Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

सप्तरी घटनाबारे यस्तो आयो बाबुरामको विज्ञप्ति

\"\"काठमाडौं, २४ फागुन । नयाँ शक्ति पार्टी नेपालले सोमबार सप्तरीमा प्रहरीले चलाएको गोलीले ज्यान गुमाएका मृत्युकप्रति दुःख व्यक्त गरेको छ । राज्य दमनको घटनाबाट नयाँ शक्ति पार्टी, नेपाल स्तब्ध भएको विज्ञप्ति मार्फत जानकारी गराएको छ । साथै उसले घटनाको उच्चस्तरीय न्यायिक छानवीन गरी दोषीलाई कारवाही गर्न हामी जोडदार माग गरेको छ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘खासगरी संविधानमाथिको असन्तुष्टिलाई नदेख्ने प्रमुख प्रतिपक्षी एमालेको घमण्ड र हठले राजनीतिक सहमतिमा अवरोध खडा गरिरहेको छ । त्यही अहंकारकै कारण सम्वादलाई छोडेर प्रमुख प्रतिपक्षीले मेची–महाकाली यात्राका नाममा मधेसलाई अझ उत्तेजित र अपमानित गरिरहेको हाम्रो ठहर हो । त्यही दलीय उत्तेजना, अहंकार र सरकारी लाचारीको परिणाम सप्तरी घटना भएको हो । यस्तोवेला सरकारले शान्ति सुरक्षाको उचित वातावरण बनाउन आवश्यक थियो । तर सरकार उल्टै अत्याधिक बल प्रयोग र नृसंस दमनमा उत्रियो । परिणाम अत्याधिक मानवीय क्षति हुनपुग्यो । यस्तो नरसंहारकालागि सरकारले जिम्मेवारी लिनुपर्दछ ।
  • हामीले भनिरहेका छौं कि नयाँ शक्ति पार्टी, नेपाल सबैखाले अतिवादको विपक्षमा छ । हामीलाई देशभक्ति सहितको राष्ट्रियय एकता आवश्यक छ । हामी राजनीतिक सहमति, राजनीतिक बिश्वास र सहकार्यको पक्षमा छौं । हामी समावेशी विकास र सम्बृद्धिको पक्षमा छौं । हामी हिमाल, पहाड र तराई मधेसलाई भावनात्मक एकतामा बाध्न चाहान्छौं । यसर्थ नै हाम्रो आह्वान छ कि असमझदारी, टकराव र विभाजनलाई कहि कतैबाट प्रोत्साहित नगरौं ।
  • हामीले पटक पटक भनेका छौैँ कि आन्दोलनरत पक्षहरुसँग सहमति गरेर संविधान संशोधन गरि सबै आन्दोलनहरुलाई समेटौं । यो हाम्रो कसैप्रतिको आग्रह अथवा पूर्वाग्रह होइन । यो नै दिगो शान्ति, एकता र सम्बृद्धिको मूलबाटो हो । यो नै शान्तिपूर्ण र प्रभावकारी निर्वाचन गर्ने आधार हो । यसका लागि हामीले ६ बुँदे शर्तहरु सहित निर्वाचनको वातावरण बनाउन सरकारसँग यसअघिनै माग गरिसकेको कुरा स्मरण गराउन चाहन्छौं ।
  •  हामी जोडदिन चाहन्छौ कि संविधान संशोधन गर्नु देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डता कमजोर बनाउनु होइन । यसले हाम्रो एकता र अखण्डतालाई अझ बलियो बनाउँछ । तर केही दलहरुको अहंकारले राजनीतिक सहमति र संविधान संशोधनमा बाधा पुगेको छ । खासगरी संविधानमाथिको असन्तुष्टिलाई नदेख्ने प्रमुख प्रतिपक्षी एमालेको घमण्ड र हठले राजनीतिक सहमतिमा अवरोध खडा गरिरहेको छ । त्यही अहंकारकै कारण सम्वादलाई छोडेर प्रमुख प्रतिपक्षीले मेचीकाली यात्राका नाममा मधेसलाई अझ उत्तेजित र अपमानित गरिरहेको हाम्रो ठहर हो । त्यही दलीय उत्तेजना, अहंकार र सरकारी लाचारीको परिणाम सप्तरी घटना भएको हो । यस्तोवेला सरकारले शान्ति सुरक्षाको उचित वातावरण बनाउन आवश्यक थियो । तर सरकार उल्टै अत्याधिक बल प्रयोग र नृसंस दमनमा उत्रियो । परिणाम अत्याधिक मानवीय क्षति हुनपुग्यो । यस्तो नरसंहारकालागि सरकारले जिम्मेवारी लिनुपर्दछ ।
  • जिम्मेवार राजनीतिक दलले परिस्थितिलाई उत्तेजित बनाउनु हुदैन । अतः हामी एमालेलाई हठ र अहंकार त्यागी जिम्मेवारीपूर्वक सम्वादमा आउन र संविधान संशोधनका लागि सहमति गर्न र त्यसका साथै तराई, मधेस केन्द्रित दलहरुलाई पनि सम्वादका माध्यमबाट समाधान खोज्न आह्वान गर्दछौं । यसकालागि सरकारलाई तत्काल सहमतिका लागि सार्थक सम्वादको वातावरण बनाउन आह्वान गर्दछौं । 
\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending