Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

पच्चिस लाखको लागतमा पक्की भवन

\"\"काभ्रे, २५ फागुन । भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगी भूकम्प गएर २ वर्ष पुग्नै लागदा पनि सरकारले पुनःनिमार्णका लागि विनियोजन गरेको बजेट उपयोग हुन सकेको छैन । विद्यालय भवन नहुँदा विद्यार्थीहरु भने खुला आकाशमुनी बसेर पठन पाठन गर्न बाध्य छन् सरकारी सहयोग नपाए पनि काभ्रे जिल्लाका विभिन्न विद्यालयहरुले अन्र्तराष्ट्रिय सहयोगमा सुविधायुक्त भवन उपयोग गर्न पाएका छन् । त्यस्ता विद्यालय भवनहरुको मन्त्री लगायत उच्च सरकारी पदमा आसिन व्यक्तित्वहरुबाट उद्घाटन हुने गरेको छ । जिल्लाका करिब आधा दर्जन विद्यालयहरुले भूकम्प पछि यस प्रकारका भवन निमार्ण गर्न सफल भइसकेका छन् । यसै क्रममा श्री भूमिमाता मा.वि चलालको ३ कोठे पक्की भवन निमार्ण सम्पन्न भएको छ । निमार्ण सम्पन्न विद्यालय भवन उद्घाटनका लागि विद्यालय पुगेका दाताहरुलाई स्थानियले फूलमालाले स्वागत गरे । भूकम्प पछि घाम पानी सहेर अस्थायी टहरामा बसी पढदै आएका विद्यार्थीहरु खुशी थिए । घाम लाग्दा होस या पानी पर्दा अथवा हावाहुरी चल्दा पठन पाठनमा बाधा भए पछि विद्यार्थीको सिकाईमै समस्या भोग्दै आएको विद्यालयले इटालीको आर्थिक सहयोग तथा आपसका निम्ती समाजको समन्वयमा उक्त भवन निमार्ण गर्न सकेको थियो । कुल २५ लाखको लागतमा निर्माण भएको उक्त भवनको इटालीका बेल्जानो राज्यका मुख्य प्रेसिडेन्ट डा. आरानोले रिवन काटेर उदघाटन गरे । उद्घटन कार्यक्रममा बोल्दै उनले भवन निमार्णमा समुदायको भूमिकाको कदर गरेको बताउँदै तिप्चोक गाउँमा खानेपानी आयोजना संचालन गर्न समेत सहयोग गर्ने बताए । आफु पनि कुनै दिन गरिब भएकै कारण काठको चम्चाले खाना खाएको बताउँदै विद्यालयलाई काठको चम्चा उपहार दिँदै शिक्षाको विकासबाट नै गरिबीको अन्त्य हुने बताए । कार्यक्रममा आरानो लगायत करिब १० जना इटालियन टोलकिो उपस्थिति रहेको थियो । भवन निर्माणमा सहयोग तथा समन्वय गर्ने संस्था तथा व्यक्तिहरुलाई विद्यालयका तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो । भवन निमार्णमा समन्वयको भूमिका खेलेको आपसका निम्ती समाजको अध्यक्ष प्रचण्डराज प्रधानले भवन निमार्णमा विद्यालयबाट पाएको सहयोगको सरहना गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर तामाङ विद्यालयका प्र.अ शम्भुलाल श्रेष्ठले अतिथिहरुलाई सम्मान गर्नुका साथै विद्यालयका गतिविधिहरुको जानकारी गराएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending