Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

नेपाल मामलामा भारतीय गुप्तचर संस्था ‘र’ ले यसरी खेल्दैछ

\"\"काठमाडौं, फागुन १६ । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि भारतीय जासुसी संस्था ‘र’ले आफ्नो सक्रियता बढाएको छ । संविधान संशोधन नगरी निर्वाचन गर्न नहुने माग राख्दै आएको मधेसी मोर्चाभित्र ‘र’को चलखेल तीब्र बनेको श्रोतले बतायो । भारतको राजनीतिक नेतृत्वले नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्षेप नगरेपनि ‘र’ ले भने राज्य पुनःसंरचनाको प्रतिवेदनलाई मुख्य आधार बनाएर मोर्चाभित्र चलखेल गरेको श्रोतले बतायो । “यही चलखेलका कारण मधेसी मोर्चाभित्र उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतोभन्दा चर्को कुरा गरेका छन् ।’ श्रोतले भन्यो, “‘र’ अहिले चुनाव नहोस भन्ने चाहन्छ ।” श्रोतका अनुसार, ‘र’का लागि नेपालको राजनीतिमा उपेन्द्र यादव र बाबुराम भट्टराई भरपर्दो शक्ति देखिएका छन् । त्यसैले उपेन्द्र यादवलाई मोर्चाबाट अलग पार्ने र भट्टराईसँग गठबन्धन गराउन ‘र’ले कसरत गरिरहेको छ । “होइन भने मोर्चाको मुख्य घटक हुँदाहुँदै कतिपय मुद्दामा यादवजीले बाबुरामसँग संयुक्त विज्ञप्ती निकाल्ने के अर्थ हुन्छ र ?” श्रोतल भन्यो, “मधेसी मोर्चाले संशोधन पहिला अनि मात्र चुनाव भनिरहेको बेला यस्तो विज्ञप्ती आउनु सोझै रको निर्देशन हो भन्ने पुष्टि हुन्छ ।” उनले भने । नेपाललाई हेर्ने दृष्टिकोणमा भारतीय जासुसी संस्था ‘र’ र त्यहाँको राजनीतिक नेतृत्वबीच फरक धारणा देखिएको हो । राजनीतिक पक्ष नेपालको राजनीतिमा प्रत्यक्ष प्रभाव पारेर विगतमा नाकाबन्दीको अवस्था दोहोर्याउन नचाहने तर ‘र’ले भने तराईको प्रभाव नेपालको राजनीतिमा उल्लेख ढंगले पार्न कसरत गर्न खोजेको श्रोतले बतायो । प्रधानमन्त्री प्रचण्डसँग भएका कतिपय छलफलमा महन्थ ठाकुर र उपेन्द्र महतोले संविधान संशोधनको कुरामा प्रक्रियामा जाने या सीमांकनका विषयलाई शक्तिशाली आयोगमार्फत हल गर्नेसम्मको सहमति नगरेका होइनन् । श्रोतले भन्यो, “सरकारले निर्वाचनको घोषणा गर्नुपर्ने बाध्यता समेत महतोहरुले राम्रैसँग बुझेका छन् । त्यसैले उनीहरु संशोधन प्रस्तावदेखि अन्य मुद्दामा सरकारसँग सहमत छन् । तर उपेन्द्रजीले आजसम्मका हरेक बैठकमा बिरोध गर्दै आएका छन् । यो उनको मात्रै बिरोध होइन, यो आयातीत बिरोध हो । यसको ब्याकमा बाबुरामजी र ‘र’ छ भन्दा फरक पर्दैन ।” सम्भवतः यही कारणले होला, पछिल्लो दिनमा उपेन्द्र यादव र बाबुराम भट्टराईबीच राजनीतिक मुद्दाहरुमा कार्यगत एकता भएको छ । स्वतन्त्र विद्यार्थी यूनियनमा समेत दुबै दलका विद्यार्थी संगठनले साझा उम्मेदवार घोषणा गरेका छन् । जबकि मुद्दाका हिसाबले उपेन्द्र यादव लामो समयदेखि मधेसी मोर्चासँग जोडिएका छन् । नयाँ शक्तिका एक नेता भन्छन्, “तर ‘र’ले भने मधेसी मोर्चाबाट आफ्नो स्वार्थ पुरा हुने नदेखेर बाबुरामजीसँग यादवालाई जोड्न खोजेको हो । भविष्यमा यिनीहरुको एकता भयो भन्दा पनि अचम्म मान्नुपर्दैन ।” यो पनि पढ्नुस्  उपेन्द्र यादवमार्फत ‘र’ले राज्य पुनःसंरचना आयोगको प्रतिवेदनमा तराई मधेसमा निर्वाचित प्रतिनिधिको संख्या थप्नुपर्ने नत्र समर्थन फिर्ता लिने अडान राख्न लगाएको छ । जबकि महतो र ठाकुरले सरकारबाट समर्थन फिर्ता लिने कुरा गरेका छैनन् । समावेशी समानुपातिक प्रतिनिधित्वको मुद्दा उचालेर राष्ट्रिय र स्थानीय तहमा मधेसको संख्या बढाने र सोमार्फत मधेसको मुख्य आधार रहने राजनीतिक शक्ति स्थापना गर्ने र यसलाई नेपालको राजनीतिमा प्रभावशाली बनाएर भारतीय प्रभुत्वको स्वार्थ रक्षा गर्ने रणनीति ‘र’को रहेको श्रोतले बतायो । यो राजनीतिक शक्ति नयाँ शक्ति र उपेन्द्र यादवको फोरम मिलेर बन्न सक्ने आँकलन गरेको ‘र’ले अहिले संविधान संशोधन र निर्वाचनको मुद्दामा सरकारलाई चेपुवामा पार्न दुबैलाई उपयोग गरेको समेत श्रोतले बतायो । मधेसी मोर्चाले सरकारबाट समर्थन फिर्ता लिन हतार नभएको टिप्पणी गर्ने तर यादव र उनका नेताहरुले २४ घण्टाभित्र समर्थन फिर्ता लिन्छौं भनेर अभिव्यक्ति दिनुले यसको पुष्टि गर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE