Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

कागजमा फर्जी विद्यार्थी देखाएर वर्षौदेखि विद्यालय सञ्चालन

काभ्रे, ९ फागुन । जिल्ला शिक्षा कार्यालय काभ्रेले दरबन्दी मिलानको रटान जति गरेपनि अन्तः परिमाण शून्य भएको छ । गलत बिद्यार्थी विवरण पेश गर्ने कार्य पनि विद्यालयले गर्न छाडेका छैनन । जिल्लाको कर्णाली भनेर चिनीने डाडापारी क्षेत्र र कोशीपारी क्षेत्रका विद्यालयहरुमा कार्यलयले कहिले दरबन्दी मिलान गर्ला र बिद्यालय संञ्चालन गर्न सहज होला भन्ने सोचमा छन् । यता शहरी क्षेत्रमा कागजमा फर्जी विद्यार्थी संख्या देखाएर अधिकांश सामुदायिक विद्यालयहरूले विद्यालय सञ्चालन गर्दै आएका छन् । कक्षामा विद्यार्थी संख्या शून्य भए पनि विद्यालय र शिक्षा कार्यलयको तथ्यांमा फर्जी विद्यार्थी संख्या उल्लेख गर्दै वर्षौदेखि राजनीतिक आडमा विद्यालय सञ्चालन हुदै आएका छन् । प्रधानाध्यापक, स्रोत व्यक्ति र विद्यालय निरीक्षकको त्रिपक्षीय मिलेमतोमा विद्यालयमा भएका विद्यार्थीभन्दा धेरै संख्या देखाई आर्थिक अनियमितता गर्दै आएका छन् । फर्जी विद्यार्थी संख्या देखाउने विद्यालयहरूको अवस्थाबारे जानकारी जिल्ला शिक्षा कार्यालयले पटकपटक अनुगमन गरे पनि कारबाही गर्न सकेको छैन । ‘अवस्थाबारे जानकार त छौं तर कारबाही गर्न सकेका छैनौं’, जिल्ला शिक्षा कार्यालय काभ्रेका जिल्ला शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङले भने, ‘विभिन्न राजनीतिक दलको दबाब र शिक्षक संगठनका कारण दरबन्दी मिलान तथा विद्यालय र शिक्षकको व्यवस्थापन गर्न सकेका छैनौं ।’ दरबन्दी मिलानमा आफ्नो पार्टीका शिक्षकलाई सुगममा मात्र राख्ने तर दुर्गममा पठाउन नमान्ने प्रवृत्तिले शिक्षक दरबन्दी मिलान हुन नसकेको शिक्षा अधिकारी डा. गुरुङको गुनासो छ । शिक्षा कार्यालय काभ्रेको मातहतमा २६ वटा स्रोत केन्द्रबाट विद्यालयको अनुगमन र निरीक्षण र व्यवस्थापनका लागि २६ विद्यालय निरीक्षक कर्मचारी काम गर्दै आएका छन् । तर अधिकांश विद्यालयले फर्जी विद्यार्थी संख्या शिक्षा कार्यालयमा पेस गर्ने गरेका छन् । विद्यालयमा दरबन्दी मिलान गर्न खोज्दा शिक्षक नेताहरूले अवरोध गर्ने गरेको कर्मचारीको गुनासो छ । ‘काभ्रेका अधिकांश शिक्षकले राजनीतिक पार्टीको जिम्मेवार पद धारण गरेका छन् । शिक्षा कार्यालय धुलिखेलका एक कर्मचारीले भने, ‘पावर र पहुँच भयो भने विद्यार्थी नभए पनि सुगमका विद्यालयमा शिक्षक नियुक्तिसँगै सरुवा पनि हुने गर्छ ।’ शिक्षाका लागि भन्दै जिल्ला शिक्षा कार्यालयमा आएको १ अर्ब २४ करोड ४७ लाख ८ हजार रुपैयाँको ७० प्रतिशत रकम कर्मचारी र शिक्षकको तलबमा खर्च हुने गरेको छ । प्रावि तहमा २ हजार ८८ शिक्षकका लागि ५८ करोड ३९ लाख ३४ हजार, माविका ४ सय ५३ शिक्षकका लागि ३२ करोड ४ लाख ९५ हजार, विभिन्न शैक्षिक कार्यक्रका लागि ३९ करोड २ लाख ८४ हजार, अन्यमा ७ करोड ५८ लाख ३ हजार रुपैयाँ खर्च हुने गरेको छ । जिल्लामा ६ सय ८ सामुदायिक विद्यालयमा ६९ हजार २७ जना विद्यार्थीलाई जिल्ला शिक्षा कार्यलय काभ्रेले प्रतिविद्यार्थी २० हजार ६० रुपैयाँ लगानी गर्ने गरेको छ । तर विद्यार्थी संख्या नभएका विद्यालयमा फर्जी विद्यार्थीका संख्या देखाएर पाठ्य सामग्री, पोसाक र अन्य शीर्षकमा रकम दुरुपयोग हुने गरेको छ । शिक्षा नियमावली २०५९ को ९१ अनुसार प्रत्येक विद्यालयमा प्रतिशिक्षक ४५ जना विद्यार्थी हुनुपर्ने प्रावधान रहे पनि जिल्ला शिक्षा कार्यालयको तथ्यांक अनुसार शिक्षक नेताहरू काम गर्ने विद्यालयमा दरबन्दीभन्दा बढी शिक्षक र कक्षामा भन्दा तथ्यांकमा बढी विद्यार्थी संख्या हुने गरेको छ । सहरमा भएका विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी हुने गरेका छ । पाँचजना शिक्षक १५ जना विद्यार्थी जिल्लाका दुर्गम क्षेत्रका समुदायिक विद्यालयमा शिक्षक नभएर पढाइबाट विद्यार्थी वञ्चित भइरहेको अवस्थमा काभे्रको एक सरकारी विद्यालयमा भने वर्षौदेखि पाँचजना शिक्षकले पाँचजना विद्यार्थी पढाउँदै आएका छन् । कागजमा विद्यार्थी संख्या मिलाई विद्यालय सञ्चालन गर्दै आएको रविओपी –९चण्डेश्वरी बाल सदन आधारभुत विद्यालयमा कक्षा १ देखी ५ कक्षासम्ममा १५ जना विद्यार्थीका लागि पाँचजना शिक्षक छन् । विद्यालयको हाजिर कापीमा कक्षा १ देखी ५ सम्म १९ जना भर्नाको देखिन्छ । कक्षा १ कक्षा ५ सम्म सञ्चालन गर्ने अनुगमति लिएको भए पनि सोही विद्यालयमा विद्यार्थी संख्या न्यून रहेकाले विद्यालय समायोजन गर्ने तयारी गरिरहेको शिक्षा कार्यालयका शाखा अधिकृत गोविन्द सेढाईले जानकारी दिए । देशका विभिन्न जिल्लामा शिक्षक अभावले पठनपाठन नै अवरुद्ध हुँदै आइरहेको छ । कतिपय विद्यालयमा एउटै शिक्षकले प्राथमिकदेखि उच्च माध्यमिक तहसम्म पढाउँदै आएका छन् । तर, काभ्रेको एउटा विद्यालयमा पाँच विद्यार्थीका लागि पाँचैजना शिक्षक छन् । शिक्षा कार्यालयले विद्यार्थी संख्या एकिन नगरी दुर्गममा भन्दा सुगममा शिक्षक दरबन्दी प्रदान गरेपछि यस्तो अवस्था आएको हो । ग्रामीण तथा दुर्गम क्षेत्रमा भन्दा सदरमुकामनजिक रहेको विद्यालयमा विद्यार्थी संख्या न्यून छ । जिल्लाभरका पाँच सय ९९ प्राथमिक विद्यालयमा ३४ हजार चार सय ८० विद्यार्थी अध्ययनरत छन् । यी विद्यालयमा दुई हजार ८८ शिक्षक कार्यरत छन् । यसमध्ये ३२ वटा विद्यालयमा विद्यार्थी संख्या शून्य छ भने दुईदेखि १० जना विद्यार्थी संख्या रहेको विद्यालय ३२ वटा छन् । यस्तै २० जनाभन्दा कम विद्यार्थी संख्या रहेका विद्यालय ६५ वटा छन् भने २१ देखि ५० जना विद्यार्थी भएका विद्यालय ७० वटा छन् । जिल्लामा दुई सय ४१ वटा निम्नमाध्यमिक विद्यालय रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जसमा २१ हजार चार सय ८० विद्यार्थी अध्ययनरत रहेका छन् । निम्नमाध्यमिक तहमा पाँच सय ७६ शिक्षक कार्यरत रहेको शिक्षा कार्यालयले जनाएको छ । निम्नमाध्यमिक तहमा पनि विद्यार्थी नै नभएका तीनवटा विद्यालय छन् । साथै २० भन्दा कम विद्यार्थी रहेका ४० र ४० भन्दा कम विद्यार्थी रहेका पनि ४० वटै विद्यालय छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा एक सय ४२ वटा माध्यमिक विद्यालय छन् । यी विद्यालयमा १३ हजार ६७ विद्यार्थी अध्ययनरत रहेका छन् भने चार सय ५३ शिक्षक कार्यरत छन् । माध्यमिक तहमा पनि ४० भन्दा कम विद्यार्थी पाँचवटा विद्यालयमा छन् भने ५० भन्दा कम विद्यार्थी रहेका १० वटा विद्यालय छन् । कांग्रेस निकट संगठन शिक्षक संघ काभ्रेका अध्यक्ष अश्विन चौलागाईं कार्यरत सदरमुकाम धुलिखेलस्थित सेतीदेवी प्राविमा १४ जना विद्यार्थी छन् । उक्त विद्यालयमा २० विद्यार्थी देखाएर चारजना शिक्षक कार्यरत छन् । यस्तै एमालेनिकट शिक्षक संगठनका जिल्ला अध्यक्ष श्याम पाण्डे चण्डेश्वरी उमाविमा कार्यरत छन् । उनी मावि तहका शिक्षक हुन् । उनी कार्यरत विद्यालयमा ६५ विद्यार्थी देखाएर आठजनाको दरबन्दी रहेको छ । यस्तै एमाओवादीनिकटका संगठन अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष दुर्गा्सिंह तामाङ कार्यरत ग्रामोदय निमाविमा ६९ जना विद्यार्थी छन् तर शिक्षक दरबन्दी भने सातजनाको छ भने एक जना करारमा छन
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE