Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

रविन्द्र मिश्रले दिए बीबीसीबाट राजीनामा ,अब सक्रिय राजनीतिमा होमिने

\"\"काठमाडाैं, १७ फागुन । केही समययता म लगायत कैयौं साथीहरूले एउटा तर्क अघि सार्दै आएका छौं । नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमानदारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’ को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव छैन भन्ने हाम्रो तर्क हो । यसबारे कतिपय पाठक तथा शुभेच्छुकलाई थाहै छ । त्यस्तो सुसंस्कृत राजनीतिको सशक्त जग निर्माण गर्न सके दशकौंको स्वार्थ्लिप्त, दोहनकारी, आडम्बरी र अपारदर्शी राजनीतिका कारण देशको दुर्दशाबाट दिक्क भएका तर यो देश बनाउन सकिन्छ भन्ने विश्वास बोकेका स्वदेश तथा विदेशमा रहेका नेपालीले अवश्य साथ दिनेछन् भन्ने हाम्रो निष्कर्ष हो । हाम्रो उद्देश्य सबै क्षेत्रका इमानदार र क्षमतावान नेपाली मिलेर स्वच्छ राजनीतिको बलमा देशलाई रूपान्तरण गर्ने साझा मञ्च निर्माण गर्नु हो । देशको ठूलो जनसमुदाय त्यसरी एक ढिक्का हुँदा ‘अस्तित्वमा आउने तर कहिल्यै देशको समृद्धिमुखी नेतृत्व गर्नै नसक्ने’ अर्को एउटा राजनीतिक पार्टी होइन, देशलाई आमूल परिवर्तनकारी दिशामा र्डोयाउन सक्ने नेतृत्व निर्माण हुनसक्छ भन्ने हाम्रो ठम्याइ हो । त्यसका लागि एउटा समूह लामो समयदेखि वैचारिक र रणनीतिक मन्थनमा सक्रिय थियो । सो समूहले अब आफ्नो गृहकार्यलाई कार्यरूपमा परिणत गर्ने आत्मविश्वास हासिल गरेको छ । तसर्थ मैले बीबीसी नेपाली सेवाको प्रमुखको पदबाट राजीनामा दिएको छु । बीबीसीसँगको लामो आबद्धता, मेरो लेखन तथा परोपकारी अभियानका क्रममा मैले देशभित्र र बाहिर आमनेपालीबाट पाएको विश्वास, स्नेह र सहयोगलाई म सधैं सम्झिरहनेछु । त्यसका लागि मैले जति आभार प्रकट गरे पनि त्यो अपर्याप्त नै हुनेछ । म मेरा सहकर्मी र बीबीसीप्रति पनि सदा आभारी रहिरहनेछु । मैले सुरू गर्न आँटेको राजनीतिक यात्रामा त्यो विश्वास, स्नेह र सहयोग अनि हाल गृहकार्यमा संलग्न साथीहरूले दिएको प्रेरणा र शक्तिले अत्यन्तै ठूलो ऊर्जा प्रदान गरेको छ । कतिपय शुभेच्छुकहरूले हाल विद्यमान कुनै पार्टीमार्फत नै राजनीतिक रूपमा अगाडि बढ्दा उपयुक्त हुने सल्लाह नदिएका होइनन् । तर, विद्यमान पार्टीहरूमार्फत अगाडि बढ्ने हो भने ‘आफू बदलिने तर समग्र देश नबन्ने’ निष्कर्षमा पुगेका कारण मैले यो अलग र चुनौतीपूर्ण बाटो चयन गरेको हुँ । हामी छिटै कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात् गर्ने नयाँ पार्टीमा तल्लो निकायदेखि तपाईंको सहभागितासहितको संगठन निर्माण र सम्बन्धित अन्य विषयबारे थप जानकारी उपलब्ध गराउनेछौं । कुनै दलमा आबद्ध नभएका, अन्य दलमा आबद्ध भए पनि ती दलबाट यो देशको हित हुनै सक्दैन भन्ने निष्कर्षमा पुगेका र अन्य विभिन्न सामाजिक संघ(संगठनमा आबद्ध भएर समाजको सकारात्मक रूपान्तरणका लागि काम गरिरहेका सबै नेपालीहरूलाई हामी शान्त, सौम्य, देशभक्तिपूर्ण र विकासमुखी राजनीतिक उभारका लागि हामीले निर्माण गर्न लागेको मञ्च उपयोग गर्न आग्रह गर्दछौं । विगतका भएका यस्ता वैकल्पिक प्रयास, तिनका कमजोरी र विफलताबारे हामी अनभिज्ञ छैनौं । तिनबाट हामीले पाठ सिकेका छौं– तर्सिएका छैनौं । साथसाथै, हामी अधिकांश पेशागत राजनीतिक पृष्ठभूमिबाट नआएकोले यो यात्रा राजनीतिक पृष्ठभूमिबाट आएकाहरूका लागि भन्दा बढी असहज हुनेछ भन्नेमा हामीलाई कुनै भ्रम छैन । तर, सुसूचित तयारीका साथ एउटा प्रतिबद्ध समूहले राजनीतिमा इमानदार, दूरदृष्टिपूर्ण,सशक्त र राष्ट्रव्यापी हस्तक्षेप नगरी कुनै पनि देशको समष्टिगत रूपान्तरण सम्भव भएको छैन । हामी तयार भयौं – गाउँ–गाउँ, बस्ती–बस्तीमा, अनि विदेशका नगर तथा शहरहरूमा तपाईं पनि तयार रहन हामी हार्दिक आह्वान गर्दछौं । तत्कालका लागि भने देशका हरेक टोल(टोलमा कम्तीमा सात जना वा सम्भव भए त्योभन्दा बढी संख्याको समूह निर्माणका लागि जुट्न हामी विनम्र आग्रह गर्दछौं, जुन छिटै पार्टीको संगठन निर्माणको आधारशिला हुनेछ । विदेशमा बस्ने नेपालीहरूको साथ र सहयोगका लागि हामी विशेष व्यवस्था गर्नेछौं र उनीहरूलाई विदेशका नगर तथा शहरहरूमा ‘सदभाव समूह’ हरू निर्माण कार्य तत्काल अगाडि बढाउन हामी हार्दिक अपिल गर्दछौं । संसारमा हामीभन्दा ज्यादै प्रतिकूल अवस्थामा रहेका देशले पनि १० देखि २० वर्षको बीचमा राजनीतिक स्थिरता प्राप्त गर्न र विकासलाई तीव्र गति दिन सकेका छन् भने हामीले नसक्ने कुरै छैन । हामीले सुरु गर्न लागेको यो यात्रा केवल १०र१२ जना सांसदलाई संसद्मा पठाएर ‘राजनीति’ गर्नका लागि होइन, यो देशको नेतृत्व गरेर नेपाली राजनीतिको चरित्र र सिंगो देश नै रूपान्तरण गर्नका लागि हो । तसर्थ हामीलाई विफल हुने या ठीकै मात्र गर्ने सुविधा छैन । यस यात्रामा हामीलाई तपाईंको आशीर्वाद र सहयोग प्राप्त हुनेछ भन्ने हामीले विश्वास लिएका छौं । तपाईंलाई पनि हाम्रो सहयोग अवश्य मिल्ने नै छ । यो असाधारण रूपले स्रोत र साधन सम्पन्न तर राजनीतिक कारणले सधैं अस्थिर र अविकसित देशको भविष्य बनाएरै छोड्ने र समृद्ध नेपालका सूचकहरू कुनै पनि हालतमा हेरेरै मर्ने हाम्रो अठोट हो ! ताकि, हाम्रा सन्ततिले बूढा बा–आमालाई नेपालमा छोडेर आयआर्जन, अलिकति सहज जीवनयापन र वृत्तिविकासका लागि विदेशिनु नपरोस् । बरू तिनले यो देशमा विदेशीलाई समेत रोजगारी दिन सकून् । (राजनीतिमा आउने घोषणा गर्दै पत्रकार मिश्रले मंगलबार जारी जारी गरेको विज्ञप्तिको सम्पादित रुप ।)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE