Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

एमाले नेताहरु काठमाडौं फर्कदै, आजै पत्रकार सम्मेलन गर्दै

\"\"काठमाडौं, २४ फागुन । सप्तरी घटनापछि मेची–महाकाली अभियान स्थगित गरेको नेकपा एमालेले पत्रकार सम्मेलन गरी मंगलबार (आज) आधिकारीक धारणा सार्वजनिक गर्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरिने भएको छ । सम्मेलनमा सप्तरी घटनापछिको अवस्थाका बारेमा पार्टीका अध्यक्ष केपी शर्मा ओली सहित शिर्ष नेताहरु उपस्थित हुनुहुने एमालेले जनाएको छ । शनिवार झापाबाट शुरु गरेको एमालेको मेची महाकाली अभियानको तेस्रो दिन हिजो सप्तरीमा भएको घटनापछि अभियान स्थगित गरी एमाले कार्यकर्ता काठमाडौं फर्किएका छन् । अध्यक्ष केपी ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल, महासचिव लगायतका शीर्ष नेताहरु बिराटनगरबाट काठमाडौं आउँदैछन् । सप्तरी घटनापछि सोमबार (हिजो) साँझ नै सप्तरीमा स्थायी समितिको आकस्मीक बैठकले अभियान तीन दिनका लागि स्थगित गरेको थियो । हिजो सप्तरीमा ज्यान जाने गरि भएको झडपपछि सप्तरीको रुपनगरमा आकस्मिक रुपमा बसेको एमाले स्थायी समिति बैठकले अभियान ३ दिनका लागि स्थगित गर्ने निर्णय गरेको थियो । घटनाक्रम असहज ढंगले अघि बढेकाले परिस्थितिको मुल्यांकन गरेर अघि बढ्ने एमालेले जनाएको छ । संसदीय लोकतन्त्रमा सभा सम्मेलन गर्न पाउने अधिकारलाई बिथोल्न खोज्नु आपत्तिजनक भएको ठहर पनि एमालेले गरेको छ । शनिबार झापाको बिर्तामोडबाट सुरु भएको एमालेको अभियान हिजो सप्तरी पुगेको थियो । मोर्चाले एमालेकै कारण सप्तरी घटना घटेको आरोप लगाएको छ भने मोर्चा हिंसात्मक रुपमा उत्रिदा पनि आफूहरु कुनै प्रतिवाद नगरेको एमालेको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending