Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

मोर्चा आवद्ध सातै दलका नेतालाई आकस्मिक बालुवाटार डाकियो

\"\"काठमाडौं, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुत लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध सातै दललाई आकस्मिक रुपमा बालुवाटार डाकेका छन् । प्रचण्डले आकस्मिक रुपमा बालुवाटार डाकेपछि मोर्चाको बैठकसमेत अनौपचारिक रुपमा बसेर टुंगिएको छ । सत्ता साझेदार प्रमुख दुई दलले निर्वाचन घोषणा गर्न दबाब दिएको भन्दै प्रचण्डले मोर्चाका नेताहरुसँग अन्तिम परामर्श लिन लागेको स्रोतको भनाइ छ । संविधान संशोधन प्रक्रियाको टुंगो नलाग्दै निर्वाचन घोषणा नगरिए समस्या हुने भन्दै सत्ता साझेदार प्रमुख दुई दलको बैठकले निर्वाचन घोषणा गर्न सरकारलाई जिम्मेवारी दिएपछि प्रचण्ड थप दुबिधामा परेका छन् । बेलुकी ७ बजे मोर्चासम्बद्ध सात पार्टी प्रमुखहरुलाई बालुवाटर बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले बताए । मोर्चाले आइतबार नै बैठक बसेर सरकारको साथ छाड्ने सम्मको निर्णय गर्ने तयारी गरेपछि प्रधानमन्त्रीले हतारहतार मोर्चाका नेताहरुलाई बालुवाटार डाकेका हुन् । विजुलीबजारस्थित तमलोपा कार्यालयमा जम्मा भएका मोर्चाका नेताहरु आफ्नो अनौपचारिक छलफल सकेर बालुवाटार जाने भएका छन् । मोर्चासँग निर्णायक छलफल गर्न भन्दै शनिवार डाकिएको बैठकमा मोर्चाले संशोधनको अडान नछाडेपछि वार्ता निश्कर्षविहिन भएको थियो । प्रधानमन्त्रीले सरकारको बाध्यतालाई बुझ्न आग्रह गर्न मोर्चाका नेताहरुलाई मनाउन कोशिस गरेका थिए । प्रमुख प्रतिपक्षी दल एमालेसँग निर्वाचन आयोगले तोकेको समय सीमा फागुन ८ भित्रै निर्वाचन मिति घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डले केही दिनअघि अनौपचारिक समझदारी नै गरेका थिए । उक्त प्रतिवद्धताअनुसार आइतबारको भाका पनि निर्वाचन घोषणा नगरी गुज्रिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE