Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

किम जोङ नामको हत्यामा रासायनिक पदार्थ प्रयोग

\"\"काठमाडौं, १३ फागुन  । उत्तर कोरियाका तानाशाह किम जोङ उनका सौतेनी दाई किम जोङ नामको हत्यामा घातक रासायनिक पदार्थ प्रयोग भएको पाइएको छ। मलेसियामा भएको नामको हत्यामा ‘भीएक्स नर्भ एजेन्ट’ नाम गरेको घातक रासायनिक पदार्थ प्रयोग भएको पाइएको हो । नामको मृत शरीरको परिक्षण गर्दा उक्त कुरा पाइएको मलेसियाका अधिकारीले बताएका छन्। हत्यामा प्रयोग गरिएको ‘भीएक्स नर्भ एजेन्ट’लाई संयुक्त राष्ट्र संघले ‘वेपन अफ मास डिस्ट्रक्शन’ अर्थात् आमहत्यामा प्रयोग हुने हतियारको सूचीमा राखेको छ। त्यसलाई रासायनिक युद्धमा प्रयोग गरिन्छ। पहेंलो रङ्गको उक्त पदार्थ चिल्लो, स्वाद र गन्धरहित हुन्छ। गतहप्ता मलेसियाको राजधानी क्वालालाम्पुर एयरपोर्टमा दुई महिलाले किम जोङ नामको अनुहारमा उक्त रासायनिक पदार्थ छर्किदिएका थिए । किम जोङ नामलाई कुनै समय उत्तर कोरियामा सम्भावित राष्ट्र तथा सरकार प्रमुखको रुपमा लिइन्थ्यो ितर उक्त पद उनका सौतेनी भाइ किम जोङ इलले लिए । त्यसपछि उनी वर्षौंदेखि देश बाहिर बस्दै आएका थिए। गत हप्ता मृत्यु हुनुअघि दुई महिलाले आफ्नो अनुहारमा कुनै पदार्थ छर्किदिएको भन्दै उनले तुरन्तै प्रहरीसँग सहयोग मागेका थिए। त्यसपछि उनी बेहोस भए र अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको थियो। बिबिसीका अनुसार उनको हत्यामा प्रयोग भएको रासायनिक पदार्थले विशेष गरी छालाबाट भित्र छिरेर स्नायु प्रणालीलाई अवरुद्ध गर्छ एक थोपा मात्र छालामा पर्यो भने केही मिनेटमा नै मानिसको मृत्यु हुन्छ । मात्रा थोरै भयो भने त्यसले आँखामा पीडा हुने, धमिलो देखिने र वान्ता हुने जस्ता लक्षण देखिन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending