Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

हाम्रो स्वाभिमानमाथि कुनै पनि हस्तक्षेप र आक्रमण मान्य छैन: प्रचण्ड (भिडियोसहित)

\"\"काठमाडौं, २७ फागुन  ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हामीमाथि हुने भारतीय कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । बिहिवार भएको कञ्चनपुर घटनाको विरोधमा माओवादी केन्द्रको सात नम्वर प्रदेशका टोलीको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री यस्ते बताएका हुन् । भारतीय सिमा सुरक्षाबल एसएसबीको गोलि लागेका कन्चनपुरका गोविन्द गौतमको मृत्यु भएको थियो । हिजोको घटनालाई सरकारले संवेदनलिशता र गंभीरताका साथ लिएको भन्दै प्रचण्डले कुटनीतिक रुपले सरकारले आफ्नो कुरा भारतलाई राखेको जानकारी दिए । घटनाको अनुसन्धान गरेर आबश्यक कारवाहीका लागि कुटनीतिक पहल भएको बताए । नेपाली भूमी बचाउन लागि परेका गोविन्द गौतमलाई सम्मान गर्ने कुरामा सरकारको कुनै कन्जुसाई नगर्ने बताए । जनताको राष्ट्रिय भावनालाई सरकार उच्च सम्मान गरेको उनले बताए । ‘घटना घटेलगत्तै भारतीय दूताबासका कर्मचारी बोलाएर मैले घटनाको अनुसन्धान र कार्वाहीका लागि निर्देशन दिएको छु । परराष्ट्र मन्त्रालयले लगातार कुटनीतिक सम्वाद गरिरहेको छ । गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट विज्ञप्ति जारी गरेर घटनाप्रति खेद प्रकट गरिएको छ । आज नै घटनाको विषयमा गृहमन्त्रीले संसदमा सम्बोधनगर्नेछन् प्रचण्डले भने । दोषीलाई कार्वाही गर्न सरकार प्रतिवद्ध छ । नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो । हाम्रो स्वाभिमानमाथि हुने कुनै पनि हस्तक्षेप र आक्रमण हामीलाई मान्य छैन ।’ घटनाको बारेमा आफू जानकार रहेको बताउँदै प्रधानमन्त्रीले समस्या समाधानका लागि सरकार निरन्तर लागिरहेको बताए । प्रधानमन्त्रीले भने, ‘स्थितिको बारेमा मैले लगातार स्थानीय प्रशासन र राजनीतिक दलका नेताहरुसँग कुरा गरिरहेको छु । गोविन्द गौतमलाई शहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छ । परिवारलाई तत्काल १० लाख राहत र गौतमका २ छोरीको शिक्षादीक्षाको व्यवस्था सरकारले गर्ने निर्णय गरिएको छ । घटनाको गम्भीर रुपले छानविन हुन्छ र दोषीमाथि कार्वाही हुन्छ । यसमा सरकार गम्भीर मात्रै होइन, निकै संवेदनशील छ’ उनले भने । माओवादी केन्द्र सात नम्वर प्रदेशका ईन्चार्ज लेखराज भट्टद्वारा बुझाएको ज्ञापनपत्रमा गोविन्द गौतमलाई राष्ट्रिय शहिद र सम्मान गर्न, मृतकका परिवारलाई ५० लाख राहतको व्यवस्था गर्न, घाइतेहरुको निशूल्क उपचार गर्न, दोषीहरुमाथि अन्तर्राष्ट्रिय अदालतमा गएर भएपनि सजाय गर्न, गोविन्द गौतमको शालिक स्थापना गर्न, परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरिएको छ । हाम्रो स्वाभिमानमाथि हुने कुनै पनि हस्तक्षेप र आक्रमण हामीलाई मान्य छैन्  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending