Ntc summer Offer
Khabar Dabali ९ जेष्ठ २०८१ बुधबार | 22nd May, 2024 Wed
NIMB

ब्रिक्सले चीन र दक्षिण अफ्रिाकाको सम्बन्ध सुमधुर

\"\"बेइजिङ, ९ फागुन । चीनले ब्रिक्स राष्ट्रको आगामी सम्मेलनको आयोजनाका लागि दक्षिण अफ्रिकालगायतका ब्रिक्स सदस्य राष्ट्रहरुसँग समन्वय र सहयोग गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले दक्षिण अफ्रिकाका विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा सो धारणा राखेका हुन् । हाल चीनको भ्रमणमा रहेका दक्षिण अफ्रिकाका विदेशमन्त्री माइते एन्कोना मासाबाने र चिनियाँ विदेशमन्त्रीबीच सोममार चिनियाँ राजधानी बेइजिङ्मा भेटवार्ता भएको थियो । ब्रिक्सको आगामी सम्मेलन चीनको दक्षिणपूर्वी सहर सियामेनमा आगामी सेप्टेम्बर महिनामा हुने कार्यक्रम रहेको छ । सो भेटका क्रममा चिनियाँ विदेशमन्त्री यिले ब्रिक्सको आगामी सम्मेलनको सफलताका लागि तथा ब्रिक्सलाई थप विकसित र समावेशी आर्थिक विकासका रुपमा विकास गर्नका लागि चीनको सहयोग रहने बताएका हुन् । आर्थिक विश्वव्यापीकरण र समावेशी तथा सन्तुलित आर्थिक विकासका लागि ब्रिक्स सङ्गठनलाई अघि बढाउनुपर्ने धारणा उनको थियो । चिनियाँ विदेशमन्त्री यिले चीन र दक्षिण अफ्रिकाको आपसी सम्बन्ध सुदृढ र सुमधुर रहेको बताए । उनले आपसी विश्वासमा आधारित सम्बन्धका कारणले चीन र दक्षिण अफ्रिकाको सम्बन्धमा सुमधुरता आएको पनि बताउनुभएको राजधानी बेइजिङबाट अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चीन र दक्षिण अफ्रिकाबीचको जनस्तरको उच्चस्तरीय बैठक आगामी केही समयमा आयोजना गरिने सो अवसरमा दुई देशका विदेशमन्त्रीस्तरमा सहमति भएको बताइएको छ । दुई देशबीचमा स्थापित रहेको चाइना अफ्रिका कोअपरेसनको बैठक आगामी केही समयमा बस्नेगरी तयारी गरिने बताइएको छ । सोको अपरेसनको बैठक सन् २०१५ मा जोहानेस्बर्गमा आयोजना गरिएको थियो । त्यस सम्मेलनमा आर्थिक लगायतका विभिन्न मुद्दामा छलफल भएको थियो । त्यस अवसरमा दुई देशबीचमा विस्तार र अभिवृद्धि गरिनुपर्ने आर्थिक, व्यापारिक र लगानी अभिवृद्धिको विषयमा पनि आगामी सो कोअपरेसनको बैठकमा व्यापक मात्रामा छलफल हुने जानकारी पनि सो अवसरमा दिइएको थियो । उक्त ब्रिक्स सङ्गठनमा ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेका छन् । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies