ, हामी त्यहीँ गर्छौं । - मेचीदेखि महाकालीसम्मको क्षेत्र हामीलाई चाहियो भन्ने मधेसी नेताहरुको माग छ । के यो तिमीहरुको जमिन्दारी हो ? यहाँका जनताको माग त्यो छैन, हामी त्यस्तो हुन दिँदैनौँ । - १ सय २३ भाषाभाषीहरुका बीचमा सम्पर्क भाषाका रुपमा नेपाली रहँदारहँदै हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउनुपर्छ भनेर प्रस्ताव ल्याइएको छ । यसले नेपाली भाषालाई होइन, मैथिली, भोजपुरी, थारु जस्ता भाषालाई विस्थापित गर्छ । हामी त्यस्तो राष्टघाती प्रस्तावलाई कुनै हालतमा सफल हुन दिन्नौँ । - राजविराममा पेट्रोल बम प्रहा। गरेर एमालेको नेतृत्वलाई समाप्त पार्न खोजियो । त्यस्तो गर्न चाहनेहरुलाई रोकेवापत प्रहरीहरुलाई कारवाही गरियो । एमालले जनताको मनमा छ । त्यसैले पेट्रोल बम त के एटम बम हाने पनि एमाले समाप्त हुँदैन । - मनमोहन अधिकारीको सरकारले एक सय रुपियाँबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता केपी ओली नेतृत्वको सरकारले दुई हजार बनायो । अब एमालेको बहुमतको सरकारले पाँच हजार बनाउनेछ । पोलिट्ब्युरो सदस्य लालबाबु पण्डितले मधेसका ठेकेदार ठान्नेहरुले नै मधेसी जनताको शोषण गरिरहेको बताए। उनले भने, ‘मधेसका सदरमुकाममा पुग्नुभयो भने तपाई सबभन्दा बढी वकिल, अदालत, न्यायाधीश र झगडिया पाइन्छ । त्यहाँ झगडा छ । त्यसबाहेक मधेसमा सबभन्दा ठूलो गरिबी छ । त्यसलाई हटाउनका लागि मधेसी दलहरुले के गरेका छन् ?’ उनले मधेसका नाममा त्यहाँका ५६ जना मन्त्री भए पनि मधेसी जनताको जीवनस्तरमा कुनै फरक नआएकाले जनता सचेत हुनुपर्नेमा जोड दिए । उनले मधेसी जनताका नाममा राजनीति गर्नेहरुले विदेशीको नभई स्वददेशीको वकालत गर्नुपर्ने बताए । नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा बाँके जिल्ला इन्चार्ज दिनेशचन्द्र यादवको अध्यक्षता, बैकल्ल्पिक केन्द्रीय सदस्य मोहम्मद हारुन हलवाईको सञ्चालन र बाँके जिल्ला अध्यक्ष अशोक कोइरालाको स्वागतमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो । नेपालगञ्जको कार्यक्रम सकेर अभियानको केन्दीय टोली बर्दियाको सदरमुकाम गुलरियातर्फ प्रस्थान गरेको छ । गुलरियामा सभा आयोजना गरिने जनाएको  छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE