Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

ऋण काढेर सात वर्षमा सात किमी सडक

\"\"पर्वत, २६ फागुन । जिल्लामा भित्रिने सरकारी बजेटको सबैभन्दा ठूलो हिस्सा सडकमै खर्चिने गरेपनि यहाँको एक विकट गाउँका बासिन्दाले रु १८ लाख ऋण र चन्दा खोजेर गाउँसम्म सडक पु¥याउन बाध्य भएका छन् । उत्तरी पर्वतको बाँसखर्क–९ मालगाउँका बासिन्दाले चर्को ब्याजदरमा ऋण काँढेर सडक निर्माण गर्न बाध्य भएका हुन् । उनीहरुले लेकफाँटको लोप्रे सिमल्टेचौरदेखि मालगाउँसम्म जोड्ने सडक निर्माण गरेका हुन् । विसं २०६६ मा चिनाखेतदेखि सुरु भएको सडकको ट्र्याक खोल्ने कार्यले बुधबार पूर्णता पाएको हो । सात किमी दूरीको यो सडक निर्माण सात वर्षमा पूरा भएको हो । सरकारी निकाय र स्थानीयवासीको रु ४२ लाखको लागतमा सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष समबहादुर तिलिजाले जानकारी दिए । जिविस पर्वत, बाँसखर्क गाविस, सडक, बोर्ड, सांसद विकास कोष र निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु २४ लाख अनुदान प्राप्त भएको थियो भने सडक निर्माण गर्न स्थानीय बासिन्दाले रु १८ लाख ऋण र चन्दा सङ्कलन गरेका थिए । स्थानीय बासिन्दा, सहकारी सङ्घसंस्था, आमा समूहलगायतबाट उक्त ऋण लिइएको हो । यो सडक छिमेकी जिल्ला म्याग्दीको बेनीदेखि मल्लाज–बगरफाँट–बाँसखर्क हुँदै लोप्रे पुग्न छोटो दूरीको हुने अध्यक्ष तिलिजाले बताए । यो सडकबाट उत्तरी पर्वतका बाँसखर्क, मालगाउँ, लोप्रे, डाँडाकटेरी, कुवापानी र म्याग्दीका राम्चे, काफलडाँडा र नांगीका बासिन्दा लाभान्वित भएका छन् । उक्त क्षेत्रका बासिन्दालाई म्याग्दीको बेनी पुग्न सजिलो हुने जनाइएको छ । लोप्रेदेखि बेनीसम्म साढे एक घन्टामै आउन सकिने अध्यक्ष तिलिजाले जानकारी दिए । यसअघि लेकफाँटदेखि मिलनचोक हुँदै बेनी आउन कम्तीमा तीन घन्टा गाडीमा यात्रा गर्नुपर्दथ्यो । जोखिममुक्त छोटो बाटो बनेपछि गाडी चढ्नका लागि महँगोमा जिप रिजर्भ गर्नुपर्ने मालगाउँका बासिन्दाको बाध्यतासमेत हटेको स्थानीयवासीले बताएका छन् । लामो सङ्घर्ष र ऋण धन गरेरै भए पनि गाउँसम्म सडक सुविधा पुगेपछि मालगाउँका बासिन्दा हर्षित बनेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE