Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

ओलीजन- मधेस कसको हो ? हाम्रो कि पराईको ?

राष्ट्रवादको दम्भी भारी बोकेर मधेश पस्छु भनिरहेका ओली र उनलाई मधेशमा पाइलो हाल्न दिन्न भन्ने मधेसी मोर्चाको पछिल्ला अभिव्यक्तिबाट मानिसहरुले ठुलै अनिष्टको खतरा देखेका थिए । नभन्दै सप्तरीमा सोमबार साँझ ४ निहत्था मानिसहरु मारिए । मोर्चाका नेताहरुले सार्वजनिक रुपमा के भनेका थिए भने–सप्तरी र मधेस हाम्रो कन्ट्रोलमा छैन, एमालेले सतर्कता अपनाओस् र सरकारले गम्भिरतापूर्वक लिओस् । सरकारले केही पूर्व सतर्कताका उपाएहरु अबलम्बन गरेपनि एमालेको ‘मेची–काली’ अभियानका नाममा शक्ति प्रदर्शनलाई रोक्न सक्ने सामथ्र्य राख्दैनथ्यो । [caption id=\"attachment_89788\" align=\"alignleft\" width=\"250\"]\"\" लेखक[/caption] ओली रेस्लर झै भित्रिए मेचीबाट मधेसतिर। नाटक नै सहि हामीले टिभीमा हेरिने रेस्लर खेलाडीले विपक्षी खेलाडीमाथि जित हासिल गरेपछि रिङभित्रको रेफ्रि नै भकुर्छ । उस्तै परे रिङ बाहिर निस्किएर विपक्षी खेलाडीको कोच र दर्शकलाई पनि गोदगाद पार्छ । ठिक त्यस्तै ओली राष्ट्रवादको पेटिगन्जी लगाएर रेस्लरजस्तै मधेस छिरेपछि बिच्किएको मधेस फेरी बिच्कियो । बिच्किएको मधेस पसेको एमालेले आफु उत्तेजित नहुँदा पनि मधेसीहरु उत्तेजित हुन सक्छन् भन्ने कुरा जानेर पनि बुझ पचाएको प्रष्टै देखिन्थ्यो ।पूर्व मेचीबाट शुरु भएको एमाले अभियानका वक्ताहरु मधेस र मधेसीको आक्रोशप्रति आगोमा घिउ झै थपिरहेकै थिए । ओली पुरानै शैलीमा जंगबहादुर झै जंगिए । उदार भनिएका नेम्वाङ र इमान्दार ठानिने लालबाबुहरुको अभिव्यक्ति ओलीको बोलीमा लोली झै मधेस चिढ्याउन पर्याप्त थियो । ओली र मधेसको साइनो सामान्य छैन । ओली मधेस र मधेसीलाई ‘विहारी’, ‘राष्टघाति’ र ‘देशद्रोही’ मात्रै देख्दैनथे । आन्दोलनका क्रममा मारिने मधेसीलाई कहिले ‘दुईचार आँप झरेको’ रुपमा खुलम खुल्ला खिल्ली उडाउँथे त कहिले उनले गरेको आन्दोलनलाई खिसिट्युरी गर्दै ‘माखेसाङ्लो’ को रुपमा ब्याख्या गर्थे ।
अग्लो ढिकुरोमा उभिएर ओलीले चलाउने छुच्चो मुख माक्र्सवाद–लेनिनवाद हो । ओछ्यानमा घोप्टिएर ओलीले सोचेका कुरा यो देशको सपना हो । ओलीले पाइला टेकेपछि धर्तिको माटो पवित्र हुन्छ । ओलीले धाप मारेपछि ‘चरी’ र ‘परशुराम’ हरु ‘चे’ हुन्छन् ।
काठमाडौंलाई आफ्नो अधिकारको उत्पिडकका रुपमा बुझ्ने मधेसले यसो भन्ने ओलीलाई राम्रो ठान्ने कुरै थिएन । उनीहरु ओलीलाई मधेसको माटो टेक्न दिने पक्षमा थिएनन् जसरी ओलीले संसदमा मधेसका मुद्दाहरुमाथि छलफल समेत गर्न दिएनन् । एमालेजन आजकाल तर्क के गरिरहेका छन् भने, लोकतन्त्रमा सभा सम्मेलन र राजनीतिक कार्यक्रम गर्न किन नपाइने ? हामी पनि सहमत छौ–पाउनुपर्छ र पाइन्छ । मधेसीको अर्को तर्क पनि हामीले सुन्नैपर्छ, छलफलका लागी बनाइएको सर्वोच्व जनवादको थलो संसदमा मधेशको मुद्दामा छलफल गर्न किन नदिएको ? यो उत्तर एमालेले दिनुपर्छ । संसदमा टेबल भएको मधेसी मुद्दासँग सम्बन्धित संविधान संशोधनको विषयलाई संसद अवरुद्द गरेर निषेधको राजनीति थाल्ने एमाले हो । एमाले र मधेसी मोर्चाका यि प्रश्नहरुको निष्कर्षले के भन्छ भने–जसरी एमालले संशोधनलाई अल्पमतमा पारेर हराउन लोकतान्त्रिक बाटो रोजेन त्यसैगरी मोर्चाले पनि मधेसमा एमालेलाई सभा सम्मेलन गर्न पाउने अधिकारमाथि निषेध गर्यो । अब दोषी र निषेधको सुरुवात कसले गर्यो याँहा भनिरहनु जरुरत छैन ।
मधेशलाई नजिक्याउने कि अलग्याउने ? सिके र मधेसी मोर्चाको प्रवृति एउटै हो कि अलग ? संविधान कार्यान्वयनमा एमालेका भुमिका हुन्छ कि हुँदैन ? मधेसमा चुनाव कसरी गर्ने ? चुनावमा आफुले मात्रै जित्ने कि देशलाई अघि बढाउने ? अभियानको नाममा रगतको खोलो बगाउने कि जनतालाई कुरा बुझाउने ?
आजकाल एमाले राष्ट्रवादको ‘मैन जलप’ मा मैमत्त छ । ओलीपथमा सोलोडोलो हिडिरहेको एमालेलाई के लाग्छ भने–यो देशमा एमाले बाहेक अरु राष्ट्रदोह्री हुन् । अग्लो ढिकुरोमा उभिएर ओलीले चलाउने छुच्चो मुख माक्र्सवाद–लेनिनवाद हो । ओछ्यानमा घोप्टिएर ओलीले सोचेका कुरा यो देशको सपना हो । ओलीले पाइला टेकेपछि धर्तिको माटो पवित्र हुन्छ । ओलीले धाप मारेपछि ‘चरी’ र ‘परशुराम’ हरु ‘चे’ हुन्छन् । ओलीलाई लाग्छ–एमाले हात्ति हो, अरु भुषुना हुन् । कांग्रेस, ओलीको निगाहामा छ । माओवादी ओलीको दयामा टिक्छ । अरुअरु जो ओली नभए हुँदैनथे । यो हावा, यो पानी, यो मौसम यो ओलीको चमत्कार हो । ओली थिएनन् भने–मानिसहरुले सास फेर्न सक्दैनथे । अँ सत्य हो, तिमी ओलीजनले नभनेका र मानिसहरुले देखेका केही कुरा ओलीका बारेमा सत्य हुन् । ओली अनुदार छन् । लहडी र दम्भी छन् । यहि भएर उनले मधेसीलाई बिहारी भने । उनको मुख यति चोथाले छ–सुन्नेहरुले उनलाई कहिल्यै निको मान्दैनन् । उनी गुटवादी हुन् । पार्टी जिवनमा जसरी उनले गुटकै आधारमा आफुलाई स्थापित गराए उसैगरी नेपाली समाजलाई पनि गुटमा बदलिरहेका छन् । उनलाई मधेसीहरु, जनजातिहरु, उत्पिडितहरु, आदीवासीहरुको समानताको कुरै सुन्न नसक्ने रोग लागेको छ । उनी मानसिक र स्वास्थ्य दुबै हिसाबले रोगी छन् । यो पछिल्लो समय उनले केही कुरा स्विकार गरेका छन् । उनलाई परिवर्तन मन पर्दैन। संविधानसभाबाट नयाँ संविधान उनको चासो होइन । संघियता काक्रो चिरेजस्तो हो, अधिकारको विकेन्द्रिकरण होइन । सिंहदरबार र बानेश्वरको संसद भवन दुखी र झुत्रेहरुको होइन । यि भवनहरु खुशी र टाठाबाठा मानिसहरु बस्ने ठाउँ हो । याहाँ एनजिओ र आइएनजिओका मानिसहरु मात्रै बस्न योग्य छन् । यिनले नाकाबन्दी विरुद्द सिंहदरबारमा बसेर दक्षीणसँग पौठेज्वरो खोजे । त्यहीदिनबाट राष्ट्रवादी बनेका ओलीले करिबकरिब ९ महिना गफै दिएर बिताए । यिनले पानी जहाज किन्ने कुरा गरे, तर घरमा जोडिएको धारोमा पानि नआएको कुरा गरेनन् । यिनले हावाबाट बिजुली निकाल्ने कुरा गरे तर लोडसेडिङ् अन्त्यको या बिजुली चोरहरुको कुरा गरेनन् । यिनले घरघरमा ग्याँस पाइपको कुरा गरे, तर सरकारी अस्पतालको आइसियुमा अक्सिजन सकिएको देखेनन् । ओलीले बालुवाटारमा सरकारी ढुकुटीबाट महिनाको २८ लाखसम्मको खाजा खाए तर कर्णालीका भोकाहरु देखेनन् । ओलीकै पालामा मधेस अशान्त थियो, झण्डै सयको हाराहारीमा मानिसहरु मारिए । यिनले ति मारिएकाहरुलाई ‘आँप झरेको’ भनेर सिंहदरबारमा उग्राए । ओलीको उग्राइ, ओलीको गफ, ओलीको दम्भ, ओलीको घमण्ड, ओलीको अनुदरता र ओलीको इगोलाई केही सभ्रान्तहरुले राष्ट्रवादसँग जोडे । ओली अहिले त्यही राष्ट्रवादी ‘ध्रुवे’ हात्ति भएका छन् । ओली ध्रुवे जस्तै मात्तिइरहेका छन् । ओलीले अब भन्नुपर्छ –मधेसका कुरा सुन्नुपर्छ की पर्दैन ? मधेसी नेपाली हुन् कि होइनन् ? मधेशको भुगोल नेपालको हो कि भारतको ? मधेशलाई नजिक्याउने कि अलग्याउने ? सिके र मधेसी मोर्चाको प्रवृति एउटै हो कि अलग ? संविधान कार्यान्वयनमा एमालेका भुमिका हुन्छ कि हुँदैन ? मधेसमा चुनाव कसरी गर्ने ? चुनावमा आफुले मात्रै जित्ने कि देशलाई अघि बढाउने ? अभियानको नाममा रगतको खोलो बगाउने कि जनतालाई कुरा बुझाउने ? ओलीजनले जानुन– इतिहासको कठघराबाट कोही भाग्न सक्दैन !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending