Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

अमेरिकाको टेक्सासमा हजारौंको प्रदर्शन

\"\"हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सयजनाले विरोध जुलुस प्रदर्शन गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेलगत्तै सात मुस्लिम बहुल राष्ट्रहरुः इराक, इरान, सिरिया, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई आगामी तीन महिनासम्म र सबैखालका आप्रवासी तथा शरणार्थीहरुलाई आगामी चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने गरी गत २७ जनवरीका दिन जारी गरेको कार्यकारी आदेशको विरोधमा फेरि एकपटक जुलुस प्रदर्शन भएको जनाइएको छ । जुलुसका सहभागीहरुले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशको चर्को विरोध गर्दै आप्रवासी तथा शरणार्थीहरुको समर्थनमा नाराबाजीसमेत गरे । जुलुसले डाल्लासको मुख्य केन्द्र र बजार क्षेत्रको परिक्रमा गरेको थियो । यसपटकको जुलुस र भीड उग्र र हिंसात्मक नदेखिई शान्त रहेको डाल्लास प्रहरीले जनाएको छ । जुलुसका कतिपय सहभागीहरुले अमेरिकी झन्डा बोकी ‘से इट लाउड, से इट क्लियर, रेफ्युजिज आर वेलकम हियर’ भनी उच्च स्वरमा नारा लगाएका थिए । जुलुसमा सामेल भएका केही धर्मगुरुहरु तथा नागरिक अगुवाहरुले आप्रवासी तथा शरणार्थीसम्बन्धी राष्ट्रपति ट्रम्पको उक्त नीतिको विरोध जनाए । यसैबीच, दक्षिणी टेक्सासको सान एन्टोनियो नगरमा पनि यस्तै प्रकारको विरोध प्रदर्शन भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले जारी गरेको आप्रवासी तथा शरणार्थी र मुस्लिम बहुल राष्ट्रका नागरिकलाई प्रवेश निषेधसम्बन्धी उक्त कार्यकारी आदेशविरुद्ध स्थानीय अदालतमा मुद्दा पर्दा सो कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाउने फैसला भएको थियो । स्थानीय अदालतको फैसलाविरुद्ध सरकारी पक्षले उच्च अदालतमा पुनरावेदन गरेकोमा उच्च अदालतले पनि स्थानीय अदालतकै फैसला सदर गरेको थियो । त्यसैगरी, अदालतका फैसलालाई सम्मान गर्दै, आगामी हप्ता अर्को नयाँ परिमार्जित कार्यकारी आदेश जारी गरी सो विवादास्पद पुरानो आदेशलाई प्रतिस्थापन गराउने भनी ट्रम्प प्रशासनले गत बिहीबार घोषणा गरेकोमा यस परिमार्जित नयाँ कार्यकारी आदेश भने आइनसकेको जनाइएको छ । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies