Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

मधेशका दुई चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन हुँदैन : अधिकारी

\"\"भक्तपुर, २३ फागुन । नेकपा एमालेका नेता एवं संसदको विकास समितिका संयोजक रबिन्द्र अधिकारीले मधेशका दुई चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताएका छन् । रफत सञ्चार क्लवमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता अधिकारीले मुलुकको एकतालाई बिगार्ने संविधान स्वीकार्य नभएको बताउँदै संविधान संशोधनभन्दा पहिला निर्वाचन गराउनुपर्ने बताए । निर्वाचन नगराउने सरकारको कदमलाई चिरफार गर्न एमालेले मेची महाकाली अभियान थालेको उनले बताए । उनले एमालेलाई विकास विरोधी भन्नेहरुलाई प्रमाणीत गर्न चुनौती दिर्दै निर्वाचन अगाडि संविधान संशोधन कुनै पनि हालतमा नहुने बताए । एमालेको मेची महाकाली अभियान देखेर केहि शक्तिहरु तर्सिएकाले अभियान बिथोल्न लागिपरेको उनले बताए । संविधान कार्यान्वयनको लागि निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै उनले निर्वाचनमा मधेशी मोर्चा पनि सहभागि हुने बताए । मुलुकलाई अराजनीतिक कुरीति तर्फ लैजान सरकारका प्रतिनिधिहरु लागिपरेको बताउँदै उनले अभियानलाई कसैले रोक्न खोजेमा उनीहरु मुलुक नचाहाने तत्वाहरु भएको बताए । प्रजातान्त्रिक पद्धतिमा हरेक हरेक राजनीतिक पार्टीलाई राजनीतिक सभा गर्ने छुट रहेको बताउँदै अभियान विथोल्न खोज्नेहरु राष्ट्र र राष्टियताविरोध भएको बताए । उनले एमालेको संयमतालाई कायरताका रुपमा नबुझिदिन आग्रह गर्दै उहाँले लोकतन्त्रमा निर्वाचनमा डराएर देखाउन चुनौती दिए । एमालेले तराई मधेशका जनतालाई सचेत गराउन जागरण अभियान थालेको बताउँदै एमालेको जागरण अभियानलाई चुनावी अभियानका रुपमा नबुझ्नसमेत आग्रह गरे । उनले भने, मधेशी मोर्चालाई थाती राखेर भए पनि तोकिएको मितिमा निर्वाचन गर्नुपर्छ । तोकिएको निर्वाचनमा निर्वाचन गर्नुको विकल्प छैन । संविधान संशोधन प्रस्ताव नेपाली जनताको पक्षमा नभएको बताउँदै नेता अधिकारीले मधेशी मोर्चाको विरोध भन्दै विद्यार्थी निर्वाचन जस्तै खण्डखण्ड निर्वाचन गराएर कमजोरी नदेखाउन र निर्वाचनको सुनिश्चिता देखाउन सकारसँग माग समेत गरे । देशमा वैदेशिक हस्तक्षेप बढिरहेको बताउँदै वैदेशिक हस्तक्षेप रोकेर आफनै खुटटामा उभिन नसकेसम्म राज्य सञ्चालनमा अराजकता कायम भइरहने उनले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE