Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

धुर्मुस–सुन्तली भए पुनर्निर्माण प्राधिकरणको सद्भावना दूत

\"\" काठमाडौं, १० फागुन । हाँस्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस सुन्तली) लाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सद्भावना दूत बनाइएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा मंगलवार बसेको कार्यकारी समितिले हास्य कलाकारद्वयलाई एकीकृत बस्ती निर्माण विकाससम्बन्धी सद्भावन दूत बनाउने निर्णय गरेको हो । स्वदेश तथा विदेशबाट रकम संकलन गरी एकीकृत बस्तीको अवधारणा अघि बढाएको योगदानका आधारमा उनीहरुलाई प्राधिकरण सद्भावना दूत नियुक्त गरेको हो । धुर्मुस सुन्तलीले भूकम्प प्रभावित काभ्रे र सिन्धुपाल्चोकमा एकीकृत नमुनाबस्ती निर्माण गरी पीडितलाई हस्तान्तरण गरेका थिए । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ गिरानचौरमा कलाकारद्वयले भूकम्पपछिको पुनर्निर्माणका क्रममा एकीकृत बस्ती निर्माण सम्पन्न गरेपछि अहिले महोत्तरीको मुसहर बस्तीमा एकीकृत बस्ती निर्माण गरिरहेका छन् । यसअघि सरकारले धुर्मुस सुन्तलीलाई सरसफाइ दूत बनाएको थियो । प्राधिकरण कार्यकारी समितिको बैठकले निजी आवास अनुदानको हकमा २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका लाभग्राहीहरुले २०७३ साल चैत्र १५ सम्म दोस्रो किस्ताको लागि तोकिएको मापदण्डअनुसार रितपूर्वक आवेदन दिइसक्न सूचना जारी गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पश्चिमतर्फको भागलाई संरक्षणरप्रवलीकरणबारे जिम्मेवारी तोकिदिएको छ । ‘कार्यकारी समिति सदस्य हरिराम पराजुलीको संयोजकत्वमा गठित कार्यान्वयन उपसमितिलाई सोही मोडालिटीमा सिंहदरबार परिसरमा रहेको ग्यालरी बैठकको पुनर्निर्माणको कार्य गर्ने जिम्मेवारी दिने निर्णय गरेको छ,’ विज्ञप्तिमा जनाइएको छ । भूकम्पबाट प्रभावित व्यक्तिहरुमध्ये अपाङ्गता, जेष्ठ नागरिक, बालबालिका र विपन्न परिवारलाई दिइने थप सहुलियतलाई निर्धारण गरिएको विधिअनुसार प्राथमिकीकरण गर्न स्वीकृति दिने निर्णय समेत भएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending