Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

स्याङजाका स्थानीयबासीद्धारा एलडिओसहित कर्मचारी थुनिए

वालिङ, १ चैत । स्याङ्जाका स्थानीय विकास अधिकारीसहित केही कर्मचारीलाई सोमबार मिर्मीका स्थानीयवासीले थुनेका छन् । सोमबार जिल्लाको मिर्मीमा सार्वजनिक सुनुवाइ कार्यक्रममा गएका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालसहित जिविसका अन्य कर्मचारीलाई स्थानीयवासीले थुनेका हुन् । कालीगण्डकी गाउँपालिकाको केन्द्र विर्घा तय गरिएको विरोधमा स्थानीयवासीले सार्वजनिक सुनुवाइ सञ्चालन गर्न नै नदिई मिर्मी क्याम्पसको सभाकक्षमा सुरु हुनासाथै बाहिरबाट आक्रोशित भीडले तालाबन्दी गरेको हो । कालीगण्डकी गाउँपालिकाको केन्द्र मिर्मी वा विर्घा कायम गर्नका लागि दुईवटै स्थानको नाम पठाइएकोमा पछिल्लो समय विर्घा कायम भएर आएको भन्दै मिर्मीका स्थानीयवासी आक्रोशित बनेका हुन् । सोमबार नै स्थानीय विकास अधिकारी अर्यालले विर्घामा कालीगण्डकी गाउँपालिका कार्यालयको उद्घाटन गरेकाले पनि मिर्मीका स्थानीयवासी थप आक्रोशित भएका हुन् । “सभाहलमा सार्वजनिक सुरु हुनासाथै आक्रोशित भीडले बाहिर र भित्र दुवैबाट च्यानल गेटमा तालाबन्दी गरेका हुन्, सभाहलमा जिविसका एलडिओसहितका कर्मचारी तथा कार्यक्रममा सहभागी अन्य स्थानीयवासी पनि थिए”, प्रत्यक्षदर्शी भोजराज अर्यालले बताए । स्थानीयवासीले दिउँसो करिब १ घन्टा स्थानीय विकास अधिकारी अर्यालसहित जिविसका सूचना अधिकृत धनप्रसाद कोइराला, योजना अधिकृत यामप्रसाद रेग्मी तथा सार्वजनिक सुनुवाइमा सहभागी भएका व्यक्तिहरु पनि सभाहलमै थुनिएका थिए । एक हप्ताअघि स्याङ्जामा सरुवा भएर आएका स्थानीय विकास अधिकारी अर्यालले भने केन्द्र कहाँ राख्ने भन्ने विषय निर्वाचित जनप्रतिनिधिले बहुमतका आधारमा टुङ्गो लगाउन सक्ने बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE