Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

अफगानिस्तान कुनै देशको लागि खतरा होइन : राष्ट्रपति

\"\"काबुल, १६ फागुन । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले आफनो देश एक स्वतन्त्र राष्ट्र भएको र अरु कुनै राष्ट्रको विरुद्ध प्रयोग नहुने बताएका छन् । काबुल सैनिक विमानस्थलमा राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा बलद्वारा आज आयोजित राष्ट्रिय दिवस समारोहलाई सम्बोधन गदै घानीले भने, “हाम्रो देश एक स्वतन्त्र राष्ट्र थियो, छ र सदाका लागि स्वतन्त्र नै रहने छ तथा विश्वका अन्य कुनै देशको लागि खतराको रुपमा कदापि रहँदैन ।” सधैँभरी मार काट, हिंसा, हत्या, युद्ध, विस्फोट, विद्रोहै विद्रोहले आक्रान्त मुलुकमा एक नयाँ उत्साह र अठोटका साथ राष्ट्रपति घानीले “विदेशी हस्तक्षेप र चलखेलले नै यो राष्ट्रमा सशस्त्र विद्रोह र अशान्ति निम्त्याएको हो । जसले अफगानिस्तानलाई युद्धभूमिमा परिणत गर्ने सपना देख्छन्, अब तिनीहरुले आ–आफ्नो चिहान पुग्ने सपना देखे हुन्छ, यस्तालाई हाम्रो अग्रिम समवेदना छ” भने । मुलुकको उत्तरी कुन्दुज प्रान्तको मौलावी सलामलाई तालिवान विद्रोहीहरुले लामो समयसम्म कब्जामा लिई छायाँ सरकार समेत चलाइ आएका थिए । हालसालै मात्र अफगान राष्ट्रिय सेनाले तालिवान विद्रोहीलाई परास्त गरी त्यहाँ सरकारको बलियो उपस्थिति देखाउन सेना सफल भएको छ । सेनाको आक्रमणपछि त्यहाँ विद्रोहीले टाउँको उठाउने हिम्मत गर्न सकेका छैनन् । यसलाई राष्ट्रिय सेनाको एक ठोस् उपलब्धिको रुपमा प्रस्तुत गर्दै आफ्नो ज्यान हत्केलामा लिई सशस्त्र विद्रोही विरुद्ध एकनाशले लडेर देशलाई बचाइ राखेकोमा उनले अफगानिस्तानको राष्ट्रिय सेनाको उत्साह र बहादुरीको मुक्तकण्ठले प्रशंसा गरेका छन् । “अब हामी अफगानिस्तानलाई स्थिर, शान्तिपूर्ण र समुन्नत राष्ट्रको रुपमा पुनःनिर्माण गर्नेछौं” राष्ट्रपति घानीले सङ्कल्प गरे।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies