Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

थापाको कब्जामा राप्रपा, गुट बचाउन लोहनीको उम्मेदवारी

\"\" काठमाडौं, ७ फागुन । ४६ सालको प्रजातन्त्र पुनस्र्थापनापछि पूर्व पञ्चहरु प्रजातन्त्र पार्टीमा नाममा उदाए । सत्ता राजनीतिकको लडाईँमा पूर्वपञ्चहरु एक ठाउँमा अटाउन सकेनन् । प्रजातान्त्रिक शक्ति भनिएका राजनीतिक दलहरुमाजस्तै पञ्चहरुमा पनि फुट आयो । कांग्रेस–एमालेको सत्ता खिचातानीले राप्रपाको राजनीति फस्टाउन सकेन । २०५२ सालमा माओवादीको सशस्त्र युद्ध शुरु भएपछि राप्रपाको संगठन कमजोर हुँदै गयो । तर माओवादी युद्धकै बेलामा राजाको दाहिना हात भएर पनि कमल थापाले युद्धरत माओवादी पक्षसँग छलफल र बसउठ गर्ने वातावरणसमेत मिलाए । माओवादी शान्ति प्रक्रियामा आउँदा हिन्दु राष्ट्र र राजसंस्थाकै पक्षमा अकालत गर्दै संगठन विस्तार गर्दै गए । पछिल्लो समय क्रान्तिबाट स्थापित राजनीतिक दलप्रति बढ्दो वितृष्णा थापाले क्यास गरे । गणतन्त्रवादी र प्रजातन्त्रवादी शक्तिहरु एक हुँदा राजतन्त्रवादीहरु पनि एक हुनुपर्ने अभियान चलाएर थापाले एकतापछि पार्टीको नेतृत्व नै लिए । थापाले पार्टी एकतापछि आफ्नो एजेण्डामात्र स्थापित गराएनन्, केन्द्रीय सदस्य र पदाधिकारीमा आफ्नो बहुमत पुर्याए । थापाको क्रियाशिलता र नेतृत्वदायी क्षमता देखेर पशुपतिशमशेर राणा नेतृत्वको पूर्व राप्रपाका नेताहरुसमेत राणा गुटमा भविष्य नदेखेपछि थापाको पछि लागेका छन् । यसैको फाइदा थापाले पार्टीको जारी एकता महाधिवेशनमा लिने भएका छन् । राणा समूहका बलियो नेता दीपक बोहरादेखि विक्रम पाण्डेसमेत थापातिर खुलेर लागेका छन् । थापाले एकपछि अर्को गरेर पार्टी नै कब्जा गरेपछि आफ्नो गुट बचाउनकै लागि राणा समूहले पार्टीका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीलाई अघि सारेका छन् । थापालाई महाधिवेशनबाट पार्टी नेतृत्व दिने भनी भएको सहमतिसमेत उल्ट्याउँदै राणा समूह गुट बचाउन लागि परेका छन् । आफ्नो गुटको अस्तित्व बचाउनकै लागि राणा समूहले चुनाव चिन्ह हलोमा विवाद झिकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending