Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

किमजोङ नामको शव परीक्षणको नतिजा आउन दुइ हप्ता लाग्ने

\"\"मलेसिया, ८ फागुन । उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेनी भाइ किम जोङ नामको मलेसियाली विमानस्थलमा भएको हत्यापछि मलेसियामा रहेको शव परीक्षणको सम्पूर्ण नतिजा आउन कम्तिमा दुई हप्ता लाग्ने मलेसियाका स्वास्थ्य अधिकारीले जनाएका छन् । “सामान्यतया मृत्युको कारण परीक्षणबाट पत्ता लगाउन दुई हप्ताको समय लाग्ने गर्छ, हामीले प्रष्ट तथा निर्णयात्मक नतिजा नआउदासम्म अन्य रिपोर्टलाई पनि सार्वजनिक गर्न मिल्दैन,” स्वास्थ्य मन्त्री एस सुव्रमन्यमले बताए । जोङ नामको मृत शरीर आवश्यक परीक्षणपछि क्वालालम्पुरले छिट्टै प्योङयाङ फिर्ता गर्ने बताएको छ । यसैहप्ता सोमबार उडानको तयारीमा रहेको किमजोङ नामको प्योङयाङका लागि मलेसियामा रही काम गर्दै आएकी महिला गुप्तचर कर्मचारी डो आन थि हुङले विष खुवाएर हत्या गरेको आरोप दक्षिण कोरियाले लगाएको छ भने डोआनलाई सात दिन प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइने मलेसियाको सेलाङगर राज्यको प्रहरी प्रमुख अब्दुल समाह मातले एएफपी समाचारदातासँगको कुराकानीमा बताएका थिए । तर उत्तर कोरियाले भने हत्या सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन । जोङनामको हत्या प्रकरणमा अहिलेसम्म मलेसियाले केही व्यक्तिलाई पक्राउ गरेको छ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending