संशोधन विधेयकमाथि छलफल शुरु, संशोधन हाल्न ७२ घण्टाको समय
फाल्गुन १२ गते, २०७३ बिहिवार 23rd February, 2017 Thu२१:४३:०७ मा प्रकाशित
काठमाडौं, १२ फागुन । संविधान संशोधन विधेयक राष्ट्रघाती र असंवैधानिक भन्दै आएको प्रमुख प्रतिपक्षी दल एमाले संसदमा मौन बस्दा संविधान संशोधन विधेयकमाथिको प्रक्रिया अघि बढेको छ ।
विधेयकको चर्को विरोध गर्दै आएको एमाले मौन बसेपछि विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव विहीवार नै पारित भई सांसदहरुलाई विधेयकमाथि संशोधन हाल्न ७२ घण्टाको समय दिइएको छ ।
पाँच नम्बर प्रदेशको सिमांकन हेरफेर सहितका विषय समेटिएको संविधान संशोधन प्रस्ताव बिहीबारको संसद पेश भएको हो । व्यवस्थापिका संसदको बिहीबारको कार्यसूचिमा संविधान संशोधन छैठौं नम्बरमा राखिएको थियो ।
सो कार्यसूचिअनुसार कानुनमन्त्री अजयशंकर नायकले संसद बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएपछि संशोधन विधेयकमा संशोधन हाल्न ७२ घण्टाको समय दिइएको छ ।
संसदमा संविधान संशोधन प्रस्ताव पेश हुँदा एमाले मौन रहेको थियो भने एमाले सहितका नौ दल मध्ये नेपाल मजदुर किसान पार्टीले संशोधनको विरोधमा नाराबाजी गरेका थिए ।
सभामुख ओनसरी घर्तीको कार्यकक्षमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको थियो । प्रचण्ड र ओलीबीचको वार्तामा एमालेले छलफलमा भाग नलिने, मौन रुपमा प्रक्रियामा उपस्थित हुने सहमति गरेका थिए ।
निर्वाचनको वातावरण बनाउन संशोधन विधेयकमा एमाले मौन बस्ने र विधेयकमाथि सांसदहरुलाई संशोधन हाल्ने समय दिने सहमति भएको थियो ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले विधेयकप्रतिको ९ विपक्षी दलको अडान र मान्यता कायमै रहेको भन्दै एक दिनका लागि मौन बस्ने जानकारी दिएका थिए । तर नेमकिपाको विरोधले नौ दल पनि एक नभएको देखिएको छ ।
संशोधन प्रस्ताव मधेसी जनताको हितमा नरहेको उल्लेख गर्दै एमाले संसदीय दलको उपनेता सुभाष नेम्वाङ्गले विधेयक असंवैधानिक भएकाले छलफल गर्नुको अर्थ नहुने बताए ।
संशोधन विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव माथिको छलफलमा कांग्रेसका फरमुल्लाह मन्सुर, माओवादी केन्द्रका सांसद उमेश यादव, तमलोपाका सवेन्द्रनाथ शुक्ला, कांग्रेसका तेजुलाल चौधरी, थरुहट तराई पार्टीकी रुक्मिणी चौधरी लगायतले धारणा राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: