वीरेन्द्रनगर, सुर्खेतको भेरीगङ्गा नगरपालिका–८ स्थित कालीदमार गाउँलाई अदुवा उत्पादनको केन्द्रका रुपमा विकास गर्न थालिएको छ । ‘एक गाउँ एक उत्पदान’ को परिकल्पनाअनुरुप उक्त गाउँलाई स्थानीय कृषक, निजी क्षेत्र र सरकारी कार्यालयको संयुक्त प्रयासमा अदुवा केन्द्रका रुपमा विकास गर्न थालिएको हो । अदुवाखेतीको प्रशस्त सम्भावना भए पनि बजारको ग्यारेन्टी नभएका कारण निराश भएका कालीदमारका कृषक गाउँमै प्रशोधन उद्योग खुलेपछि अदुवाखेतीतर्फ आकर्षित भएका हुन् । कृषकले कालीदमार बहुउद्देश्यीय कृषक समूह दर्ता गरी खेती सुरु गरेका छन् । नेदरल्यान्ड र सुर्खेतका व्यवसायीको संयुक्त लगानीमा कालीदमारमा यसै वर्षदेखि सञ्चालन भएको ‘अग्र्यानिक माउन्टेन फ्लेवर’ अदुवा प्रशोधन उद्योगले कृषकले उत्पादनको गरेको अदुवा खरिद गर्ने ग्यारेन्टी गरेको हो । उद्योगले कृषकलाई अग्र्यानिक खेती गर्न प्रेरित पनि गरेको छ । उद्योग वाणिज्य सङ्घका उद्योग उपाध्यक्ष प्रकाश अधिकारीले कालीदमार गाउँलाई कृषि पर्यटनको नमुना गाउँका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । गाउँमा उद्योग सञ्चालन हुन सक्दैन भन्ने गलत धारणालाई चिर्न आफूहरुले कालीदमारमा उद्योग सञ्चालन गरेको अधिकारीको भनाइ छ । उद्योगले सुर्खेतमात्र नभई सल्यान र रुकुमबाट समेत अदुवा खरिद गरेको बताउँदै उहाँले उद्योगलाई आवश्यक अदुवा पर्याप्त रुपमा उपलब्ध हुन नसकेको जानकारी दिए । अधिकारीका अनुसार उद्योगले अदुवा प्रशोधन गरी सिधै युरोपका बजारमा मात्रै बिक्री गर्छ । यो वर्ष तीन हजार क्विन्टल अदुवा बिक्री गरिएको र तीन हजार क्विन्टल बेसार बिक्री गर्ने तयारी रहेको उद्योग सञ्चालक अधिकारीले बताए । \'प्रशोधन उद्योग सञ्चालन भएपछि स्थानीय ४५ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्\' उनले भने । सुर्खेतको पूर्वी क्षेत्रका अधिकांश ठाउँमा अदुवा खेतीको राम्रो सम्भावना भएकाले यसलाई उत्पादन केन्द्रका रुपमा विकसित गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: