Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

सिरहामा महिला हिंसा बढ्यो

लहान, सिरहाको विभिन्न भागमा पति तथा परिवारका सदस्यबाट हुने महिला हिंसाको घटना बढेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाद्वारा बुधबार दिउँसो सिरहाको लहानमा आयोजित मानवअधिकार वर्ष पुस्तक त्रैमासिक पूर्व समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा घरेलु महिला हिंसा बढेको उल्लेख छ । प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले पछिल्लो पुस १७ देखि चैत १७ गतेसम्मको तीन महिनाको अवधिमा जिल्लाका विभिन्न भागमा १४ वटा घरेलु हिंसाका घटना भएको जानकारी दिए । प्रतिवेदनअनुसार सबैभन्दा बढी सिरहाको लहान नगरपालिका क्षेत्रमा १० वटा र लहान बाहिरका ग्रामीण बस्तीमा चार वटा घरेलु हिंसाका घटना भएकामा सबै घटना प्रहरीको रोहवरमा मिलापत्र गरिएको छ । त्यस विषयमा इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले अधिकांश घरेलु हिंसाका घटना ठाडो उजुरीको रुपमा आउने र घरेलु हिंसा कसुर र सजाय ऐनमा पनि उजुरी परेको एक महिनाभित्र मिलापत्र गर्न सकिने व्यवस्था भएकाले मिलापत्र भएको बताए । प्रतिवेदनमा उक्त अवधिमा भएका २५ वटा मानवअधिकार हननअन्तर्गत तीन वटा घटनामा एक महिलासहित तीन जना पीडित भएका छन् । गैरराज्य पक्षबाट भएका २२ वटा घटनामा २० महिलासहित २१ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ । जिल्लाको विभिन्न भागमा उक्त अवधिमा हत्या दुई, बालिका बलात्कार दुई, महिला बलात्कार एक, बाल विवाह एक, सवारीसाधनमा एक घटना भएको प्रतिवेदनमा उल्लेख छ । समीक्षा कार्यक्रममा प्रहरी नायब उपरीक्षक चतुर्वेदीले जिल्लाको मानवअधिकार संरक्षण र संवद्र्धनका लागि अधिकारकर्मीसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सो कार्यक्रममा सहभागीहरुले घटनाको दस्तावेजीकरण मात्र नगरी पीडितले न्याय पाए कि पाएनन् भन्ने विषय पनि प्रतिवेदनमा विस्तृतरुपमा उल्लेख गरिनुपर्ने सुझाव दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending